Author: महेन्द्रनगर पोष्ट

गोरखा : बढ्दो चोरी नियन्त्रणका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानीमा स्थानीय युवासहित प्रहरीको थप फोर्स परिचालन भएको छ । दिनहुँजसो सौरपानी क्षेत्रमा चोरी डकैतीको शृङ्खलाबद्ध घटना बढ्दै गएपछि जिल्ला प्रसासन कार्यालय गोरखाले प्रहरीको थप फोर्स परिचालन गरेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको विशेष सुरक्षा टोलीसमेत आज सौरपानी पुगेर जनप्रतिनिधि तथा स्थानीयवासीसँग छलफल गरेको उनले बताए । त्यसबाहेक अन्य तीन ठाउँमा अस्थायीरूपमा प्रहरीको टोली राखेर परिचालन गर्ने निर्णय पनि भएको उनले बताए । गएको केही समयदेखि सौरपानी क्षेत्र चोरी डकैतीको घटना बढ्दै गएपछि त्यहाँका स्थानीयवासी त्रासमा छन् । साँझ…

Read More

कञ्चनपुर : कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐर बिहिवार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्लाअदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते २६ दिन कैद र छ हजार नौँ सय २९ रुपैँया जरिवाना तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिवार आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्लेन किनेरै भएपनि आन्तरिक उडान भर्ने बताएका छन् । मुख्यमन्त्री शर्माले संघीय सरकारले जहाज उपलब्ध नगराए कर्णाली सरकारले आन्तरिक रूपमा नै जहाज खरिद गरेर कर्णाली भित्र उडान भर्ने दाबी गरेका हुन् । बिहीबार प्रदेशसभाको नवौँ बैठकमा उनले भने,’संघीय सरकारसँग हामीले बेला बेला भनिरहेका छौँ । अहिले संघीय सरकारले तीनवटा विमान खरिद गर्दैछ । त्यो मध्येको एउटा जहाज सुर्खेतमा स्टेनवाइ राखिनुपर्छ भनेर हामीले भनिरहेका छौँ र, माग गरिरहेका छौँ ।’ उनले आफूहरूको माग सम्बोधन भएन भने साझेदारीमा सहकार्य गरेर एउटा प्लेन किनेरै भएपनि आन्तरिक उडान भर्ने तयारीमा कर्णाली सरकार प्रतिबद्ध रहेर बताए ।

Read More

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्। राष्ट्रिय सभाको बैठक शुक्रबार बिहान ११ बजेर ३१ मिनेटमा बोलाइको छ। उक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री महतले दिने तय भएको जानकारी दिएका छन्।

Read More

बाजुरा – बाजुरामा एक युवती झुण्डीएको अवस्थामा मृत फेला परेकी छन् । बिहिवार बडिमालिका नगरपालिका वडा न. ६ कोर्धकी २७ वर्षीया कमला बडुवाल झुण्डीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहर्री कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहिवार बिहानै घरबाट घाँस काट्न जान्छु भनेर हिडेकी थिइन् । घाँस काट्न गएकी उनि लामो समय सम्म घर नफर्किएपछी आफन्तले खोजी तलासी गर्दा घरदेखि करिव १ किलोमिटर अगाडी बाबिया भन्ने ठाँउमा सल्लाको रुखमा झुण्डीएको अवस्थामा आफन्तले बिहान करिब ९ बजे मृत फेला परेको बताइएको छ । मृतक बडुवाल आफुसंगै भएको आफ्नै चुन्ननीको पासो लगाएर झुण्डीको अवस्थामा स्थानियले फेला पारेको जिल्ला…

Read More

अत्तरिया : कैलालीको गेटामा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नामाकरण गरिएको होर्डिङ बोर्ड राखिएको छ । शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले बिहिबार मुल गेटमा होर्डिङ बोर्ड राखेको हो । निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सोही अनुसार जेठ ५ गतेको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा शहिद दशरथचन्द स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएको थियो । बजेटमा प्रतिष्ठान बनाएर १ सय बेडको अस्पताल संचालन गर्ने भनिएपछि संघर्ष समितिले बिरोध स्वरुप शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नामाकरण गरिएको…

Read More

काठमाडौं : नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । उनले सदस्यता नवीकरण तथा नयाँ सदस्‍यता दुवै अनलाइनबाटै गर्न सकिने जानकारी दिए । पार्टीभित्रको गुट भत्काउनका लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्ने धारणा राखेका थिए । थापाले तन्नेरीहरु बोकेर देश भए पनि त्यसबाट लाभ लिन नसकेको बताए । १०-१५ वर्षमा नेपाललाई विकास गर्न सकिने युवा जनशक्ति भएको बताए । देश परिवर्तनका लागि सुरुमा कांग्रेस सुध्रिन जरुरी रहेको थापाको निचोड छ । कांग्रेस सुधार्नका लागि गुट…

Read More

काठमाडौँ : नेपाल विद्यालय कर्मचारी परिषद् सङ्खुवासभाले सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइ सङ्खुवासभामा धर्ना दिएको छ। सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी को सेवा सुविधामा विभेद गरेको भन्दै आज समन्वय एकाइमा नेपाल विद्यालय कर्मचारी परिषद् सङ्खुवासभाले धर्ना दिएको हो। साथै विद्यालय कर्मचारी परिषद्ले आजै शिक्षा विकास तथा समन्वय एकाइ सङ्खुवासभाका प्रमुख केशव भट्टराईलाई विभिन्न मागसहित ज्ञापनपत्र समेत बुझाएको छ। सरकार र विद्यालय कर्मचारी परिषद्‌बीच विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनका लागि दबाब दिन धर्ना कार्यक्रम गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् सङ्खुवासभाका अध्यक्ष टङ्कबहादुर दर्जीले बताए। आव २०८०-०८१ को सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर…

Read More

पर्वत : बाँदरले आतंक मच्चाएपछि पर्वतको कुश्मा नगरपालिका ९ का वडाध्यक्ष राम शर्मा लामिछाने खेतबारीमा कुरुवा बस्न थालेका छन् । खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन अपनाएको अनेकौं उपाए कामयावी नभएपछि वडाध्यक्षसहित स्थानीयबासी कुरुवा बस्न बाध्य भएका हुन् । कुश्मा नगरपालिका–९ का १५ परिवारको एउटै फाँट छ । फाँटमा लगाइएका मकै, बोडी, सिमी बाँदरबाट जोगाउन वडाध्यक्ष लामिछानेसहित १५ जना आलोपालो खेतबारी रुँगेर बस्ने गरेका छन् । वडाध्यक्ष लामिछानेले बाँदरले बालीनाली नष्ट गरिदिने डरले खेतबारी रुगेर बस्नु परेको बताए । ‘खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै छ । तर, किसान ती घोगा घर भित्र्याउन पाइन्छ कि पाईंदैन भन्ने चिन्तामा छन्,’ उनी भन्छन्, ‘आफुलेभन्दा पहिल्यै…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटवहादुर साउदले समाजको सकारात्मक विकासमा युवाहरुको भुमिका महत्वपूर्ण रहने बताएका छन् । प्रदेश युवा परिषदले बिहीवार धनगढीमा आयोजना गरेको सामाजिक विकास मन्त्रीसँग युवाहरुको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी युवाहरुको सवालको जफाव दिंदै मन्त्री साउदले समाजको सकारात्मक विकासका लागि आफु सधैं युवासँगै रहने प्रतिबद्धता जनाए । युवाहरुको शिक्षा, स्वास्थ्य, खेलकूद, रोजगारीलगायतका सबालको जफाव दिंदै मन्त्री साउदले आफुमा पनि केही गरेर देखाउने हुट्हुटी रहेकाले हाम्रो स्रोत र साधनले भ्याएसम्म युवाहरुका यी समस्या समाधानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । कर्णलीमा पुल बनेपछि मात्रै काठमाडौंसँग सुदूरपश्चिम भौगोलिक हिसावले नजिक भएको स्मरण गर्दै उनले अब…

Read More