Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका– २ मिलन चोक बाट सोहि नगरपालिका–१२ का २७ वर्षीय बिष्णु विष्ट र धनगढी उपमहानगरपालिका–३ कि १९ वर्षीया आष्मा श्रेष्ठ पक्राउ परेकी हुन्। आष्माको कोठामा चेकजाँच गर्दा उनीहरुको साथबाट १०० मिलि ग्राम लागूऔषध खैरोहिरोईन फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

Read More

काठमाडौँ : दाङमा चट्याङ लागेर दुई जना मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका-६ बागरका ३२ वर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक वीर बहादुर वलीले जानकारी दिए। वलीका अनुसार केसी घाँस काट्न गएको बेला र चौधरी बारीमा तरकारी टिप्न गएको बेला चट्याङ लागेको थियो । दुवैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

Read More

बैतडी : बैतडीको सिगास गाउँपालिका – ८ स्थित लेक लुपुड माविको भवन जोखिममा परेको छ । शनिबार बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवन जोखिममा परेको हो । विद्यालयका दुई ओटा भवन पहिरोले भत्किने सम्भावना रहेको विद्यालयका प्रधानाध्यापक हर्कबहादुर धामीले बताए । ७२ /७२ लाखको लागतमा निर्माण भएका विद्यालयका दुईओटा भवन पहिरोको जोखिममा परेका विद्यालयका प्रधानाध्यापक धामीले बताए । पहिरोका कारण कक्षा सञ्चालनमै समस्या आउने उनले बताए । उनले भने ‘विद्यालयका दुईओटा भवन मध्ये दुवै पहिरोको जोखिममा परेका छन् । भोलिदेखि नै बालबालिकाहरुलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता थपिएको छ ।’ कक्षा १२ सम्मको पढाई हुने…

Read More

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का पाँच केन्द्रीय सदस्यलाई पार्टीले निष्कासन गरेको छ। शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट पाँच सदस्यलाई निष्कासन गर्ने निर्णय गरिएको जसपाका एक नेताले बताएका छन् । ती नेताका अनुसार निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको हो। छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ। कारबाहीको निर्णय उपर चित्त नुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्ने छन्। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको आजको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको…

Read More

कैलाली : कैलालीमा अवैध भन्सार छलीका १३ वटा खसि सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौरिगंगा न.पा. १ गोक्का बस्ने राम बहादुर रानामगर र धनगढी उपमहानगर पालिका १९ बस्ने कुल बहादुर रानाभाट कैलारी गा.पा. ६ खरुवाखेडाबाट १ लाख ९५, हजार मुल्य बराबरको १३ वटा भन्सार छलीका खसी चौमाल तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ । पक्राउ परेका दुबै जनालाई प्रहरीले आवस्यक कार्वाहीकोको लागि त्रिनगर भन्सार कार्यालय पठाएको छ ।

Read More

काठमाडौँ : विप्लव निकट नेकपा माओवादीका कार्यकर्ताले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ५ मिलनचोकस्थित ’मिटरब्याजी’ रमानन्द बानियाँको घर कब्जामा लिएको छ । मिटरब्याजी पीडितहरूको आग्रहमा स्थानीयसहितको उपस्थितिमा नेकपाले उक्त घर नियन्त्रणमा लिएको जनाएको छ । मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानहरूलाई न्यूनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक,दृष्टिबन्दक गराएर किसानका करोडौँ रकम ब्याजका नाममा ठगेको उजुरी आएको नेकपाको दाबी छ । बानियाँले झण्डै ७६ जना किसानहरूलाई ऋण दिँदा ५० प्रतिशत बढी ब्याजसमेत लगाएको विवरणमा सार्वजनिक गरिएको छ । भैरहवा, लुम्बिनी सांस्कृतिक र तिलोत्तमा नगरपालिका आसपासमा दर्जनौँ किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याजमार्फत करोडौँ…

Read More

धनगढी: कैलालीमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा परी १९ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक कैलालीको जोशीपुर गाउँपालिका-५ का अन्दाजी ३५ वर्षीय कृष्ण चौधरी गम्भीर घाइते भएका प्रहरीले बताएको छ । उनलाई भेरी अस्पताल बाँके रेफर गरिएको बताइएको छ । बस चालक बैतडीको पाटन नगरपालिका-७ का ३८ वर्षीय तेजसिंह ठगुन्नालाई पनि नोभा अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै, बसका सहचालक कैलालीको गोदावरी नगरपालिका-२ का ४० वर्षीय बिर्खबहादुर रानामगर पनि घाइते भएका छन् । प्रहरीका अनुसार अन्य घाइते हुनेमा कैलालीको टीकापुर नगरपालिका-१५ की ४२ वर्षीया यशोदा कठायत, टीकापुर-३ की ३५ वर्षीया पुष्पा सिर्पाली,…

Read More

काठमाडौं : रुकुम पश्चिममा कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ। शनिबार दिउँसो ३ बजे चौरजहारी नगरपालिका–३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डिएसपी) नमराज भट्टराईले बताए । कर्णाली प्रदेश ०२-००१ झ ००४४ नम्बरको गाडीमा प्रदेश सभा सदस्य कल्याणी खड्कासहित ९ जना सवार रहेको (डिएसपी) भट्टराईले बताए । गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले घाइतेको उद्धार गरी मिसन अस्पताल चौरजहारीमा पठाएको छ। घाइते सबै सामान्य नै छन् । घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : रौतहटको राजदेवी नगरपालिका-३ स्थित बागमती नदीमा आएको बाढीका कारण टापुमा फसेकाहरूलाई ८ घण्टापछि सकुशल उद्धार गरिएको छ । शुक्रबार साँझदेखि बाढीमा फसेका चण्डिया गाउँका तीन महिलासहित ५ जनालाई शनिबार बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले उद्धार गरेको हो । उनीहरू बागमती पारि खेत हेर्न र पशु लिएर गएका बेला लगातार वर्षा भई बाढीमा फसेका थिए । जिल्ला प्रहरी गौरका अनुसार नदीको बीचमा टापु जस्तै छ । उक्त टापुमा बसेर शुक्रबार साँझदेखि राजदेवी-३ चन्डियाका ५० वर्षीया रामापती देवी, ३७ वर्षीया ललिता देवी पटेल, ६० वर्षीय विलास दास र निजको दुई वटा भैँसी, ५० वर्षीया…

Read More

बझाङ: सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह दम्पतीको अन्त्येष्टि गरिएको छ । शनिवार सेती नदी किनारको डुङग्री आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको हो । परराष्ट्रमन्त्री एनपी साउद, मुख्यमन्त्री कमलबहादुर शाह, बाजुराका सांसद बद्री पाण्डे पनि श्रद्धाञ्जली दिन बझाङ पुगेका छन् । जिल्ला अस्पतालबाट सुरु भएको शवयात्रामा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासी लगायतको सहभागिता थियो । गत मंगलबार धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजू जयाको मृत्युु भएको थियो । मृतक जया सिंहको अन्तिम संस्कार महेन्द्रनगरमा गरिएको थियो भने मन्त्री सिंहका कान्छा छोरा अमेरिकामा रहेकाले उनलाई पर्खिएर…

Read More