Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा बस र ट्रक ठोक्किएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएका प्रहरीले बताएको छ । दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको कैलाली प्रहरीले जनाएको छ । घाइतेहरुलाई सुखडस्थित घोडाघोडी अस्पताल पठाइँदैछ । दुर्घटनाको कारण, गाडीको नम्बर र घाइतेको संख्या बारेमा विवरण खुलिसकेको छैन ।

Read More

धनगढीः कैलालीमा एक पुरुष जंगलमा मृत भेटिएका छन् । प्रहरीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका–४ का ५२ वर्षीय भिगुराम चौधरी मृत फेला परेका हुन् । शुक्रवार विहान ४० वर्षीय रामदयाल थारु, ४० वर्षीय भागीराम थारु, ५५ वर्षीय केशबहादुर थारु र ५२ वर्षीय भिगुराम चौधरी दाउरा काट्न पूर्णिमा सामुदायिक वनमा गएका थिए । भिगुराम घर नफर्केको खबर पाएपछि खोजी थालेको प्रहरीले उनलाई पूर्णिमा सामुदायिक वनमा मृत फेला पारेको हो । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

बाजुरा: बाजुरामा चट्याङ लागेर चार भैँसी मरेका छन् । जिल्लाको बडीमालिका नगरपालिका-७ मा शुक्रवार राति चट्याङ लागेर ४ भैँसी र एक गाई मरेका छन् । स्थानीय प्रेम खत्री, सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एक/एक भैँसी मरेका हुन् भने खडकलाल जैशीको एक गाई मरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

Read More

टोकियो: जापानको नागोयामा एक नेपाली विद्यार्थीको निधन भएको छ । ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको हृदयघातबाट निधन भएको हो । लिम्बुको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीले जानकारी दिए । उनी ४ महिनाअघि मात्रै जापान आएका बताइएको छ ।

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै प्रश्न गरेका छन्। शनिवार सुर्खेत पुगेका चौधरीले विमानस्थलमा आफूलाई गरिएको स्वागतपछि यस्तो प्रश्न गरेका हुन् । उनले आफूलाई विमानस्थलमा यस्तो स्वागत होला भनेर नसोचेको बताउँदै भने, ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला ?’

Read More

बैतडी: बैतडीको पुर्चाैँडी नगपालिकामा सशस्त्र प्रहरीको सुरक्षा बेश क्याम्प स्थापना गरिने भएको छ । नगरपालिकाको केन्द्र हाटमा क्याम्प स्थापना गरिने भएको हो । गृह मन्त्रालयले अनुमति दिइसकेको र सशस्त्र प्रहरीको विभागबाट पनि अनुमति पाए छिट्टै सुरक्षा बेश क्याम्प स्थापना हुने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बेश क्याम्प स्थापना गर्न लागिएको हो ।

Read More

काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, काँग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ की हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो।, नेता थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरेर नयाँ सरकार…

Read More

धनगढीः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई धनगढीको सीपी अस्पतालले साथ दिएकोछ। असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा सिपी अस्पतालले साथ दिएको हो। सीपी अस्पताल अवार्डको हस्पिटल पार्टनरको रुपमा अवार्डमा जोडिएको हो। सीपी अस्पतालका अध्यक्ष सिपी पाण्डेय र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको तर्फबाट उपाध्यक्ष दिनेश बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे। सिपी अस्पतालमा स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, युरो सर्जरी, जनरल मेडिसिन, अर्थोपेडिक, गाईने, रेडियोलोजी र फिजियोथेरापी सेवाहरु दैनिक संचालनमा रहेका छन्। आगामी दिनहरुमा पनि अस्पताल थप अत्याधुनिक सुविधा सहित नयां विभागहरु विस्तार गर्ने योजनामा रहेको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाहरुको मनोनयन…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) सागर सम्शेर जबरा अस्ति असार ७ गते सम्मानित भए। उनी २०७९ सालको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ दी ईयर) घोषित भएका थिए। आफ्नो जिम्मेवारी त्रुटिरहीत तरिकाले निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको थियो। यस्तै, मातहातका क्षेत्रहरुमा पनि अप्रिय घटनाको अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरेको भन्दै उनले स्याबासी पाएका थिए। बाराका एसपी होबिन्द्र बोगटीले उनलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेका थिए। तर त्यो सम्मान ग्रहण गरेको भोलिपल्ट नै उनी कारबाहीमा परेका छन्। हिजोमात्रै मधेस प्रदेशमा लामो समयदेखि कार्यरत घुमुवा प्रहरीहरूलाई पहाडी जिल्लामा खटाईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसमा ती…

Read More

बर्दिया: बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Read More