Author: महेन्द्रनगर पोष्ट

कैलाली-युवा पत्रकारिता पुरस्कारबाट धनगढीका पत्रकार सीताराम ओझा सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले आइतवार आज कार्यक्रमका बिच युवा पत्रकारिता पुरस्कारबाट ओझासहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको हो। ओझासँगै वसन्ती बास्तोला, पूर्णबहादुर खड्का र केशवबहादुर भुल पनि युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सम्मानित सञ्चारकर्मीहरूलाई ५० हजार नगद रुपैयाँसहित सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।

Read More

कैलाली-अत्तरिया -धनगढी–छ लेन सडकमा खण्डमा अटोरीक्सा दुर्घटना परेकोे छ। गोदावरी नगरपालिकाको गेटाको वन कार्यालय अगाडि अटो दुर्घटना भएको हो। से १ घर १९५३ नम्बरको अटो सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले बताइएको छ । यस्तै दुर्घटनामा दुइ यात्रु घाइते भएको जनाइएको छ। प्रहरीका अनुसार घाइतेहरुको अवस्था मध्यम रहेको जनाइएको छ ।

Read More

रसुवा-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्दै यसका विरुद्धमा छारिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय कार्यकर्तालाई आग्रह गरेका छन्। रसुवाको दक्षिणी भेग पारच्याङमा नेपाली कांग्रेसको बागमती प्रदेश (क) द्वारा आयोजित भेलामा उनले भने, “देशमा विद्युत्, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै छैन, यस्ता भ्रमको पछि नलागौँ।” नेकां नेता आचार्यले अब यो परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनुपर्नेमा पनि जोड दिए।मुलुकमा विद्युत् तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पु¥याउने भएकाले यसकाविरुद्धका प्रचार तथा नकारात्मक टीका…

Read More

काठमाडौ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १०१.०७ अङ्कले बढेर दुई हजार ६६७.९७ मा पुगेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार ३.९४ प्रतिशत बराबरको वृद्धि भएको हो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.३७ अङ्कले उकालो लागेर ५०९.९० मा पुगेको छ। नेप्सेमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्यमात्रामा वृद्धि भएन। कूल २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर रु चार अर्ब ८७ करोड सात लाख १५ हजार ३८७ मूल्यमा खरिद बिक्री भए।नेप्सेका अनुसार कारोबार भएका…

Read More

काठमाडौं -प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा बढुवा भएका सहायक रथी प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन । प्रधानसेनापति शर्माले आइतबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच अधिकारीलाई उपरथी दर्जाकाे दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। नेपाल सरकारकाे फाल्गुण २६ गते बसेको मन्त्रीपरिषद् बैठकले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथी दर्जामा पदोनन्ती गरेको थियो। उपरथी दर्जामा पदोनन्ती अधिकारीलाई राष्ट्रिय निकुञ्‍ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्ति गरिएकाे छ।

Read More

कैलाली-कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। मतगणनाअनुसार अध्यक्षका उम्मेदवार देवबहादुर बमले अग्रता बढाउदै लगेका छन्।६ हजार मतगणना हुँदा बमले ३ हजार ५९ मत पाएका छन्। अध्यक्षका अर्का उम्मेदवार रतनबहादुर कठायतले २ हजार ३७६ मत पाएका छन्। सहकारीको नयाँ नेतृत्व चयनका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि शनिबार मतदान भएको थियो।निर्वाचन समितिका अनुसार नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो। सहकारीको नेतृत्वको लागि कठायत र बमको नेतृत्वमा दुई प्यान चुनावी मैदानमा उत्रिएका थिए।कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र…

Read More

कैलाली-सुदूरपश्चिम प्रदेशमा आइतवार कोरोना संक्रमितको संख्या शुन्य देखिएको छ। पछिल्लो २४ घण्टामा ९४२ नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। निर्देशनालयका अनुसार सोही अवधिमा दुई जना कोरोनामुक्त भएका छन्। हाल सम्म प्रदेशमा कोरोनाका कारण ६३३ जनाको ज्यान गएको छ।

Read More

काठमाडौं – डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

Read More

काठमाडौं – नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार भन्दा कम पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा १९२ जना कोरोनामुक्त भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ जना पुगेको हो । त्यस्तै नेपालमा थप ६५ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ७९४७ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १९२ कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै देशभर थप ८८ हजार ४८८ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोनाका कारण कसैको…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए । ‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह । त्यसैले नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आवश्यक छ ।’ संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले जनाए । जनतालाई सुशासनको प्रत्याभूती गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए । ‘अस्तव्यस्थ सहरीकरणले गर्दा सहर कुरुप बन्दै…

Read More