Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन्। किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा उनका साथै रिजवान अहमदलाई समेत कैद तथा जरिवाना हुने फैसला भएको छ। विशेष अदालतको आइतबारको इजलासले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको हो । विशेष अदालतका अनुसार उनलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ। विशेषका अध्यक्ष शालिग्राम पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासबाट यस्तो फैसला भएको हो। इजलासले १ असारमै कसुर कायम गरे पनि तीन वर्षभन्दा बढी सजाय हुने भएकाले सजाय निर्धारणका लागि आइतबारको पेसी राखिएको…

Read More

कञ्चनपुर : कञ्चनपुरमा अबैध बोईलर कुखुरा बरामद गरी नष्ट गराईएको छ । जिल्ला बेलौरी न.पा.६ भुराकोट स्थित ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको २४ हजार मुल्य बराबरको अबैध बोईलर कुखुरा बरामद गरी स्थानिय प्रतिनिधि,क्वारेन्टाईन बेलौरीका प्रतिनिधी र पत्रकारहरुको रोहवरमा नष्ट गराईएको हो ।

Read More

काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा।आरजू राणा देउवा जापान प्रस्थान गरेकी छन् । उनी आज बेलुकी सवा ७ बजे काठमाडौंबाट सिओल हुँदै कोरियन एअरको उडान नम्बर केई ६९६ बाट टोकियो गएकी हुन् । यसअघि श्रीमान देउवाको पेटसम्बन्धी रोगको फलोअपको निम्ति उनी छोरासहित सिंगापुर गएकी थिइन् । ११ दिनपछि गत शुक्रबार मात्र नेपाल फर्केकी राणा आज एकाएक जापान गएकी हुन् । झण्डै एक वर्षअघि पनि उनी फलोअपको लागि त्यतै गएकी थिइन् । आमा टोकियोमा नेपाली राजदूत छँदा उनको हिपको हड्डीको उपचार गरिएको थियो । अहिले त्यही देखाउन जापान जानु परेको बताइन्छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुवसु) छन् ।…

Read More

काठमाडौं : गृह मन्त्रालयले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजू राणा देउवा र नेता कृष्णप्रसाद सिटौलालाई पक्रन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै निर्देशन नदिएको बताएको छ । आर्थिक राष्ट्रिय दैनिकमा आज प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले उक्त प्रष्टीकरण दिएको हो । नेपाल प्रहरीले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाएर अदालतमा अभियोजन माग दाबी गरेपछि हाल मुद्दाको पुर्पक्ष भइरहेको आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान अभियोजन र अदालती प्रक्रियामा रहेको अवस्थामा मुद्दाबारेमा खुल्ने थप तथ्यका आधारमा थप अनुसन्धान हुने विषय जिम्मेवार प्रहरी निकायले स्वतन्त्रतापूर्वक सम्पादन…

Read More

मोरङ : मोरङको बेलबारीकी युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक पक्राउ परेका छन्। बेलबारीकी ३० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई आइतबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। युवतीको मानसिक अवस्था कमजोर र राम्रोसँग बोल्न सक्दिनन्। बेलबारी–१ को लोहोन्द्रा खोलामा लगेर युवतीलाई बलात्कार गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए। पीडित युवतीका आफन्तले बालकविरुद्ध किटानी जाहेरी दिएसँगै बालक पक्राउ परेका हुन्। बालकलाई नियन्त्रणमा लिएर इप्रका बेलबारी राखी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ।

Read More

सिरहा : सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् ।   मिर्चैया नगरपालिका ८ घरभई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिव ४५ वर्षीय किशोरी राय कुर्मीलाई धारीलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा काटीएको अवस्थामा आज कार्यालय परिसरभित्रै शव फेला परेको हो ।  कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडीलिन जाँदा रगताम्मे अवस्थामा सुरक्षा गार्ड देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने…

Read More

धनगढीः बझाङमा चट्याङ लागेर गाई मरेको छ। जिल्लाको केदारस्यु गाउँपालिका–९ धामीलेकका बिरु खातीको घरमा चट्याङ परि गोठमा रहेको एक गाई मरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : काठमाडौँ महानगरले ७५ वर्षमाथिका नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई पोषण भत्ता दिने भएको छ । भत्ता लिनका लागि असार १७ गतेभित्र विवरण पठाउन महानगरले सूचित गरेको छ । ७५ वर्षमाथिका नागरिकलाई वार्षिक १२ हजार र पूर्ण अपाङ्गता भएकालाई वार्षिक तीन हजार रुपैयाँ प्रदान गरिने महानगरले जनाएको छ । भत्ताका लाभग्राहीले आफ्नो आवश्यक कागजात वडा कार्यालयमा असार १७ गतेभित्र पठाउन महानगरले सूचित गरेको छ । कागजात पेस गरेसँगै लाभग्राहीले आफ्नो विवरणसहितको फर्म भर्नुपर्ने छ । भत्ताबापत रकम बैंकमार्फत मात्रै उपलब्ध गराइने छ । बैंक खाता नभएका नागरिकको खाता खोल्ने व्यवस्था वडा कार्यालयले नै मिलाउने छ ।

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितलाई उपचार खर्च भराउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो । पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन्। अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो। लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरेको थियो। उक्त निवेदनमा सुनुवाइ नभई जबरजस्तीकरणीको मुख्य मुद्दा सुनुवाइ नगर्ने भन्दै यसअघि मुद्दाको सुनुवाइ स्थगित भएको थियो।

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले संसद् भवनमा नेपाली भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको बताएको छन् । सोमवार प्रतिनिधि सभा बैठकमा मन्त्री साउदले त्यो नक्साको विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीमा रहेको नेपाली राजदूतलाई निर्देशन दिइसकेको बताए । उनले यसप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको भन्दै नक्साको विषय राजनीतिक विषय नभएको भनी भारतीय सरकारका विदेशमन्त्रीबाट आधिकारिक धारणासमेत आइसकेको बताए । देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।…

Read More