Author: महेन्द्रनगर पोष्ट

दोधारा चाँदनी: महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत महाकाली प्रादेशिक अस्पतालमा गरिएको अनुगमन मूल्याङ्कनमा विगतको तुलनामा अस्पतालले स्वास्थ्य सेवामा उलेख्य सुधार गरेको पाइएको हो । स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भए/नभएको हरेक छ/छ महिनामा अनुमगन गर्ने गरेको छ । विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशतमात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८५ प्रतिशत पुर्याएको छ । त्यसैगरी २०२० मा अस्पातलले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्याएको थियो । सन् २०२१…

Read More

धनगढीः कञ्चनपुरको बंक–नायल–बुडर सडकखण्ड अन्तर्गत ओदाल खोलामा पुल निर्माणका लागि काम चालु भएको छ। पुल निर्माणका लागि सम्झौता भएको ८ वर्षदेखि अलपत्र पारिएको पुल निर्माणको काम हिजोबाट सुरु भएको हो। स्थानीयका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ले पहल गरेर ठेकेदार र निर्माण कम्पनीलाई हाँटहुँट पारामा चेतावनी दिएपछि काम थालिएको हो। काम सुरु भएपछि स्थानीयहरु खुसी भएका छन्। पुल निर्माणको जिम्मा पाएको थेगिम गाल्वा जेभी कैलालीले समयमै काम सम्पन्न नगर्दा पुल निर्माण कार्य अलपत्र परेको थियो। पुलको काम रोकेर अलपत्र छोडेको थाहा पाएपछि प्रदेश सांसद भाटले पहल गरेको र काम सुरु भएको बताइएको छ। कृष्णपुरको वडा नम्बर १ स्थित…

Read More

झापा: सादा पोशाकमा घुमुवाको रुपमा खटिएका सशस्त्र प्रहरीका निरीक्षकले सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । झापाको सीमावर्ती क्षेत्र नकलबन्दामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई सशस्त्र प्रहरीको बराह बाहिनी पकलीबाट घुमुवाको रुपमा खटिएका प्रहरी निरीक्षक नभप्रभात राईले पानीमा डुबाउँदै भाटैभाटाले हानेको घटना सार्वजनिक भएको हो । कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन् । उनीहरुको मेचीनगरको मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक…

Read More

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएका छन् । जिल्लाको बेलौरी नगरपालिका–६ दुम्लीमा अवैध रुपमा भन्सार छली ल्याएका कुलर, डिउ (पेय पदार्थ) बेवारीसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो । २४ हजार मूल्य बराबरका उक्त सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै, शुक्लाफाँटा नगरपालिका–१ बन्साह चौराहबाट चिनि, स्याम्पू, सलाई, लगायत ११ हजार ६ सय मूल्य बराबरका सामानहरु बेवारीसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित ३ युवक समातिएका छन् । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट धनगढी–१३ श्रीलंकाका १८ वर्षीय देवेन्द्र राना, २४ वर्षीय बलबहादुर चौधरी र सोही ठाँउका २० वर्षीय निरज चौधरीलाइ लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट ४० मिलिग्राम खैरोहेरोइन फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

बझाङ: बझाङको बित्थडचिर गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने भएको छ । ५० वर्षदेखि माथिका सामाजिक सुरक्षा भत्ताको दायरामा नआएका एकल पुरुषलाई मासिक भत्ता दिइने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टका अनुसार मासिक ५ सय भत्ता दिइनेछ । उनले कार्यविधि निर्माण गरेर भत्ता उपलब्ध गराउन लागिएको बताएका छन् ।

Read More

बैतडी: बैतडीका ६ ओटा स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् । जिल्लाको दशरथचन्द, पाटन, मेलौली नगरपालिका, डिलाशैनी, सिगास र शिवनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका हुन् । १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि पालिकाहरु पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका हुन् । बाँकी रहेका पालिकालाई पनि केही दिनमै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेर बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।

Read More

काठमाडौं: अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका सह लेखापाल –३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँका जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् । लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित सम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Read More

काठमाडौँ: हालै वैवाहिक बन्धनमा बाँधिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सोविता गौतमले कानुन बनाउने तहका सांसदहरूको ‘तलब, सेवा–सुविधा’ पर्याप्त नभएको बताएकी छन् । कानुन तर्जुमा गर्न पर्याप्त ज्ञान हुनुपर्ने र विज्ञता खियाउनुपर्ने उल्लेख गर्दै उनले नेपाल सरकारले दिएको तलवमा खोजअनुसन्धान गरेर प्रस्तुति दिन असम्भव रहेको बताएकी हुन् । एक अन्तरवार्ताका क्रममा उनले सरकारले दिएको न्यून सेवासुविधाकै कारण राम्रो तयारी गर्न नसकिएको दाबी गरेकी छन् । उनले भनिन्, ‘नट इनफ ! एउटा स्वकीय सचिव हुन्छ । सांसद भनेपछि सबै कुरा म्यानेज गरिदिन सक्छ भन्ने खालको एउटा कन्सेप्ट छ ।’ उनले दुर्गम क्षेत्रबाट निर्वाचित भएका सांसदहरुको दुखेसो पनि पोखेकी छन् ।…

Read More

दोहा:  पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक हप्ता जस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ। दूतावासले दुई जना नेपाली कामदार बेपत्ता भएको सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको छ। दूतावासका अनुसार बेपत्ता हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९, दासिकोट, गुल्मी स्थायी निवासी कृष्णबहादुर विक र सिनुरजोडा–१, धनुषा स्थायी निवासी मो. कुर्मान सेख छन्। दूतावासले बेपत्ता नेपालीको खोजीकार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

Read More