पाँचथर: पाँचथरमा बाढीपहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । माउन्टेन हाइड्रो, माझिटार र हेवाखोलाको पुल क्षेत्रबाट उनीहरू प्रकोपमा परी हराइरहेका हुन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढीका कारण जिल्लाका पाँचवटा पक्की पुल बगेका छन् । पुल बगेपछि यातायात अवरुद्ध बनेको छ ।
Author: महेन्द्रनगर पोष्ट
बाजुरा: बाजुरामा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ। शनिबार दिउँसो त्रिवेणी नगरपालिका–९ गडतोलामा बुढिगंगा नदीको किनारबाट ढुङ्गा लोड गरी ल्याउँदै गरेको से १ त १४०८ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ठाउँका १५ वर्षीय नितेश थापाको ट्याक्टरबाट खसेर मृत्यु भएको हो। नितेशको शरीरमा भित्री चोट लागी गम्भिर घाईते भएपछि उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक सोही नगरपालिका ४ नम्बर वडाको तोलीका ३५ वर्षीय गगन साउद फरार छन्। उनको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।
धनगढी: कैलालीस्थित धनगढीको एक मेडिकलबाट प्रहरीले अवैध औषधी बरामद गरेको छ। शनिबार साँझ धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट मोडमा गेटा मेडिको क्लिनिक सञ्चालन गरी बस्ने डोटीको आदर्श गाउँपालिका–१ का ३० वर्षीय गणेश बागलाई अवैध औषधीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । मेडिकलबाट अवैध त्रिंगा सप्ट ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला पारी अवैध औषधीसहित बागलाई पक्राउ गरिएको हो। प्रहरी चौकी कैलारीगाउँबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयर प्रालिलाई निजी हेलिपोर्ट बनाउन अनुमति दिएको खुलासा भएको छ। मन्त्री किरातीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत जानकारी नदिइ थापाको कम्पनी सिम्रिक एयरलाई गैरसैनिक हवाई ऐन २०१५ विपरीत हेलिपोर्टको अनुमति दिएको खुलासा भएको हो। सिम्रिक एयर प्रालिले काभ्रे जिल्ला बनेपा नगरपालिका – १४ राउत गाउँको माथिल्लो भाग इटापु डाडाँमा हेलिपोर्ट निर्माण तथा सञ्चालनको लागि आशय पत्र उपलब्ध गराउन भन्दै २०७९ माघ १३ गते निवेदन दिएको थियो। गैरसैनिक हवाई उडान ऐन २०१५ ले निजी कम्पनीलाई डाँडा डाँडामा यसरी एयरपोर्ट/हेलिपोर्ट बनाउन दिने पकिकल्पना गरेको छैन। यसको साथै हुँदै…
धनगढीः कैलालीमा गोरुगाडासहित अवैध काठ बरामद गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ९ बाट सालको दुई गोलिया काठ गोरुगाडासहित बरामद गरिएको हो। राष्ट्रिय वनबाट काठ तस्कर गरी ल्याउँदै गर्दा भगतपुर सामुदायिक वनमा गोरुगाडासहित काठ बरामद गरिएको छ। रातिको समयमा गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय पहलमानपुरले काठ बरामद गरेको हो। बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको छ। डिभिजन वन कार्यालय पहलमानपुरका कर्मचारी देखेपछि तस्कर गोरुगाडा छोडेर भागेका थिए। गोरुगाडा छोडेर फरार भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको डिभिजन वन कार्यालय पहलमानपुरले बताएको छ।
काठमाडौं: नेपालमा पहिलो पटक मंकिपक्स भाइरस संक्रमण देखिएको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मंकिपक्स भाइरस (एमपक्स) को संक्रमण देखिएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासिनीले मंकिपक्स भाइरस ज्वरो आएको बेला बढी संक्रमण हुने जानकारी दिए। उनले संक्रमितको सम्पर्कमा आएका सबै आइसोलेसनमा बस्नुपर्ने बताए। ‘मंकिपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्छ। नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन’, उनले भने। लक्षणहरू एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा,…
काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि…
काठमाडौं: गृह सचिव दिनेश भट्टराईसहित्को तीन सदस्यीय टोली अमेरिका प्रस्थान गरेका छ। सो टोली राति ८ बजे काठमाडौंबाट दुबई हुँदै अमेरिका गएको बताइएको छ । टोलीमा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक सन्दीप भण्डारी, गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव केदारनाथ शर्मा छन् । सचिव नेतृत्वको टोली फ्लाई दुबईको उडान नम्बर एफजेड ५७६ मा गएका हुन् ।
धनगढीः शनिवार साँझ कैलालीको अत्तरियामा सिट्टी बजाएर प्रदर्शन गरिएको छ। गेटामा निर्माणाधिन शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु संसदबाटै अनुमोदन गरिनुपर्ने लगायतका माग गर्दै अत्तरियामा सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको हो। शनिवार साँझ शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विधेयक अनुमोदनसंगै गेटामा तत्काल ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै सिट्टी बजाएर प्रदर्शन गरेको थियो। संघर्ष समितिका संयोजक लोक राज पाण्डेयले गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापनाका लागि भइरहेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तरगत सरकारको कान, आँखा खोल्न सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको बताए।
डडेल्धुरा: डोटीकी एक महिलाको भारतमा हत्या भएको छ। जिल्लाको शिखर नगरपालिका सुर्काल घर भइ हाल भारतको गुजरातस्थित वापीमा बस्दै आएकी लक्ष्मी पार्कीको हत्या भएको हो। उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनी पति अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन्। पति कोठाभन्दा केही पर एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेको आफन्त नरेश पार्कीले बताए। उनको अनुसार ३ छोरी साथमा रहेको बेला कोठामा ३ जना अज्ञातव्यक्ति प्रवेश गरि बलात्कारपछि लक्ष्मीको हत्या गरेको भनेर प्रहरीले बताइरहेको छ। प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्त नरेश बताउँछन्।…