Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढीबाट लागुऔधषसहित युवायुवती पक्राउ परेका छन्। शनिबार साँझ धनगढी उपमहानगरपालिका–२ मिलन चोकमा सोही ठाउँका २७ वर्षीय बिष्णु विष्ट र १९ वर्षिया आस्मा श्रेष्ठको कोठामा शङ्का लागेर खानतलासी गर्दा उनीहरुको साथबाट शुद्ध तौल १ सय मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले दुबैजनालाई नियन्त्रणमा लिएको हो।

Read More

धनगढीः कञ्चनपुरबाट आगुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नमबर १० भुडाबाट दुई जना पक्राउ परेका हुन्।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ का राजकुमार रोकायासहितका दुई जना पक्राउ परेका हुन्। उनीहरुलाई शनिवार साँझ सुपप्र ०४००१ प ०१०६ नम्बरको मोटरसाइकल र १९ ग्राम ९ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बेलडाँडीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

Read More

बैतडी: डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ वर्षीया गीतादेवी मल्ल मृत्यु प्रकरणमा झण्डै दुई वर्षपछि एकजनालाई पक्राउ परेका छन्। प्रहरीले मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई यही असार ३ गते पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।  २०७८ साल साउन ८ गते गीता मृत अवस्थामा फेला परेकी थिइन्बै।तडीको मेलौली नगरपालिका ५ सेरी माइती घर आउँदै गरेकी गीता मृत अवस्थामा फेला परेपछि प्रहरीले सो घटनाको अनुसन्धान गरीरहेको थियो। गीताको शव मेलौली नगरपालिका ७ ल्वाथलीमा फेला परेको थियो।  गीताको शव आफूले फालेको दयालले प्रहरी समक्ष बयान दिएका छन्। तर, उनको मृत्युको कारण भने अझै खुल्न नसकेको जिल्ला प्रहरी…

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली  रहेको छ। अहिले बिहान लुम्बिनी, कर्णाली गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

Read More

बैतडी: बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा बन्द गरिएको छ। जनशक्ति अभाव रहेकोले एक्स-रे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका   मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिए। एक्स-रे सेवा बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उनले बताए। यसअघि एक्स-रे मेसिन पारामेडिक्सले सञ्चालन गरेको भए पनि पारामेडिक्सलाई यो सम्बन्धी पूर्ण ज्ञान नहुँदा एक्स-रे सेवा बन्द गर्नुपरेको हो। उनले भने, “पहिले प्यारामेडिक्सले जसोतसो एक्स-रे सेवा दिइरहेका थियौँ। तर एक्स-रे मेसिनसम्बन्धी उहाँहरुलाई पूर्ण ज्ञान छैन। यो सम्बन्धी ज्ञान नहुँदा यसले झन् स्वास्थ्यलाई हानी पुर्‍याउँछ। यसैले दक्ष जनशक्ति पदपूर्ति नहुँदासम्म सोमबारदेखि सेवा बन्द गर्न बाध्य भएका हौँ…

Read More

डडेल्धुरा: सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिम पहाडका विभिन्न क्षेत्रमा भारी वर्षा मापन गरिएको जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले आइतवार बिहान सूचना जारी गर्दै दैलेख, सुर्खेत, कालिकोट, अछाम, डोटी, बझाङ, बाजुरा, डडेलधुरा र आसपास केही स्थानमा भारी वर्षा मापन भएको जनाएको छ। यी क्षेत्रमा थप वर्षा भई आसपासका ससाना खोलामा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अछामको असराघाट र मान्म कालिकोट क्षेत्रमा समेत भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ।

Read More

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदै छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आव २०८०-८१ का लागि शनिवारसम्म १० स्थानीय तहले बजेट पेस गरिसकेका छन् । अब सात सय ५३ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिकअनुसार…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१० का १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

Read More

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । मङ्गलवार साँझ ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयमा जानेछन् । चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरू पनि रहनेछन् । भ्रमणका क्रममा केही भेटघाट र विश्वविद्यालय भ्रमण लगायतको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । श्रेष्ठ ४ दिन छेन्दुमै रहने र त्यसपछि नेपाल फर्किनेछन् ।

Read More

धनगढी: आज एक स्टाटस सामाजिक संजाल फेसबुकमा निकै भाइरल भैरहेको छ। त्यो स्टाटस हो, ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको प्रकरणमा संदिग्ध तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।’ विशेषगरी नेकपा माओवादी केन्द्र, काँग्रेस सहित अन्य विभिन्न दलका नेता तथा कार्यकर्ताले यो स्टाटस हालेर भ्रम फैलाइरहेका छन्। यतिमात्र होइन, उनीहरुले प्रचण्ड सरकारले ठूलै आट गरेर पक्राउ पुर्जी जारी भएको र गृहमन्त्रीले स्याबासी पाउनुपर्ने भन्दै बढाइचढाइ गरिरहेका छन्। तर वास्तविकतामा भने बादलका छोराविरुद्ध निर्मला प्रकरणलाई लिएर कुनै पक्राउ पुर्जी जारी भएको छैन। प्रहरी प्रधान कार्यालयले पक्राउ पुर्जीबारे कुनै जानकारी…

Read More