Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् । उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् । सरकारले आगामी सोमबार(१५ जेठ)को गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको छ । १५ फागुन २०७४ देखि थुनामा रहेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ ।

Read More

धनगढीः कञ्चनपुरको भीमदत्त र कैलालीको टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका–९ बाट लागूऔषधसहित जानकी गाउँपालिका–४ जानकी नगरका २१ वर्षीय दिपेश चन्द पक्राउ परेका छन् । उनी ५ ग्राम लागुऔषधसहित विहिबार पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बादीलाई रेक्सोजेसिक एक सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन एक सय ५८ एम्पुलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

Read More

काठमाडौँ: नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले अवरोध गरेका हुन् । उनीहरुले जवाफ नदिएसम्म संसद् चल्न नदिने अडान लिएका छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

Read More

काठमाडौँ: सुदूरपश्चिमसहित ६ प्रदेशले अझै गाडी भाडा घटाएका छैनन् । डिजलको भाउ घटेपछि लामो दूरी र बाग्मती प्रदेशमा भाडादर घटेको छ । तर अझै ६ ओटा प्रदेशमा छोटो दूरीको गाडी भाडा घटेको छैन । सुदूरपश्चिम, कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अन्तर पालिका भाडादर अहिलेसम्म समायोजन हुन नसकेको हो । वैज्ञानिक भाडादर प्रणाली अनुसार पेट्रोल र डिजलको मूल्यमा ५ प्रतिशत तलमाथि भएमा भाडादर समायोजन गर्नुपर्ने हुन्छ । भाडादर समायोजन गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत बाँकी पक्षलाई आधार मान्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार यो व्यवस्था अनुसार अहिले डिजलको भाउ घटेकाले…

Read More

काठमाडौँ: शुक्रवार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Read More

बैतडी: बैतडीमा एक लाख मूल्य बराबरको अखाद्य सामग्री नष्ट गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा बजार अनुगमनका क्रममा भेटिएका एक लाखका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको हो । यस्तै, वडा नम्बर ३ र ४ मा नियम विपरित सञ्चलनमा रहेका मदिरा पसलहरुबाट ८२ हजार जरीवाना असुल गरिएको छ । नियम विपरित सञ्चालनमा रहेका तीन ओटा मदिरा पसल सिल गरिएका हुन् भने एक क्लिनिक पनि सिल गरिएको छ ।पालिकाका मुख्य मुख्य बजारमा अनुगमन गरिएको बताइएको छ ।

Read More

डडेल्धुरा: नेपाल विद्यार्थी संघ डडेल्धुरा जिल्ला कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा ७ जना मनोनित भएका छन् । जिल्ला अध्यक्ष पवन ऐरले उपाध्यक्षमा तीन, सचिवमा २ तथा सहसचिव र कोषाध्यक्षमा एक/एक जनालाई मनोनित गरेका हुन् । जिल्ला कार्यसमितिको उपाध्यक्षमा अरुण पन्त, सागर साउद र तारणी पन्तलाई मनोनित गरिएको जिल्ला अध्यक्ष पवन ऐरले बताए । यस्तै, सचिवमा दिपेन्द्र बोहरा, दिपेन्द्र अवस्थी, सहसचिवमा कैलाश साउँद र कोषाध्यक्षमा पूजा बोगटीलाई मनोनित गरिएको छ ।

Read More

धनगढीः धनगढीको सिक्स लेन सडकमा लाइट जडान गरिएपछि अहिलेको लोकप्रिय संजाल टिकटक प्रयोगकर्ताहरुको भीड लाग्न थालेको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकमा स्मार्ट सडक लाइट जोडिएपछि ‘टिकटिके’को भीड लाग्न थालेको हो। साझको समयमा सो सडकमा टिकटक बनाउनेको मात्रा बढेको बताइन्छ। अहिले ६ लेन सडक टिकटक बनाउने थलो बन्दै गएको स्थानीय कमल पनेरुले बताए। ६ लेन सडकमा सबैभन्दा बढी भाटभटेनी आसपास, राजपुर क्षेत्र हुँदै धनगढी विमानस्थल प्रवेश गेट नजिक टिकटक बनाउने युवायुवतीको संख्या बढेको हो।

Read More

धनगढी: धनगढीमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का २० वर्षीय रोशन भट्ट, १९ वर्षीय गणेश बोहरा र २५ वर्षीय विनय राजबंशी रहेका छन् । वडा प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

Read More

काठमाडौँ: राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ । चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउन अगाडि बढाएको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनका लागि मात्रै गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी भएको जनमोर्चाले जनाएको छ । राष्ट्रिय जनमोर्चाले आज विज्ञप्ति निकालेर कैलालीको टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको र त्यो घटनाका मुख्य नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने उल्लेख गरेको छ । जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाइएको प्रक्रिया रोक्न सरकारसँग माग पनि गरेको छ ।

Read More