Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कैलालीको पूर्वी क्षेत्र टिकापुरलाई छुट्टै जिल्ला घोषणा गर्न माग गरेका छन्। सोमबार बिहान डिल्लीबजार कारागारबाट छुटेपछि उनले थारु पहिचानसहित टिकापुरलाई कैलालीबाट अलग गरेर अर्को जिल्ला बनाउन सरकारसँग माग गरेका हुन्। साथै उनले मुलुकको सत्ताको बागडोर सम्हाल्ने मिसनका साथ अघि बढ्ने बताएका छन्। त्यसका लागि आफूहरूले ‘मिसन २०८४’ थाल्ने उनले बताए। चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन्।

Read More

काठमाडौं: अर्जेन्टिनी कप्तान लियोनल मेसीले पोर्चुगाली खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । फ्रेन्च लिग वानअन्तर्गत शनिबार स्टार्सवर्गविरुद्ध एक गोल गर्दै मेसीले युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने रोनाल्डोको कीर्तिमान तोडेका हुन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध ३५ वर्षीय मेसीले खेलको ५९औँ मिनेटमा किलियन एम्बाप्पेको पासमा गोल गरेका थिए । मेसीले पाँच सय ७४ खेलमा चार सय ९६ गोल गरेका छन् । रोनाल्डोले ६ सय २६ खेलमा चार सय ९५ गोल गरेका थिए ।

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन्।

Read More

कैलाली: टीकापुर घटनामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई राष्ट्रपति कार्यालयले बाँकी कैद सजाय माफी दिन लागेको निर्णय रोक्न माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार एक पत्रमार्फत टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी नगर्न सरकारलाई आग्रह गरेको छ।  सजाय माफि ,मुलतवी , परिवर्तन वा कम गर्ने कार्यविधि २०७१ ले कसैले आफुलाई भएको सजाय माफि, मुलतवी, परिवर्तन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिनसक्ने उल्लेख छ। तर भ्रष्टचार , जवरजस्तीकरणी, सरकारी कीर्ते, सङ्गठित अपराध ,युद्घ अपराध, क्रुर हिंस्रिक वा विभत्स तरिकाले गरिएको हत्या , लागुऔषध लगाएतका…

Read More

कञ्चनपुर: भोलि(मंगलबार) कञ्चनपुरको लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकाले गङगादशहरा मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ। लालझाडी गाउँपालिकाका प्रवक्ता आशाराम राना र बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले सूचना जारी गर्दै गंगा दशहरा मेलाको उपलक्ष्यमा विदा दिइएको जानकारी दिएका हुन्। लालझाडी गाँउपालिकाले अनुमति दिए पश्चात् अमरज्योती युवा क्लबले लालझाडी वडा नम्बर २ मा १५ जेठदेखि १९ सम्म मेला सञ्चालन गर्ने आयोजकले जनाएको छ। यस्तै बेलौरी नगरपालिकाको भकुण्डामा लामो समयदेखि कालेश्वर मन्दिरमा मेला लाग्दै आएको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट २ सय ७० मिलिग्राम लागुऔषध(ब्राउन सुगर)सहित सोही ठाउँका २६ वर्षीय सन्तोष शाही पक्राउ परेका हुन्। शाहीलाई हिजो दिउँसो प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।  उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ:  हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलि  सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

अहमदाबाद – आईपीएलको फाइनल खेल महेन्द्र सिंह धोनीको चेन्नई सुपर किंग्स र हार्दिक पाण्ड्याको गुजरात टाइटन्सबीच अहमदाबादमा खेलिने थियो तर अहिले त्यहाँ पानी परिरहेको छ र टस अझै भएको छैन। वर्षाको अवरोधबारे नियम के छ ?–यदि यो खेल भारतीय समयअनुसार राति ९ः ३५ सम्म सुरु हुन्छ भने यो खेलमा कुनै ओभर घटाइने छैन ।–यदि यो खेल राति १२.०६ बजेसम्म सुरु हुन्छ भने २० ओभरको सट्टा ५ ओभरको खेल हुन सक्छ । त्यसपछि सुपर ओभर गर्न सकिन्छ तर त्यो पनि हुन सकेन भने खेल २९ मे सम्म सारिनेछ । त्यसैले आइतबार फाइनल हुन नसके सोमबार खेलाइनेछ । यसका लागि सोमबार लाई…

Read More

धनगढी – धनगढी उपमहानगरपालिकाको टोली भोलि भारतको दिल्ली शहर जाने भएको छ। शैक्षिक भ्रमणका लागि उपमहानगरको टोली दिल्ली जान लागेको हो। भोलि दिल्ली जाने टोलीको बिदाई कार्यक्रममा सहभागीका लागि पत्रकारलाई निम्ता समेत गरिएको छ। उपमहानगरका प्रशासकीय अधिकृतले पत्र काट्दै उक्त निम्ता गरेका हुन्। यसपालि धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा शून्यजस्तै आएको थियो। सोही कारण भ्रमण राखेको जनाइएको छ।

Read More