काठमाडौँ: भारतबाट खाना पकाउने ग्याँसको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार ग्याँसको मूल्य प्रतिसिलिण्डर एक सय ६० रुपैयाँले घटेर आएको हो ।
डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसाले बढ्दा पेट्रोलको मूल्य १४ पैसाले घटेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
उनका अनुसार मट्टीतेलको मूल्य ५ पैसा र हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको छ । आईओसीले अंग्रेजी क्यालेण्डरअनुसार हरेक पन्ध्र दिनमा नयाँ मूल्य पठाउने गर्छ ।
Facebook Comments Box