काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्लेन किनेरै भएपनि आन्तरिक उडान भर्ने बताएका छन् ।
मुख्यमन्त्री शर्माले संघीय सरकारले जहाज उपलब्ध नगराए कर्णाली सरकारले आन्तरिक रूपमा नै जहाज खरिद गरेर कर्णाली भित्र उडान भर्ने दाबी गरेका हुन् ।
बिहीबार प्रदेशसभाको नवौँ बैठकमा उनले भने,’संघीय सरकारसँग हामीले बेला बेला भनिरहेका छौँ । अहिले संघीय सरकारले तीनवटा विमान खरिद गर्दैछ । त्यो मध्येको एउटा जहाज सुर्खेतमा स्टेनवाइ राखिनुपर्छ भनेर हामीले भनिरहेका छौँ र, माग गरिरहेका छौँ ।’
उनले आफूहरूको माग सम्बोधन भएन भने साझेदारीमा सहकार्य गरेर एउटा प्लेन किनेरै भएपनि आन्तरिक उडान भर्ने तयारीमा कर्णाली सरकार प्रतिबद्ध रहेर बताए ।
Facebook Comments Box