Author: महेन्द्रनगर पोष्ट

बझाङ: बझाङको सेती नदीमा एक पुरुषले हाम फाल्दा ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-४ का ४० वर्षीय कविराज खड्काको ज्यान गएको हो । उनले आज जयपृथ्वी-४ कै गोलाई र ९ देवल जोड्ने झुलङ्गे पुलबाट हाम फालेका थिए । उनको शव भेटिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Read More

धनगढी: धनगढीमा ४ लाख बढी मूल्यका साडी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका–२ रुबस चोक नजिक भारतबाट भन्सार छलेर ल्याइएका आठ सय २६ ओटा साडी बरामद गरिएको हो । अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउदले बताए। बरामद साडीको मूल्य ४ लाख १३ हजार रुपैयाँ रहेको उनको भनाई छ ।

Read More

काठमाडौँ: आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ०ले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी २३औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस आज मनाउन लागिएको हो । आम जनताले दूधको उपभोग…

Read More

महेन्द्रनगर: सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका महत्वपूर्ण आयोजना तथा कार्यक्रम समेटिएका छन् । कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने सरकारले बजेटमार्फत उक्त विषयलाई सम्बोधन गरेको छ । एकीकृत जाँचचौकी, सुक्खा बन्दरगाह, कन्टेर यार्ड निर्माण, प्रयोगशाला स्तरोन्नतिलगायत व्यापार पूर्वाधार निर्माण र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन भएको हो । डेढ दशकअघि प्रस्ताव भएको दोधारा चादँनी सुक्खा बन्दरगाहको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा समेत सुक्खा बन्दरगाह निर्माणका लागि भारतीय पक्षसित सम्झौता (एमओयु) मा हस्ताक्षर गर्ने एजेण्डा छ । सुक्खा बन्दरगाह निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) हालै…

Read More

काठमाडौं: भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नामको नक्सामा लुम्बिनी र कपिलवस्तु पनि उल्लेख गरेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि विरोध गरेका छन्। साम्पाङले अब हामीले पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको भूभाग समेटेर नक्सा सार्वजनिक गर्नुपर्ने टिप्पणी गरेका छन्। 

Read More

डडेल्धुरा: डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढाउन मुआब्जा वितरणको कार्य जारी छ । बागबजार–किर्तीपुर सडक खण्डअन्तर्गत पहिलो चरणमा बागबजार क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण गरिएकोमा अब बगरबाटा, तुफानडाँडा र किर्तीपुर लगायतका क्षेत्रमा परेका घर तथा जग्गाको मुआब्जा वितरण गरिने भएको हो । दोस्रो चरणमा मुआब्जा वितरण गर्न संघीय सरकारले ३० करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मुआब्जा दाबी गर्न जग्गा र घरधनीका लागि सूचना जारी गरेको हो । मुआब्जा दाबी गर्नका लागि २ सय ९२ जनाको नाममा १५ दिने सूचना जारी भएको छ । जग्गाधनी पूर्जाको प्रतिलिपि, नागरिकता, प्यान कार्ड, बैंक खताको चेकको प्रतिलिपि…

Read More

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित दुई महिलालाई प्रहरीले नियन्त्रमा लिएको छ। बुधबार दिउसो ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भन्सार छलीका सामानसहित दुई महिलालाई नियन्त्रणमा लिएको हो। भीमदत्त नगरपालिका–१० बाट भन्सार छलीका खुर्सानी, नरिवल र कपडासहित भीमदत्त नगरपालिका–७ की ४५ वर्षीया कलावती जाग्री र सोहि स्थानकी ३७ वर्षीया सिता धामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई आवश्यक कारवाहीका लागि सामानसहित भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमाथि प्रश्न गरेका छन्। भ्रमणको पहिलो दिन बुधवार भारतीय कर्मचारीसँग प्रचण्डको भेटवार्ता भएको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले प्रश्न गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड समकक्षी प्रधानमन्त्रीसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसँग ?’

Read More

लमजुङ: लमजुङ जिल्ला कारागारबाट दुई कैदी फरार भएका छन्। बेसीशहर नगरपालिका- ८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर गत राति साढे एक बजेको समयमा दुई कैदी फरार भएका हुन्। फरार हुनेमा लम्जुङको मध्यनेपाल नगरपालिका ४ का २७ वर्षिय विनोद विक र गोरखा चुमनुब्री गाउँपालिका ३ का ३७ वर्षिय चन्द्र बहादुर गुरुङ रहेको प्रहरीले बताएको छ। विक जबर्जस्ती करणी र डाँका चोरी मुद्धामा र गुरुङ ठगी मुद्धामा कारागार चलान भएका थिए। प्रहरीले दुवैजनाको खोजीकार्य तिव्र पारेको जनाएको छ।

Read More

बैतडी: स्याउ उत्पादनका लागि प्रसिद्ध रहेको बैतडीको सतबाँझमा फेरी स्याउ फल्न थालेको छ। लामो समयपछि सुख्खा फलफूल विकास केन्द्र सतबाँझको क्षेत्रभित्र स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्मरसिंह भाटले बताए। विगत दुई दशक यता पहिलो पटक सतबाँझमा स्याउ फल्न थालेको हो। सतबाँझमा कम हिउँ पर्न थालेपछि स्याउ उत्पादन हुन छोडेको थियो। पछिल्लो समयमा नयाँ जातका स्याउका बिरुवा रोपेपछि स्याउ फल्न थालेको भाटले बताए। समुद्री सतहदेखि १८ सयदेखि २३ सय मिटर सम्मको उचाइमा रहेको सतबाँझमा बोरिङ सिँचाइ प्रणालीको समेत व्यवस्था गरिएको छ । सिँचाइ सुविधाका कारणले पनि स्याउले फल दिन थालेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए…

Read More