Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : राष्ट्रिय अनुसन्धान विभागले आफ्नै तालिम केन्द्र बनाउने तयारी गरेको छ । हालसम्म विभागका कर्मचारीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा तालिम दिइँदै आएको थियो । हालै आफ्नै तालिम केन्द्र बनाउनका लागि विभागले कागेश्वरी मनोहरा नगरपालिकामा ३५ रोपनी जग्गा प्राप्त गरेको छ । सरकारी स्वामित्वमा रहेको जग्गा विभागको नाममा आएको हो । तालिम केन्द्रको डीपीआर बनाउने र पर्खाल लगाउनका लागि दुई करोड रुपैयाँभन्दा बढी बजेट समेत छुट्टिएको स्रोतको भनाइ छ । एक अधिकारीका अनुसार पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभागमा अधिकारीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको छ । त्यसअनुसार अहिले आतङ्कवाद, राष्ट्रिय सुरक्षा लगायतका विषयमा तालिमहरू पनि सञ्चालन भइरहेको…

Read More

धनगढी: धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ । यसअघि सुदूरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको थियो । चौथो संस्करणको एसपिए सुदुरपश्चिम स्पोर्टस अवार्डको सारथी अस्पताल बर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारात्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका…

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयमा गर्मी बिदा दिएको छ ।गर्मी अत्यधिक बढेपछि भोलि जेठ २६ गतेदेखि ३० गतेसम्म ५ दिन विद्यालयहरुमा बिदा दिइएको हो । हाल बढिरहेको अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुँदा वर्षे बिदाबाट मिलान हुने गरी सो अवधिमा विद्यालय बन्द गर्न पालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई पत्राचार गरिएको जनाइएको छ ।

Read More

बैतडी: विद्यालय कर्मचारीहरुको आन्दोलनमा नेपाल शिक्षक संघ बैतडीले पनि ऐक्यबद्धता जनाएको छ । नेपाल शिक्षक संघ बैतडीले विज्ञप्ती निकालेर विद्यालय कर्मचारीहरुको आन्दोलनमा आफूहरुको साथ रहेको जनाएको हो । यही जेठ २१ गतेदेखि बैतडीका विद्यालय कर्मचारीहरु आन्दोलनमा छन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने लगायतका कुराहरु गरेको भएपनि बजेटबाट त्यो कुरा सम्बोधन नगरेकाले विद्यालय कर्मचारीहरु देशैभरी आन्दोलनमा उत्रेका छन् । शिक्षक संघ बैतडीले विद्यालय कर्मचारीका जायज मागहरु सरकारले पूरा गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ । देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ ।काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामासमेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । साथै पहाडी भूभागका उपत्यका तथा खोँचमासमेत तापक्रम क्रमिकरुपमा बढ्नसक्ने सम्भावना रहेकाले…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् । मेयर शाह यतिबेला भारत भ्रमणमा छन् ।

Read More

नवलपुर: तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ । यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ…, बचाउ…’ उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन् । बग्दै गरेको मान्छेले डोरी समातेपछि तानेर उसलाई डुब्नबाट बचाएर सकुसल उद्धार गरिन्छ । यो घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा बुधबार आपतकालिन उद्धारका लागि गरिएको नमुना अभ्यासको दृश्य हो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोरसहित सुरक्षाकर्मीले समुदायका बासिन्दालाई नदीमा बगेको तथा डुबेको अवस्थामा उद्धार गर्ने तरिकाबारे सिकाइरहेका थिए । बन्द कोठामा सैद्धान्तिक…

Read More

धनगढीः कैलालीका एक नेताले अर्काकी श्रीमती भगाएर लगेका छन् । नेपाली कांग्रेस (विपी) कैलाली क्षेत्र नम्बर ५ को (२) बाट २०७९ मंसिरमाको चुनावका उम्मेदवार दीपकराज खैरले अर्काकी श्रीमती भगाएका हुन् । उनी आफ्ना चार छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका छन् । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका खैरले दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्रीलाई भगाए भारतको बैंगलोर गएका हुन् । उनकी श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमानविरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छन् । दैलेख घर भएकी गङ्गा क्षेत्री दुई सन्तान छोडेर खैरसँग भागेको जानकी खैरले बताइन् ।

Read More

डडेल्धुरा: पाटन संयुक्त क्याम्पसले डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले स्नातक नगरेको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रमाणपत्र सत्यापन पठाउँदै सिंहले स्नातक नगरेको उल्लेख गरेको हो । अस्पताल विकास समितिको अध्यक्ष बन्नका लागि स्नातक तह उत्तिर्ण हुनुपर्ने व्यवस्था छ । केही दिनअघि अस्पतालमा आयोजित कार्यक्रममा भने अध्यक्ष सिंहले आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली नभएको दाबी गरेका थिए ।यस्तै, अध्यक्ष सिंहले पदबाट राजीनामा दिने भएका छन् । सिंहले भने अस्पताल प्रशासनमा काम गर्ने वातावरण नहुनु, मेसु चेतराज भट्टको कार्यशैलीले तनाव दिएको तथा अस्पतालका पूर्व अध्यक्ष करुणाकर ओझाले आफ्नो चरित्र हत्या गर्ने विभिन्न षड्यन्त्र रच्नुबाट आजित भएर राजीनामा दिन…

Read More

डडेल्धुरा: डडेल्धुराका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । आफ्ना माग सरकारले सुनुवाइ नगरेको भन्दै उनीहरुले बिहीवार शिक्षा समन्वय इकाई डडेल्धुरामा धर्ना पनि दिएका छन् । नेपाल विद्यालय कर्मचारी युनियन डडेल्धुराका सदस्य नरेश ऐरले सरकारको नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रम बजेटमा नपरेकोले आन्दोलनमा उत्रिन बाध्य भएको बताए । माग सुनुवाइ नभए असार २ गतेदेखि विद्यालय ठप्प पार्ने चेतावनीसमेत कर्मचारीहरुले दिएका छन् । विद्यालय कर्मचारीहरूले सहायक लेखापालहरूका लागि ३४ हजा सात सय ३० तलब र दुई हजार महंगी भत्तासहित ३६ हजार सात सय ३० र विद्यालय सहयोगीहरूका लागि २४ हजार दुई सय १० तलब तथा दुई हजार महंगी भत्ता…

Read More