धनगढीः धनगढी उप–महानगरपालिकाले फोहोर बोक्ने गाडीमा जिपीएस जडान गरेको छ । उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले से २ च ३७१० र से १ त ७३९४ नम्बरका दुई ट्याक्टरमा जिपीएस जडान गरिएको बताए ।
फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ‘समाजका लागि युवा’ संस्थासँगको सहकार्यमा उपमहानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो । फोहोर बोक्ने गाडी रहेको क्षेत्र पत्ता लगाउन जिपीएस जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ । एपमार्फत फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर सहजै थाहा पाउन सकिनेछ ।
Facebook Comments Box