Author: महेन्द्रनगर पोष्ट

धनगढी:  हिन्दी सिनेमा ‘आदिपुरुष’को प्रदर्शनमा नेपालमा पनि हलहरुले प्रत्येक शोमा एउटा सिट हनुमानका लागि छुट्याउने भएका छन्। धनगढीको एसटीएस सिनेमा हलले पनि हनुमानका लागि सिट छुट्टयाउने भएको हो। निर्माण पक्षले गरेको आग्रह अनुसार हनुमानका लागि प्रत्येक शोमा एउटा सिट खाली गर्ने निर्णय गरेको सिनेमा घरले बताएको छ। ‘जहाँ रामायण पाठ हुन्छ, त्यहाँ भगवान हनुमान प्रकट हुन्छन् । यस विश्वासलाई सम्मान गर्दै प्रभासको सिनेमा आदिपुरुष जहाँ प्रदर्शनहुन्छ त्यहाँ एक सिट विशेष रूपमा हनुमानका लागि छुट्याइनेछ,’ आदिपुरुष टिमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। ओम राउतले निर्देशन गरेको सिनेमामा प्रभास रामको भूमिकामा छन्। सैफअली खानलाई रावणको भूमिकामा देख्न सकिनेछ। कृतिसेननले सीताको भूमिका…

Read More

बैतडी: मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बसेका छन् । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लावडले बताईन् । स्वास्थ्य चौकीको छेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिसै घण्टा पानी आउँछ । स्थानीय बस्तीका…

Read More

कञ्चनपुर: महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार ४९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले २० करोड ७८ लाख २४ हजार रकम फिर्ता माग गर्दै निवेदन दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले शिवशिखर सहकारी संस्थाबाट ठगिएका दुई हजार ४९६ जनाले निवेदन दिएको बताए। “अहिले हामी निवदेनकर्ताको संयुक्त जाहेरी बनाएर मुद्दा दर्ता गर्ने तयारीमा छौँ”, उनले भने, “अनुसन्धान गर्न सजिलो होस् भनेर संयुक्त जाहेरी तयार गर्न लागेका हौँ…

Read More

झापा: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन्। कोकाहाको पानी धरान ल्याउन सफल भएपछि सोमबार मध्यरातमा उनी भावुक भएका थिए। पानी धरान ल्याउनकै लागि मेयर साम्पाङलगायत धेरै धरानबासी रातभर जाग्राम बसेका थिए। कोकाहाको पानी धरान ल्याउन सफल मेयर साम्पाङलाई अहिले सामाजिक सञ्जालमा मानिसहरूले बधाई दिइरहेका छन्।

Read More

बैतडी: बैतडीमा सवारी दुर्घटना परेर वडाअध्यक्ष र सचिव घाइते भएका छन्।  जिल्लाको  पाटन नगरपालिका-  ६ हिरापुरमा  मोटरसाइकल र जीप एकआपसमा  ठोक्किर  दुर्घटना हुँदा पाटन ८ का वडाअध्यक्ष हरिश विष्ट  र  वडा नम्बर ९ मा कार्यरत सचिव राम दत्त जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको छ।  सोमबार अपरान्ह पाटनबाट खोडपेतर्फ जाने  क्रममा वडा अध्यक्ष र सचिव सवार से १ ब १२९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको  सुपप्र ०१ ००१ च २६६९ नम्बरको ठोकिएको थियो। वडाअध्यक्ष बिष्टको खुट्टा, अनुहार र शरिरका अन्य भागमा गम्भिर चोट लागेको छ भने वडासचिव जोशीका खुट्टामा चोट लागेको बताइएको  छ।  घाइते दुवैजनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले…

Read More

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज(मंगलबार) पत्नीसहित सिंगापुर जाँदैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन्। सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जानकारी दियो। पेटसम्बन्धी समस्या देखिएपछि उनीले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएको सचिवालयले बतायो। पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका देउवा करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।

Read More

बागलुङ: महिलाको हत्या गर्ने अभियुक्तलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ। बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीलाई हत्यापश्चात् करणी गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो। जिल्ला न्यायाधीश दिवाकर भट्टको सोमबारको इजलासले जन्मकैद फैसला गरेको इजलास अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिए। २०७९ असोज ३० गते बिहान घरबाट मजदुरी गर्न निस्किएकी फुलमाया साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्टीमा मृत फेला परेकी थिइन् । अनुसन्धानका क्रममा सीसीटीभी फुटेजलाई आधार मान्दा शंकास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फुलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटका लागि फूलमायाको हत्या…

Read More

डडेल्धुरा:  केआइसिंह राजमार्ग दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ। डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवास्थित पहिरो रोकथाम तथा सडक स्तरोन्नतिको कार्य सञ्चालन हुने हुँदा एक हप्ता सडक अवरुद्ध हुने भएको छ। सडक डिभिजन कार्यालय कुलपाते डोटीका अनुसार यही जेठ ३० गतेदेखि असार ४ गतेसम्म बिहानको ११ बजेदेखि दिउँसोको ३ बजेसम्म सडक पूर्णरूपमा अवरुद्ध हुनेछ। सडक डिभिजन कुलपातेले सडक अवरुद्ध भएको बेला वैकल्पिक बाटोको प्रयोग गर्न यात्रुलाई अनुरोध गरेको छ। २०७८ कार्तिक महिनामा परेको अविरल वर्षाका कारण पहिरो खस्दा रडुवामा सडक भासिएको थियो। सडक भासिँदा एक साता अवरुद्ध भएको राजमार्ग त्यसयता पटक-पटक पहिरो खस्दा अवरुद्ध हुँदै आएको थियो।

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीमा आगलागी हुँदा ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ। सोमबार राति बेलडाँडी गाउँपालिका–१ सिद्दचोकका रुद्र चन्दको भान्सा घरमा खाना पकाउँदा आगलागी भएको हो। आगलागीबाट खाद्यान्न, भाँडाबर्तन जलेका प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…

Read More