Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका विजय शाही अर्को अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’ भएका छन् । केही समयदेखि गुमनाम रहेका उनले आज बिहान टिकटकमा एक घण्टाभन्दा बढी समय लाइभ बसेर ‘मरेको मान्छे बचाउन सक्ने’ गफ दिए । आफूसँग २१ जनाको टीम रहेको भन्दै उनले मरेको चरा बचाएर देखाइसकेको दाबी गरे ।‘हामीले पूर्वमन्त्रीज्यूकै अगाडि मरेको चरा बचाइदिएका छौं । पूर्वमन्त्रीज्यू आफैंले चरा मार्नुभयो, त्यसलाई हाम्रो टीमले फेरि ज्यूँदो बनाइदियो,’ शाहीले भने । चरामा गरिएको परीक्षण सफल भएपछि अब मान्छेमा गर्न लागेको उनको भनाइ छ । शाहीको दाबीअनुसार उनको टीमले सर्पले टोकेको, पानीमा डुबेको, हृदयघात भएको र निसास्सिएर…

Read More

धनगढी: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी नेपाली काँग्रेसकी नेतृ डा. आरजू राणा देउवा नयाँ दिल्ली गएकी छन्। उनी आज राजधानी काठमाडौंबाट भारतको दिल्लीतर्फ प्रस्थान गरेकी हुन्। नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा बिहान पौने ११ बजे नयाँ दिल्ली गएकी उनको यात्रा विवरणवारे परिवार र नेपाली काँग्रेसले थप जानकारी दिएको छैन ।

Read More

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन् । केही दिनयता खेतको उखु सुक्न थालेको छ । त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ, उनको । “पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, उनले भने, “खेती जगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा उखु सुक्दै गएको उनको भनाइ छ । “यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, उनले भने, “बोरिङबाट खेतमा पानी…

Read More

धनगढी: कैलालीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको घोडाघोडी नगरपालिका–८ दीपनगरकी कृष्णादेवि चौधरी सोमवार बिहान मृत अवस्थामा भेटिएकी प्रहरीले बताएको छ । प्रहरीका अनुसार आइतवार राति आफ्नै कोठामा सुतेकी चौधरी बिहान मृत भेटिएकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

Read More

पर्सा: वीरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा हिजो आइतवार ठुलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ । महानगरपालिकाका कर्मचारीहरूले वीरगञ्ज–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला पारेको हो । नाइन एमएमको ३२ थान, ३८ बोरको २४ रान्ड, एसएलआरको चार राउन्ड, हर्नेटको १७ राउन्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी एक सय पाँच राउन्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए । रासस

Read More

धनगढी : काठमाडौंबाट टर्की हुँदै जर्मनी जान लागेका एक जना यात्रुको ब्यागेजमा गाँजा फेला परेको छ । आज बिहान टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ को उडानमा इस्तानबुल जान लागेका पौल वेस्र्टको ब्यागेज चेक जाँच गर्ने क्रममा गाँजा फेला परेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको एक्सरे मेसिनमा ब्यागेज परीक्षण गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले तत्काल नियन्त्रणमा लिएर जर्मन नागरिकलाई थप अनुसन्धान तथा कारवाहीको निम्ति लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पुर्याएको छ ।

Read More

डडेल्धुरा: सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ। बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो। केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनमा सहभागी हुन अपिल गरेका छन्। शनिवार एक भिडियो सन्देश जारी गर्दै मेयर हमालले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको प्रतिष्ठासँगै आवश्यकता भएकाले आन्दोलनमा सहभागी हुन अपिल गरेका हुन्। उनले आम सर्वसाधारणसँगै स्थानीय तहका प्रमुख जनप्रतिनिधिलाई पनि अभियानमा सहभागी हुन अनुरोध गरेका छन्। ‘स्थानीय तहका प्रमुख, जनप्रतिनिधिलाई अनुरोध गर्न चाहन्छु की यो अभियानमा सबैले सहयोग गरौं। जुनसुकै दलमा भएपनि एकछिनका लागि दल बिर्सौ। यो हाम्रो प्रतिष्ठाको विषमा मात्रै होइन आवश्यकताको पनि कुरा हो’ उनले भनेका छन्।

Read More

बर्दिया: चितुवासँग सेल्फी खिच्न खोजेपछि  बर्दियामा पाँच जना आक्रमणमा परेका छन्। शनिबार बेलुका ४ बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिका -९ बनतरिया जाने बाटोको छेउमा दलिराम चौधरीको मकै बारीमा चितुवासँग भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिँदा पाँच जना घाइते भएका प्रहरीले जनाएको छ।  चितुवाको आक्रमणबाट ठाकुरबाबा–९ का ४९ वर्षीया सीता थरुनीको बायाँ हात र पिँठ्यूमा चिथोरेको, स्थानीय ३० वर्षीय सोमप्रसाद थारुको दाहिने हातको औंलामा घाउ खत भएको, ४० वर्षीय सोहराम थारुको बायाँ हातमा घाउ खत भएको, ४५ वर्षीय रामदास चौधरीको पिँठ्यू, बायाँ खुट्टामा घाउ खत रहेको र २८ वर्षीय चन्द्र बोगटीको बायाँ खुट्टामा चितुवाले चिथोरी घाउ खत बनाएको छ। चितुवा देखेपछि स्थानीय २०/२५ जना युवाहरूको समूह…

Read More

कैलाली: कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग उठिरहेका बेला नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले मुख खोलेका छन्। कैलाली निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत बनेका उनले सामाजिक सञ्जालमार्फत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै सञ्चालन हुनुपर्ने माग राखेका छन्। उनले लेखेका छन् , ‘म सदनभित्र भएपनि होस वा सदनबाहिर, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ आफ्नो भूमिका स्पष्ट रूपमा खेलीरहेकै छु, प्रतिबद्ध छु। जनताको मागभन्दा सर्वोपरी मेरा लागि अरू केही हुनै सक्दैन र कहिले भएन पनि।’

Read More