Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं : सरकारले अब वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने प्राकृतिका व्यक्तिको निगरानी राख्ने भएको छ । आन्तरिक राजस्व विभागले मातहतका सबै कार्यालयहरूलाई परिपत्र गरेर यस्तो निर्देशन दिएको छ । विभागले मंगलवार जारी गरेको निर्देशनमा वार्षिक ४० लाख रुपैयाँभन्दा वा सोभन्दा बढी आय भएका प्राकृतिक व्यक्तिसँग कानूनअनुसार कर लिन भनिएको छ । विभागका अनुसार कतिपय करदाताको विवरण ४० लाख रुपैयाँभन्दा बढी आय भएको देखिएको तर अग्रिम कर कट्टी नभएको देखिएको छ । अग्रिम कर कट्टी गरेका तर आय विवरण पेश नगर्ने करदाताको पहिचान गरेर कानूनअनुसार कर लगाउन विभागले यस्तो निर्देशन जारी गरेको हो । विभागले वार्षिक ४० लाख रुपैयाँभन्दा बढी…

Read More

सुखड : कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर बि.क.को पौडी खल्ने क्रममा नदिमा डुबेर मृत्यु भएको हो। बुधवार घर नजिकैको काँडा नदिमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ : केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रागन फ्रुट नस्ट भएको छ। तापक्रम बढेसँगै फूल फुल्दै गरेका र फल लागेका ड्रागन फ्रुट बोटमै कुहिएका छन्। तीन पटक (लट) सम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रागन किसान मार्कामा परेका छन्। चर्को घाम, पानी र हावाहुन्डरीबाट जोगाउनुपर्ने खेती भएकाले जेठ १५ देखि बढ्दै गएको तापक्रमका कारण व्यावसायिक किसान निराश बनेका हुन्। यस वर्षको चर्को घाम र हुन्डरीले पथरी शनिश्चरे–६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङले सञ्चालन गरेको पूर्वाञ्चल मल्टिपल एग्रिकल्चरमा करिव पाँच देखि सात लाखसम्मको ड्रागन क्षति गरेको छ। ‘पहिलो पटक सुरु गरेको खेतीमा हावाहुन्डरी र तापक्रमले समस्या देखियो’, तामाङले भने। ड्रागनको…

Read More

बैतडीः बैतडीमा सामुदायिक वन अतिक्रमण गरेर बनाइएका संरचनाहरु डोजर लगाएर भत्काइएको छ । जिल्लाको मेलौली नगरपालिकामा रहेका दुई सामुदायिक वनमा अतिक्रमण गरेर बनाइएका २७ ओटा घरहरु भत्काइएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भिम प्रशाद कंडेलले जानकारी दिए । वन कार्यालयले यस अघि पटक पटक गरेर एक महिनासम्म सूचना जारी गरेर पनि संरचना नहटाएपछि डोजर लगाएर अवैध संरचना हटाइएका हुन् । जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र मेलौली नगरपालिका, सुरक्षा निकायको संयुक्त टोलीले मेलौली ७ चापछाड सामुदायिक वन र ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरि बनेका २७ घर भत्काइएका कंडेलले बताए ।

Read More

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत् निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत् निर्यात सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । अब नेपालमा मनसुन प्रवेश गरेकाले असार महिनाभर नै विद्युत् निर्यात गर्न सकिने अनुमान गरिएको छ । असारपछि मंसिरसम्म त झन् ठूलो मात्रामा विद्युत् निर्यात गर्नुपर्ने प्रक्षेपण छ । प्राधिकरणले औसत प्रतियुनिट भारु ५.२४ अर्थात् ८ रुपैयाँ ३८ पैसामा भारतलाई बिजुली बेचिरहेको छ । भारतबाट केही समयका लागि माग व्यवस्थापन गर्न दैनिक १ हजार मेगावाट आवर…

Read More

दोधारा चाँदनी: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह (सिटीहल) प्रयोगविहीन बनेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन । तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ । तर निर्माण सम्पन्न भएको पाँच वर्ष बित्दासमेत उक्त सभाहल सञ्चालनमा आउन सकेको छैन । सभाहल सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नुपरेको स्थानीयवासीको गुनासो छ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह अहिले भीमदत्त नगरपालिका मातहत छ । तत्कालीन नगर विकास समिति अहिले भीमदत्त नगर विकास समिति बनेको…

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएको छ । अभियुक्ततर्फको बहस सकिएसँगै आजको बहसको क्रम पनि सकिएको छ । शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिने बताइएको छ । जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले गर्ने बताइएको छ । शुक्रबार दुई बजेसम्म जवाफी बहस गर्न दिएर भोलि नै अभियुक्तहरूलाई थुनामा पठाउनेरनपठाउने आदेश हुने आँकलन गरिएको छ ।

Read More

काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पेस्तोलसहित पक्राउ गरेको छ । एसपी सिताराम रिजालका अनुसार सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ बस्ने ३२ वर्षीय रमेश बानिया पक्राउ परेका हुन् । उनी प्रहरीको भ्यान देख्ने बित्तिकै आफूले बोकेको कालो झोला सडकमा फालेर भागेका थिए । उक्त झोलाभित्रबाट एउटा पेस्तोल, म्यागजीन र ११ वटा गोली बरामद भएको बताइएको छ । उनी बुधबार राति पौने १० बजे भक्तपुर नयाँ ठिमीबाट पक्राउ परेका हुन् । बैंकिङ कसुरमा उच्च अदालत पाटनले उनीविरूद्ध गत चैत १८ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनीविरूद्ध बैंकिङ कसुर तथा हातहतियार खरखजानासम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको एसपी रिजालले…

Read More

धनगढी: नेपाल प्रहरीका २७ प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। जसअनुसार कैलालीको टीकापुर र अछामका डिएसपीद्वयको पनि सरुवा भएको छ। टीकापुरका डिएसपी उद्दवसिंह भाटको सरुवा भएकोमा उनको ठाउँमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणका तुल्सीराम अर्याल आउने भएका छन्। भाटको नेपाल प्रहरी विषेश सुरक्षा गण सुनवल सरुवा भएको छ। यस्तै अछामका डिएसपी नारायण डाँगीको सरुवा भएकोमा त्यहाँ सन्तोष पाठक जाने भएका छन्। पाठक जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए भने डागीको जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएको छ। प्रहरी महानिरीक्षकको २०८० जेठ ३२ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो। सरुवा भएको दरबन्दीबाट तलबभत्ता खान पाउने गरी उनीहरूको…

Read More

काठमाडौँ: नेपाल प्रहरीमा जनपदतर्फ हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका ४६ जना अधिकृतहरूको पदस्थापन भएको छ। नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को जेठ २९ गतेको निर्णयअनुसार बढुवा भएका उनीहरूको प्रहरी प्रधान कार्यालयले बिहीबार पदस्थापन गरेको हो। cn_10316_dsp_padasthapanDownload

Read More