बैतडी: बैतडीमा एक लाख मूल्य बराबरको अखाद्य सामग्री नष्ट गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा बजार अनुगमनका क्रममा भेटिएका एक लाखका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको हो ।
यस्तै, वडा नम्बर ३ र ४ मा नियम विपरित सञ्चलनमा रहेका मदिरा पसलहरुबाट ८२ हजार जरीवाना असुल गरिएको छ । नियम विपरित सञ्चालनमा रहेका तीन ओटा मदिरा पसल सिल गरिएका हुन् भने एक क्लिनिक पनि सिल गरिएको छ ।पालिकाका मुख्य मुख्य बजारमा अनुगमन गरिएको बताइएको छ ।
Facebook Comments Box