कञ्चनपुर: भोलि(मंगलबार) कञ्चनपुरको लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकाले गङगादशहरा मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ।
लालझाडी गाउँपालिकाका प्रवक्ता आशाराम राना र बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले सूचना जारी गर्दै गंगा दशहरा मेलाको उपलक्ष्यमा विदा दिइएको जानकारी दिएका हुन्।
लालझाडी गाँउपालिकाले अनुमति दिए पश्चात् अमरज्योती युवा क्लबले लालझाडी वडा नम्बर २ मा १५ जेठदेखि १९ सम्म मेला सञ्चालन गर्ने आयोजकले जनाएको छ। यस्तै बेलौरी नगरपालिकाको भकुण्डामा लामो समयदेखि कालेश्वर मन्दिरमा मेला लाग्दै आएको छ।
Facebook Comments Box