Author: महेन्द्रनगर पोष्ट

थाइल्यान्डले श्रीलङ्कालाई उपहार दिएको एउटा हात्तीलाई स्वदेश फर्काएको छ । सन् २००१ मा उपहार दिएको हात्तीलाई श्रीलङ्कामा यातना दिइएको आरोपका कारण दुई देशबीच कुटनीतिक विवाद उत्पन्न भएपछि स्वदेश फर्काएको बीबीसीले जनाएको छ । मुथु राजा नामको २९ वर्षको हात्ती एउटा व्यावसायिक उडानमार्फत थाइल्यान्ड पुगेको छ । एउटा बौद्ध धार्मिक स्थलमा राखिएको समयमा हात्तीलाई यातना दिइएको आरोपपछि थाइल्यान्डले फर्काइदिन माग गरेको थियो । श्रीलङ्काका प्रधानमन्त्रीले आफूले औपचारिकरूपमा थाई राजासँग माफी मागेको बताएका छन्। थाइल्यान्ड र श्रीलङ्का दुवैले हात्तीलाई पवित्र जनावरका रूपमा लिने गर्छन् । सन् २००१ मा थाइल्यान्डको शाही परिवारले मुथु राजासहित तीन वटा हात्ती श्रीलङ्काको सरकारलाई उपहार दिएको थियो ।…

Read More

कैलाली : परराष्ट्र मन्त्री एनपी साउँदले पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्ने बतएका छन् । पत्रकारिता कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि राष्ट्रको चौथो अङ्ग भएकाले पत्रकारले स्वच्छ र निष्पक्ष भएर पत्रकारिता गर्नु पर्ने बताएका हुन् । नेपाल प्रेस युनियन कैलालीको छैठौ जिल्ला अधिवेशनमा बोल्दै साउँदले आस्था, विश्वास र बिचारका हिसाबले पत्रकारहरू लगाव फरक भए पनि चरित्रका द्धृष्टिकोणले लोकतन्त्र माथिको पत्रकारको चिन्तनमा कुनै बेमेल नहुने बताए । सुदूरपश्चिममा पत्रकारिताको इतिहास धेरै लामो नभए पनि राष्ट्रिय पत्रकारितामा सुदूर पश्चिमका पत्रकारले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

Read More

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांङ कोइरालाले गिरिजाप्रसाद कोइरालामा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने बताएका छन् । स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा बीपी कोइराला युवा नेतृत्व मञ्चले आज आयोजना गरेको रक्तदान कार्यक्रममा उनले गिरिजाबाबु अदम्य साहस र निर्णय क्षमता भएका नेता भएको बताए । कांग्रेसका पूर्वमहामन्त्री डा. कोइरालाले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन, उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गर्नुहुन्थ्यो । उहाँकै कारण दोस्रो जनआन्दोलन सफल भएको हो ।’ गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष भरत खड्काले जानकारी दिए ।

Read More

धनगढीः धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लीले ’स्वस्थ मुटु, स्वच्छ मन, स्वास्थ्य नै मानव जीवनको पहिलो धन’ भन्ने मूल नाराका साथ मुटु सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर र बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ । कैलालीको धनगढी सहिद गेटमा रहेको अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त कार्यक्रमहरू गर्ने भएको हो । यही असार २३ गते शनिवारका दिन स्वस्तिक अस्पतालले मुटु सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो । शिविरबाट पुराना मुटुका बिरामी, पेसमेकर राखेका र मुटुको शल्यक्रिया गरेका बिरामी, उच्च रक्तचाप तथा रक्तचाप कम भइराख्ने बिरामी, उच्च कोलेस्ट्रोल तथा ट्राईग्लिसाइडका बिरामी, कुनै पनि मुटु सम्बन्धी समस्या भएर औषधी…

Read More

बैतडी: सडकमा पहिरो खस्दा गएरातिबाट अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । सडकमा खसेको पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । बैतडीको सुर्नया गाउँपालिका–८ ढोल्यामोडस्थित जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडक र ज्यापूमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । ढोल्यामोडको पहिरो तथा ज्यापुमा पहिरोसँगै खसेको ठुलो ढुंगा हटाएपछि राजमार्ग सुचारु भएको प्रहरी निरीक्षक जोशीले बताए । सडक सुचारु भएपछि बैतडीको पुर्चौंडी र बझाङ जाने तथा बझाङबाट अन्य जिल्लाका लागि छुटेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

Read More

काठमाडौँ: सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन् । उनीहरु विगत २२ दिनदेखि अनशनमा छन् । विद्यालय कर्मचारीले गत जेठ २८ गतेदेखि अनशन थालेका हुन् । अनशनमा झण्डै ६० विद्यालयका कर्मचारी सहभागी रहेका विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए । अनशनरत कर्मचारीलाई आवास र खानपिनका साथै उनीहरुको स्वास्थ्यमा समस्या देखिएको उनले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि यही असार ३ गतेदेखि वार्ता थालिए पनि हालसम्म कुनै सहमति हुन सकेको छैन । “सहमति नहुँदा परिषद्ले थप आन्दोलनका कार्यक्रम ल्याउने…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन गर्ने बताएका हुन् । कामपा शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०र८१ देखि कामपा आफैले सञ्चालन गर्ने तयारी गरेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार उक्त परीक्षा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार तथा पिछडिएको क्षेत्र र आदिवासी जनजातिलगायत क्षेत्रबाट भएको छनोटका आधारमा…

Read More

काठमाडौँ: रुपन्देहीको भैरहवास्थित पौवा होटलमा आयोजित विवाह भोजमा प्रयोग गरिएको अवैध मदिराबारे आन्तरिक राजस्व कार्यालय, भैरहवाले अनुसन्धान अघि बढाएको छ । गत शुक्रबार भएको भोजमा भारतबाट अवैध रुपमा ल्याइएको मदिराको प्रयोग गरिएको आशंकापछि अनुसन्धान अघि बढेको हो । कार्यालय प्रमुख शान्तिराम निरौलाले अवैध मदिराको प्रयोग भएको पुष्टि गर्ने केही प्रमाण फेला परेको जानकारी दिएका छन् । अनुसन्धानको क्रममा भारतबाट चोरीपैठारी गरिएका विभिन्न नामका रक्सीका बोतल फेला परेको हो । रेड लेबल ‘ह्विस्की’ को ५८ र एब्सुल्युट भोड्काका १० खाली बोतल बरामद गरिएको उनले बताए । अग्नि सिमेन्टका सञ्चालक एवम् अग्नि ग्रुपका निर्देशक राजकुमार पोखरेलले आफ्नो छोराको विवाहमा अवैध रुपमा भित्र्याइएको…

Read More

धनगढीः प्रहरीले धनगढीमा झण्डै ४ लाख रुपैयाँका भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट भन्सार छलीका सिलिङ पंखा, टेबल पंखा, पंखा बक्स र एक थान अटो प्रहरीले बरामद गरेको हो । करिब तीन लाख मूल्यका उक्त सामान, अटो र चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । धनगढी–३ मिलनचोकबाट पनि करिब ७९ हजार ३३५ मूल्य बराबरका प्लाष्टिक झिल्ली, खुर्सानी, साबुन, सुटलगायतका सामान प्रहरीले बरामद गरेको छ । उक्त सामान बेवारिसे अवस्थामा फेला परेका प्रहरीले बताएको छ । धनगढी–१३ कै राजपुरबाट करिब चार हजार ६ सय मूल्य बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको वेदकोट नगरपालिका–७ का २३ वर्षीय किरण जोशी पक्राउ परेका हुन् । उनलाई भीमदत्त नगरपालिका–४ बसपार्क नजिकैको एक रेष्टुरेन्टबाट ६५० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More