Author: महेन्द्रनगर पोष्ट

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो दिउँसो ३ बजेको समयमा नयाँ दिल्ली पुगे। उनले आज त्यहाँका पीएमसँग भेट पनि गरे। हिजै राति प्रधानमन्त्री दाहाल नेपाली राजदूत डा शंकर शर्माले राजदूतावासमा आयोजना गरेको स्वागत तथा रात्रिभोजमा सहभागी भएका थिए। यस्तै हिजै काठमाडौंबाट नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले साँझ साढे ६ बजे नयाँ दिल्ली पुगेको स्रोतको दाबी छ। पूर्वमन्त्री आले भिस्तारा एअरको उडान नम्बर युके १५६ मा काठमाडौंबाट साँझ सवा ५ बजे प्रस्थान गरेको बताइएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो । उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे । नेपालले उक्त परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्‍कन अध्ययन समेत सकिसकेको छ ।

Read More

अछामः अछाममा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–५ की ६२ वर्षीया पारुदेवी बुढाको भीरबाट लडेर मृत्यु भएको हो । बिहीबार बिहान सोही वडाको सिन्दुरे भन्ने भीरमा घाँस काट्ने क्रममा खसेर उनको मृत्यु भएको बताइएको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याइएका ३६ हजार मूल्यका माछा बरामद गरिएको छ । सो मूल्य बराबरका २५ किलोग्राम माछासहित भारतीय नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले बुधवार भारतबाट ल्याएका अवैध माछा बरामद गरेको थियो । बेवारीसे अवस्थामा फेला परेका मोटरसाइकल र माछा बरामद गरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ल्याइएको थियो । अवैध माछा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रहोबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Read More

कैलाली: कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-२ स्थित तेघरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री धनगढी उपमहानगरपालिका-१३ की अन्दाजी ५५ वर्षीया इश्वरा धामीको मृत्यु भएको हो । बुधबार राति से ४ प २५६२ नम्बरको मोटरसाइकलले पैदालयात्री धामीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मोटरसाइकल र चालक चुरे गाउँपालिका-३ का ठक्करबहादुर लामामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

महेन्द्रनगर: सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका महत्वपूर्ण आयोजना तथा कार्यक्रम समेटिएका छन् । कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने सरकारले बजेटमार्फत उक्त विषयलाई सम्बोधन गरेको छ । एकीकृत जाँचचौकी, सुक्खा बन्दरगाह, कन्टेर यार्ड निर्माण, प्रयोगशाला स्तरोन्नतिलगायत व्यापार पूर्वाधार निर्माण र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन भएको हो । डेढ दशकअघि प्रस्ताव भएको दोधारा चादँनी सुक्खा बन्दरगाहको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा समेत सुक्खा बन्दरगाह निर्माणका लागि भारतीय पक्षसित सम्झौता (एमओयु) मा हस्ताक्षर गर्ने एजेण्डा छ । सुक्खा बन्दरगाह निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) हालै…

Read More

कञ्चनपुरः कञ्चनपुरमा कोठा भाडामा बस्न आएका दुई जना भारतीय चोरी गरेर फरार भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका-४, गोबरीयाकी खगेश्वरी प्वालीको घरमा भाडामा बस्न आएका भारतीयले चोरी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरु दुई दिन अगाडि मात्रै प्वालीको घरमा कोठा भाडामा लिएर बसेका थिए । बुधवार राति उनीहरुले आफ्नो घरमा छोरा भएको भन्दै सबैलाई जुस खुवाएको र जुस खाएर सबैजना बेहोस भएका बताइएको छ । हिजो राति बेहोस भएका उक्त परिवारका सातै जनालाई महेन्द्रनगरस्थित महाकाली अस्पताल लगिएको प्रहरीले जनाएको छ । अहिले सबैजनालाई होस आइसकेको र ४ हजार नगदसहित १० आनाको सुनको तिलहरी चोरी भएको बताइएको कञ्चनपुर…

Read More

बझाङ: बझाङको सेती नदीमा एक पुरुषले हाम फाल्दा ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-४ का ४० वर्षीय कविराज खड्काको ज्यान गएको हो । उनले आज जयपृथ्वी-४ कै गोलाई र ९ देवल जोड्ने झुलङ्गे पुलबाट हाम फालेका थिए । उनको शव भेटिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Read More

धनगढी: धनगढीमा ४ लाख बढी मूल्यका साडी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका–२ रुबस चोक नजिक भारतबाट भन्सार छलेर ल्याइएका आठ सय २६ ओटा साडी बरामद गरिएको हो । अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउदले बताए। बरामद साडीको मूल्य ४ लाख १३ हजार रुपैयाँ रहेको उनको भनाई छ ।

Read More

काठमाडौँ: आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ०ले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी २३औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस आज मनाउन लागिएको हो । आम जनताले दूधको उपभोग…

Read More