Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं – अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्ष ०७८/७९ को पुँजीगत खर्च ९० प्रतिशत पुर्‍याउन निर्देशन दिएका छन् । पुँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् । उनले मध्यावधि समीक्षामार्फत ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । बजेट कार्यक्रममा देखिएका समस्या पुरानै भएकाले आगामी बजेट निर्माण गर्दा सबै कमजोरी सुधार गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका छन्  । सबै मन्त्रालयलाई बजेटको सिलिङ पठाइसकेको जानकारी दिँदै उनले कार्यक्रम बनाएर पठाउनुको सट्टा बजेट कार्यान्वयनमा हालसम्म देखिएका समस्या सुधार गर्ने कार्ययोजना पहिला…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज पुगेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन तथा महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगञ्ज आइपुगेका हुन्। यहि अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले जिल्ला कार्य समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाण पत्र वितरण तथा पदस्थापन समारोह आयोजना गरेको छ। प्रधानमन्त्री देउवाले यो कार्यक्रममा पार्टीका नेता कार्यकर्तालाई पहिले सम्बोधन गर्नेछन्। सो कार्यक्रमपछि देउवाले नेपाल घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। केही बेरअघि मात्रै त्यहाँ पुगेका उनी आजै काठमाडौं फर्किनेछन् ।

Read More

काठमाडौं– मानव इतिहासमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका मानिसको मृत्यु भएको छ । दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गराइ चर्चामा आएका ५७ वर्षे डेभिड बेनेटको मृत्यु भएको हो । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उनको मृत्यु भएको जनाइएपनि चिकित्सकहरूले उनको मृत्युको कारण भने खुलाएका छैनन् । यद्यपि केही दिनदेखि उनको स्वास्थ्य अझ खराब हुँदै गएको बताइएको छ । उनका छोराले भने आफ्ना बाबुलाई बचाउन अस्पतालले गरेको प्रयासप्रति धन्यवाद दिएका छन् । ‘हामी हरेक आविष्कार र परीक्षणप्रति आभारी छौं ।’ उनलाई उद्धृत गर्दै अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उन शरीरमा गत जनवरी ७ मा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरू…

Read More

काठमाडौं – नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस भएको छ । सिफारिसमा पर्नेहरूमा गोरखा स्थायी घर भएको चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रसाद सिटौला र सुर्खेतका उमेशप्रसाद थानी रहेका छन् । निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बुधबार बसेको बैठकले तीनजनाको नाम सिफारिस गरेको हो । आयल निगमको कार्यकारी निर्देशक पद रिक्त भएपछि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न गएको पुस २५ गते दरखास्त आह्वान गरिएको थियो । सोअनुसार १७ जनाको आवेदन परेको थियो । त्यसमध्ये समितिले तीनजनाको नाम सिफारिस गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल प्रधानमन्त्री स्वयंले सम्हालिरहेको हुँदा उनले चाहेको व्यक्ति नै निगमको कार्यकारी…

Read More

मेक्सिको – मेक्सिकोमा गोली हानेर तीन जना महिलासहित १० जनाको हत्या गरिएको छ। मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा हिजो (बुधबार) गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ। मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डकाे पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको बताएको छ। मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ। हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो। त्यसैले यो…

Read More

काठमाडौं – आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार एकै दिन ३५ सयले घटेर एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले संखुवासभाको मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन्। उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला (सिडिओ) अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका हुन्। ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ। हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर…

Read More

कैलाली-कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्थान मिलाउन स्थानीय परिचयपत्र अभ्यासका लागि सम्झौता भएको छ। सरकार संगको सहकार्यमा गोदावरी नगरपालिका र कैलाली भित्रका सबै घरधुरीको तथ्यांक संकलन व्यवस्थितीकरण गर्दै किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि सम्झौता भएको हो । गोदावरी नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघ, नेपाल बीच संझौता भएको छ । केएर नेपालको श्रोत साझेदारीमा महासंघले यस अभ्यासमा प्रक्रिया सहजिकरण गर्ने छ । किसान परिचय पत्र वितरणका लागि गोदावरी नगरपालिको कार्यपालिकाबाट किसान परिचय पत्र वितरण एवम् सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ तर्जुमा गरेको छ । यस्तै वर्गिकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराउने…

Read More

काठमाडौं-‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको डलास शहरमा आयोजना हुने भएको छ। राजधानीमा एक कार्यक्रमका बीच सन् २०२२ जुलाई ३ तारिखमा अवार्ड आयोजना हुने जानकारी गराएको हो। ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ। नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन्। अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए। कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेन। अवार्ड…

Read More

काठमाडौं-वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व सुरु भएको छ। आज विहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको हो। फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ। रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ। तीन तले छत्र र त्यसमा रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरुले ठड्याएका थिए।वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको छ वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस…

Read More