Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडी घर भएका २३ वर्षीय रोहित जोशी(लायन)को भारतमा मृत्यु भएको छ । जिल्लाको पुर्चाैँडी नगरपालिका-१ डाडाकोटका जोशीको मोटरसाइकल दुर्घटनामा परी भारतमा मृत्यु भएको हो । मोटसाइकल पछाडि सवार जोशीको मुम्बैबाट दिल्लीतर्फ जाँदै गर्दा दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको उनका आफन्तले बताएका छन् । जोशी म्युजिकल भिडियोको अडिसनका लागि भारत गएका बताइएको छ । उनले केही नेपाली म्युजिक भिडियोमा काम गरेका छन् ।

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो समयमा वैदेशिक रोजगारको नाममा, शैक्षिक कन्सल्टेन्सी तथा शैक्षिक परामर्शका नाममा, अनलाइन सामान बेचबिखन र सामाजिक सञ्जालमा विभिन्न प्रलोभन पार्ने हिसाबले ठगी भएको प्रहरीले जनाएको छ । प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले काठमाडौं जस्तो देशको राजधानीमा ठगी र चेक बाउन्सको अपराध बढेको बताए। एसएसपी कार्कीले पढेलेखेका र व्यवसाय गरेका नागरिकलाई अनपढ र व्यवसाय नगर्ने व्यक्तिहरूले ठगी गरिरहेको बताएका छन् । ‘नक्कली डाक्टरले सक्कली डाक्टर ठग्ने, व्यवसाय नगरेको व्यक्तिले व्यवसायी ठग्ने खालको प्रवृत्ति देखिएको छ,’ एसएसपी कार्कीले भने । आर्थिक वर्ष २०७९/०८० मा काठमाडौँ प्रहरीमा मात्रै ८ हजार ४ सय ४२ चेक अनादरका उजुरी परेको छन् ।…

Read More

धनगढीः धनगढीमा घरको छतबाट लडेर एक महिलाको ज्यान गएको छ। आज (शनिबार) बिहान धनगढी उपमहानगरपालिका–३ बिशालनगरका रमेश सार्कीकी श्रीमती ३८ वर्षीया दिलसरा सार्कीको आज बिहान मुत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले सार्की आफ्नै एक तले घरको छतमा सुतिरहेको बेलामा एक्कासी खसेकी थिइन्। उनी घर अगाडी बरण्डामा खस्नगई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। शुक्रवार राति बेलौरी नगरपालिका-१० सडकघाटबाट प्रहरीले ३.१७ ग्राम लागुऔषधसहित दुई जना युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुरको झलारी बस्ने भरत सिंह र नरेन्द्र ठगुन्ना रहेका छन। यी दुई जनालाई प्रहरी चौकी भुडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक राम सिंह फरालको कमाण्डमा खटिएको टाेलीले गोप्य सुचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथमा रहेको सु प प्र ०२००३ प ७९७६ नम्बरको अपाची मोटरसाइकल पनि बरामद गरेको जनाएको छ।

Read More

दार्चुला: भोलि(आइतबार) शिखर पुजन जात्राको अवसरमा दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतवार असार १७ गते सार्वजनिक बिदा दिने जनाएका हुन्। जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ। सोही जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको पालिकाहरुले जनाएका छन्।  सार्वजनिक बिदाका दिन पालिकाभरी रहेका सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ।

Read More

नयाँ दिल्ली: भारतको महाराष्ट्रमा गएराति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ ।  प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै  मृत्यु भएको थियो । सोही क्रममा अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ । बुलढाना प्रहरीका डिएसपी बाबुराव महामुनीले यसबारे जानकारी दिएका छन् । घटना शुक्रबार राति करिब २ बजे भएको उनले बताए । बसबाट २५ जनाको शव निकालिएको छ ।…

Read More

धनगढीः कैलालीको धनगढीका एक युवक काठमाडौंबाट सम्पर्कविहीन भएका छन्।   धनगढी उपमहानगरपालिका–६ मटियारिका २६ वर्षीय अमित भट्ट यही वैशाख १२ गतेदेखि काठमाडौंको सातदोवाटोवाट सम्पर्कविहिन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको सम्पर्कमा रहेकाहरुलाई वा उनलाई देखेकाले ९८४८४२०५७३, ९८६६९४४५७३, ९८४८४९२८५० मा फोन गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन्। 

Read More

काठमाडौंः आजबाट देशभर ढुंगा, रोडा, गिटी र बालुवाको उत्पादन र बिक्री बन्द हुने भएको छ। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले भोलीबाट ढुंगा तथा गिटी बालुवाको उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेको हो। क्रसर नविकरणमा देखिएको समस्याको स्थायी समाधानको माग गर्दै असार १५ सम्मको अल्टिमेटम दिएपनि गृह मन्त्रालयले आफूहरुको माग सम्बोधन नगरेका कारण असार १६ गतेबाट उद्योग नै बन्द गर्ने घोषणा गरिएको महासंघले जनाएको छ। महासंघका अध्यक्ष सिताराम न्यौपानेले यसअघि आफूहरुले असार १५ गते सम्मको समय दिएको तर, यस अवधिमा सरकारले क्रसर व्यवसायीहरुको माग सम्बोधन नगरेकाले भोलिबाट उत्पादन र बिक्री वितरण बन्द गर्ने घोषणा गरिएको बताए।

Read More

कैलाली: रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिए । पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ । “रोपाइँ गर्न पुग्नेगरी…

Read More

कञ्चनपुरः कञ्चनपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ स्थित अमरपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको हो। प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको हो। अमरपुरमा करिब ३ विघामा १ सय शैयाको अस्पताल निर्माण हुनेछ। अस्पतालको डीपिआरलगायतको काम गर्न आयुर्वेद विभागले ३ करोड बजेट विनियोजन गरेको प्रादेशिक आयुर्वेदक निर्देशनालय कैलालीका निमित्त निर्देशक सूर्य उपाध्यायले बताए। दुई वर्ष अगाडी सरकारले ७ वटै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने निणर्य गरेको थियो। सुदूरपश्चिममा शुक्लाफाँटा आयुर्वेदिक अस्पताल निर्माणका लागि छनौट भएको थियो। जग्गा प्राप्त नहुँदा अस्पताल निर्माणमा ढिलाइँ भइरहेको थियो।

Read More