कञ्चनपुरः कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याइएका ३६ हजार मूल्यका माछा बरामद गरिएको छ । सो मूल्य बराबरका २५ किलोग्राम माछासहित भारतीय नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले बुधवार भारतबाट ल्याएका अवैध माछा बरामद गरेको थियो ।
बेवारीसे अवस्थामा फेला परेका मोटरसाइकल र माछा बरामद गरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ल्याइएको थियो । अवैध माछा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रहोबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box