धनगढीः डिभिजन वन कार्यालय बैतडीले यस वर्ष करिब डेढ लाख बिरुवा निःशुल्क वितरण गर्दैछ। यहाँको डिभिजन वन कार्यालय र सव डिभिजनहरू कार्यालयहरूमा गरेर जिल्लाका तीन स्थानमा नर्सरी स्थापना गरेर उत्पादन गरेका बिरुवा निःशुल्क वितरण गरिन लागिएका वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए। डिभिजन वन कार्यालयको नर्सरीमा ७० हजार,सव डिभिजन कार्यालय पाटनमा ४० र गोकुलेश्वरमा ३० हजार जडीबुटी र फलफूलका बिरुवा उत्पादन गरिएका हुन्। नर्सरीमा उत्पादित बिरुवाहरू किसानहरूलाई वृक्षारोपणका लागि निःशुल्क रुपमा वितरण गर्ने कार्य भइरहेको कँडेलले बताए। जडीबुटी र फलफूलका गरि विभिन्न १० प्रजातीका विरुवा उत्पादन गरि वितरणको कार्य थालिएको छ। नर्सरीमा रिठ्ठा,चाप, ओखर, श्रीखण्ड, खर्सु, लप्सी, डालेघाँस,…
Author: महेन्द्रनगर पोष्ट
न्युयाेर्क : संयुक्त राज्य अमेरिकाको लुजियानामा आयोजित एक ब्लक पार्टीमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित ६ जना घाइते भएका छन् । मङ्गलबार राति यहाँको श्रेभेपोर्ट क्षेत्रमा स्वतन्त्रता दिवस मनाउन भेला भएका मानिसहरु उक्त घटना भएको हो । श्रेभपोर्ट प्रहरीका प्रवक्ता सर्जेन्ट एन्जी विल्हाइटले मंगलबार राति मेलामा कम्तीमा १० जनामाथि गोली चलाउँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। प्रहरीले मृतकको नाम भने खुलाएको छैन र घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । घटनास्थलमा सवारीसाधनको भीड भएकाले घटनास्थलसम्म पुग्न समस्या भएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा प्रहरीले…
काठमाडौँ : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसद्को अवरोध लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत लगायतका नेताहरू छन् ।
नेपालगञ्ज: बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।
काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ। बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिन। २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए।
धनगढीः कैलालीका नन्दलाल रानालाई प्रादेशिक प्रतिभा पुरस्कार दिइने भएको छ। प्रेस चौतारी कैलालीका सह–सचिवसमेत रहेका राना नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गर्ने प्रादेशिक प्रतिभा पुरस्कार (संस्कृति विधा तर्फ) २०७९ मा छनोट भएका हुन्। संस्कृति विधामा पुगाएको योगदानको उचित मुल्यांकन गर्दै सुदूरपश्चिम प्रदेशबाट कैलालीका रानालाइ मन्त्रालयले छनोट गरेको छ।
धनगढी: आजभोलि बालबालिकाहरूले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ। अभिभावकहरूको लागि पनि बालबालिका भुल्काउने गतिलो माध्यम बनेको छ, मोबाइल। आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरू छन्। जसले गर्दा बालबालिकामा बिस्तारै मोबाइल खेलाउने एक प्रकारको लत नै बस्न थालेको छ। त्यही लतका कारण कैलालीमा एक बालकले ज्यानै गुमाउन पुगेका छन्। ती ९ वर्षका बालकले आफ्नो प्राण नै लिएका छन्। अस्ति साँझ गोदावरी नगरपालिका-७ हरैयाका भवन चौधरीका छोरा पुन्टुले आफ्नै ज्यान लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बुवाआमासँग मोबाइल माग्दा नदिएपछि उनले रिसको आवेगमा आफ्नै ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पुन्टुले आफ्नै एक…
धनगढीः यही असार ९ गते कैलालीको अत्तरियामा १८ वर्षीया किशोरी अस्मि मृत अवस्थामा फेला परेकी थिइन्। गोदावरी नगरपालिकास्थित आफ्नै घरमा अस्मी मृत अवस्थामा भेटिएकी हुन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको थियो। प्रहरीले अस्मीको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ वर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मीका आफन्तले शाही र अस्मीकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको थियो। तर, आफ्नो कोठामा बोलाएर बलात्कारको मतियार बन्ने साथी लक्ष्मी भने फरार थिइन्। आत्महत्या दुरुत्साहन मुद्दामा लक्ष्मी खडकालाई हिजो नेपालगन्जबाट पक्राउ गरिएको छ। उनलाई जिल्ला झिकाएर अनुसन्धान भइरहेको…
डोटी: डोटीको ऐतिहासिक बजारको सौन्दर्यता बढाउन घर घरमा गमला वितरण गरिएको छ। दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले एक घर दुई गमलाको अवधारण अनुसार फुल रोप्नको लागि गमला वितरण गरेको छ। इतिहास बोकेको सिलगढी बजारको सौन्दर्यता बढाउन घर घरमा गमला वितरण गएिको वडा अध्यक्ष नरेश मलासीले बताए। मंगलबार र बुधबार सिलगढीका सबै घरहरुमा गमला वितरण गरिएको अध्यक्षले बताए। सिलगढीका प्रत्येक घरमा गरेर जम्मा ७ सय गमला वितरण गरिएको छ। सिलगढी बजार क्षेत्रको सौन्दर्य बढाउन र हरियाली कायम राख्न बजार क्षेत्रका प्रत्येक घरधुरीलाई २/२ वटा प्लाष्टिकका गमला वितरण गरेको हो।
कञ्चनपुर: कञ्चनपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ आमखैया सडकमा बा ०१००२५ च ३६३४ नम्बरको जीपको ठक्करबाट साईकलयात्री कृष्णपुर नगरपालिका–१ का ५९ वर्षीय अमर साउँदको हिजो(बुधबार) मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई पदमा अस्पताल अत्तरीया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।