Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध छन् । कृषिबाटै जनजीविका चलाउँदै आएका उनको वर्षौंदेखिको दुःख यतिबेला हराएको छ । गाउँको भलमन्सा समेत रहेका किसान महतोलाई आफ्नोभन्दा बढी चिन्ता र चासो गाउँलेको हुन्थ्यो । सामुदायिक छाडा चौपायाका कारण लगाएको अन्न बाली बर्सेनि नष्ट हुनथालेपछि कुनै बेला उनी खेती गर्न छोड्ने मनस्थितिमा पुगेका थिए । नगरपालिकाले सामुदायिक छाडा चौपाया व्यवस्थापनमा सफल भएपछि महतो जस्ता कैयौँ किसानलाई राहत भएको छ । “केही वर्षदेखि सामुदायिक चौपायाका कारण रातदिन खेतमै बास बस्नुपर्ने बाध्यता थियो । यसवर्ष आनन्दले गहुँ खेती भित्र्याउन पाइयो”, उनी भन्छन्, “अरु काम कस्ता भए त्यो थाहा छैन । नगरपालिकाले…

Read More

धनगढी: हिजो राति कैलालीको धनगढीमा ‘ग्याङ्ग फाइट’  भएको थियो।  धनगढीको हसनपुर क्षेत्रस्थित बाल्मिकी इन्टरनेश्नल स्कुल अगाडि लफडा भएको हो। लफडा गर्ने एक युवक फरार भएका थिए। तर, एकजना भने पक्राउ परेका थिए। पक्राउ पर्नेमा धनगढी-५ का २३ वर्षीय कासीराम रावत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी खुकुरीसहित समातिएका थिए। स्रोतका अनुसार अरु ३/४ जना युवकलाई पनि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीले लफडा गर्नेहरुलाई समातेको हो। यस्तै फरार रहेका युवाको खोजी सुरु गरिएको प्रहरीले बताएको छ। ग्याङ्ग फाइटको कारण र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More

दार्चुला: दार्चुला सदरमुकाम खलंगास्थित बसपार्क नजिक बेहोस भएका एक पुरूष फेला परेका छन्। आज बिहान करिब ३ बजेको समयमा अन्दाजी ३५ वर्षका ती पुरूष फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उनको उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा पुगाएको थियो। उनको स्वास्थ अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने हुँदा उनलाई चिन्ने व्यक्तिले आफन्तलाई खबर गरी वा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अस्पताल दार्चुलामा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ। घाइते पुरूषको टाउकोमा गम्भीर चोट देखिन्छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

धनगढीः कैलालीको अत्तरिया नजिकै बस र कार आपसमा ठोकिएका छन्। जिल्लाको गोदावरी नगरपालिकाको खैराना पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा बस र कार आपसमा ठोकिएका हुन्। शनीबार राति पूर्वबाट पश्चिम आउँदै गरेको  ना ४ ख ७२६९ नम्बरको बस र सोही दिशा तिर आउदै गरेको बागमती प्रदेश ००१०२५ च ९३६७ नम्बरको कार ठोक्किएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। बसमा सवार धनगढीका ५४ वर्षीय खडक केसी घाइते भएका छन्। उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनापछि बस अनियन्त्रित भएर सडकबाहिर झाडीतिर गएको थियो। बसका चालक ३० वर्षीय राम निवास चौधरी फरार छन्। कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

डडेल्धुरा:  डडेल्धुराको डकलेमा बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले बोलपत्र आह्वान गरेको छ।जिल्ला सदरमुकाम बागबजारबाट पाँच किलोमिटरको दूरीमा व्यवस्थित बसपार्क बनाउनका लागि बोलपत्र आह्वान भएको हो। कार्यालय प्रमुख रमेश थिङका अनुसार १६ करोड ५० लाखको लागत इस्टिमेट तयार पारिएपछि ठेक्का आह्वान भएको हो। ‘बुहवर्षीय ठेक्कामार्फत डकले बसपार्क निर्माण गर्ने योजना रहेको छ। चालू आर्थिक वर्षका लागि ४ करोड २० लाख बजेट विनियोजन भएपछि बोलपत्र आह्वान गरेका छौं ’ उनले भने।

Read More

बैतडी: पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपीआरलाई अबको तीन महिनाभित्र अन्तिम रुपम दिने नेपाल र भारतबीच सहमति भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका समयमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर)लाई अन्तिम रुप दिनका लागि द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको हो।  पञ्चेश्वर आयोजना कार्यान्वयनका लागि दुवै देशले आवश्यक बित्तीय व्यवस्थाका साथै अन्य व्यवस्थापनहरु गर्ने सहमति भएको श्रोतले जनाएको छ। अबको एक बर्षभित्रै आयोजना कार्यान्यवनको ढाँचा टुंगो लगाउने सहमति समेत भएको जनाइएको छ।  महाकाली सन्धिमा परिकल्पना गरिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउनका लागि डिपीआरलाई अन्तिम रुपमा दिने र त्यसपछि दुवै देशका सम्बन्धित मन्त्रालयहरुले काम अघि बढाउने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सहसचिव…

Read More

धनगढी: कैलालीमा २ जना लागुऔषधसहित पक्राउ परेका छन्। हिजो(शनिबार) साँझ प्रहरीले कैलालीको धनगढी र टीकापुरमा ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट गोदावरी नगरपालिका–५ बस्ने १७ वर्षीय साजन जहेरुलाई शनिबार साँझ चार सय ९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै टीकापुर नगरपालिका–९ खक्रौला चेक पोष्टमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवकलाई पनि ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । कैलालीको जानकी गाउँपालिका–९ पूर्वीखैरीफाँटाका २५ वर्षीय सागर कडारालाई शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट नौ सय ४० मिलीग्राम ब्राउनसुगर फेला परेको प्रहरीले बताएको छ।

Read More

कैलाली: कैलालीको बर्दगोरियाको एक घरमा आगलागी हुँदा ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार राति बर्दगोरिया गाउँपालिका–१ का मन कामीको एकतले टिनले छाएको घरमा आगलागी भएको हो। पूजा गर्दा जलाएको दियोबाट आगो सल्किएर आगलागी हुँदा लत्ताकपडा, भाडाकुडालगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरस्थित पार्क चोकबाट प्रहरीले भन्सार छलीको सामानसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। शनिबार राति भन्सार छलेर ल्याउँदै गरेको खुर्सानी, गाजर, लौकीसहित प्रहरीले दोधाराचाँदनी नगरपालिका– ७ बस्ने ३१ वर्षीय गोविन्द चन्द र एकजना अर्का व्यक्तिलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरुले चलाइरहेको से ४ प ६९३२ र से २ प ९९३५ नम्बरका दुईवटा मोटरसाईकल पनि नियन्त्रणमा लिइएको छ । दुवैजनालाई भन्सार कार्यालय बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: ब्राउनसुगरको ठूलो मात्रासहित प्रहरीले कैलालीको धनगढीका तीनजनालाई पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० दिपघाटबाट धनगढी उपमहानगरपालिका–११ का २५ वर्षीय पदमबहादुर बोहरा र ३२ वर्षीय कृष्णा राना तथा धनगदी उपमहानगरपालिका–६ बिजुलियाका ४५ वर्षीय भानु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीनैजना से४प ३९७६ नम्बरको मोटरसाईकलमा सवार रहेको र चेकजाँच गर्दा उनीहरुबाट १० ग्राम आठ सय ४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उक्त विषयमा ईलाका प्रहरी कार्यालय बेलडाँडीले थप अनुसन्धान गरिरहेको छ।

Read More