Author: महेन्द्रनगर पोष्ट

भोजपुर: बाढीले सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना बगाउँदा रु तीन करोड बराबरको क्षति भएको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीन वटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघरलगायतमा क्षति पुर्याउँदा रु तीन करोड बराबरको क्षति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । आयोजना निर्माणस्थल अहिले बगरमा परिणत भएको उनको भनाइ छ । “बाढीले आयोजनास्थल बगाउँदा रु तीन करोड बराबरको क्षति पुगेको छ”, उनले भने, “आयोजना रहेको ठाउँमा अहिले खोला बगेको अवस्था छ । आयोजना बगाउँदा स्थानीय पिउनेपानीबाट वञ्चित भएको अवस्था छ ।…

Read More

काठमाडौँ: सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ। यातयात व्यवस्था कार्यालय बागलुङले माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो। पर्वको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रुपन्देही निवासी सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। नक्कली परीक्षार्थी बनेका कोहिरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत थिए।

Read More

काठमाडौँ: नेपाली महिलाहरूले १८ वर्षको उमेरमा पहिलोपटक यौन सम्पर्क राख्ने गरेको अध्ययनले देखाएको छ। हालै मात्र सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ अनुसार २५/४९ वर्षका महिलाहरूको पहिलो यौन सम्पर्क राख्दाको उमेर १८ छ भने पुरुषहरूको २० वर्ष रहेको देखाएको हो। यस्तै भौगोलिक हिसाबले पनि पहिलोपटक यौन सम्पर्क राख्ने उमेर फरक देखिएको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणको नतिजामा भनिएको छ‚ ‘भौगोलिक क्षेत्रको आधारमा महिलाहरूले पहिलो यौन सम्पर्क राख्ने उमेरमा भिन्नता देखिएको छ। तराई क्षेत्रका महिलामा १७.८ देखि लिएर पहाडी क्षेत्रका महिलामा १९.० वर्षसम्म रहेको छ।’ यस्तै ३ प्रतिशत किशोरी र एक प्रतिशत किशोरले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेको…

Read More

किमाथाङ्का: सङ्खुवासभामा बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक सातासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो । तालिम प्राप्त मोति र पिक्कु नाम गरेका कुकुर बेपत्ताको खोजी गर्न परिचालन गरिएको हो । नेपाल प्रहरीले धरानबाट ल्याइएको तालिम प्राप्त दुईवटा कुकुरको सहायतामा आज बिहान सभाखोलादेखि खोजी थालिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । नेपाल प्रहरीको तालिम प्राप्त कुकुरले हेवाखोला र सभाखोला किनारमा बेपत्ताको खोजी गरिरहेको उनले बताए ।…

Read More

धनगढीः कैलालीमा बस र ट्रक ठोक्किएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएका प्रहरीले बताएको छ । दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको कैलाली प्रहरीले जनाएको छ । घाइतेहरुलाई सुखडस्थित घोडाघोडी अस्पताल पठाइँदैछ । दुर्घटनाको कारण, गाडीको नम्बर र घाइतेको संख्या बारेमा विवरण खुलिसकेको छैन ।

Read More

धनगढीः कैलालीमा एक पुरुष जंगलमा मृत भेटिएका छन् । प्रहरीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका–४ का ५२ वर्षीय भिगुराम चौधरी मृत फेला परेका हुन् । शुक्रवार विहान ४० वर्षीय रामदयाल थारु, ४० वर्षीय भागीराम थारु, ५५ वर्षीय केशबहादुर थारु र ५२ वर्षीय भिगुराम चौधरी दाउरा काट्न पूर्णिमा सामुदायिक वनमा गएका थिए । भिगुराम घर नफर्केको खबर पाएपछि खोजी थालेको प्रहरीले उनलाई पूर्णिमा सामुदायिक वनमा मृत फेला पारेको हो । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

बाजुरा: बाजुरामा चट्याङ लागेर चार भैँसी मरेका छन् । जिल्लाको बडीमालिका नगरपालिका-७ मा शुक्रवार राति चट्याङ लागेर ४ भैँसी र एक गाई मरेका छन् । स्थानीय प्रेम खत्री, सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एक/एक भैँसी मरेका हुन् भने खडकलाल जैशीको एक गाई मरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

Read More

टोकियो: जापानको नागोयामा एक नेपाली विद्यार्थीको निधन भएको छ । ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको हृदयघातबाट निधन भएको हो । लिम्बुको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीले जानकारी दिए । उनी ४ महिनाअघि मात्रै जापान आएका बताइएको छ ।

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै प्रश्न गरेका छन्। शनिवार सुर्खेत पुगेका चौधरीले विमानस्थलमा आफूलाई गरिएको स्वागतपछि यस्तो प्रश्न गरेका हुन् । उनले आफूलाई विमानस्थलमा यस्तो स्वागत होला भनेर नसोचेको बताउँदै भने, ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला ?’

Read More

बैतडी: बैतडीको पुर्चाैँडी नगपालिकामा सशस्त्र प्रहरीको सुरक्षा बेश क्याम्प स्थापना गरिने भएको छ । नगरपालिकाको केन्द्र हाटमा क्याम्प स्थापना गरिने भएको हो । गृह मन्त्रालयले अनुमति दिइसकेको र सशस्त्र प्रहरीको विभागबाट पनि अनुमति पाए छिट्टै सुरक्षा बेश क्याम्प स्थापना हुने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बेश क्याम्प स्थापना गर्न लागिएको हो ।

Read More