कैलाली-कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्थान मिलाउन स्थानीय परिचयपत्र अभ्यासका लागि सम्झौता भएको छ।
सरकार संगको सहकार्यमा गोदावरी नगरपालिका र कैलाली भित्रका सबै घरधुरीको तथ्यांक संकलन व्यवस्थितीकरण गर्दै किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि सम्झौता भएको हो । गोदावरी नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघ, नेपाल बीच संझौता भएको छ ।
केएर नेपालको श्रोत साझेदारीमा महासंघले यस अभ्यासमा प्रक्रिया सहजिकरण गर्ने छ । किसान परिचय पत्र वितरणका लागि गोदावरी नगरपालिको कार्यपालिकाबाट किसान परिचय पत्र वितरण एवम् सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ तर्जुमा गरेको छ ।
यस्तै वर्गिकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराउने साथै नगरपालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई किसान परिचयपत्रको आधारमा ब्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने उदेश्यले कृष्णपुर नगरपालिका किसान परिचयपत्र वितरण अभ्यास सुरु गरेको छ ।
नागरिकको मौलिक हक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्य सम्बन्धी हकको सुनिश्चितता र समग्र किसानको सशक्तिकरण गर्दै कृषि प्रणाली तथा यसको मुल्य शृंखलामा सुशासन कायम गर्नस कृषि प्रणालीलाई दिगो पर्ने छ साथै यस क्षेत्रमा समता मुलक विकासको अभ्यास गर्नको लागि स्थानीय सरकारसंग मिलि महासंघले स्थानीय कृषि ऐन साथै किसान परिचयपत्रलाई अभियानको रुपमा अगाडिब ढाउँदै आएको कुरा महासंघका सुदूरपश्चिम अध्यक्ष प्रकाश थापाले बताए ।