Author: महेन्द्रनगर पोष्ट

चितवन: चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो । यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमा समेत रोक लगाइएको निकुञ्ज प्रशासनले जारी गरेको सूचनमा उल्लेख छ । अर्को सूचना जारी नहुँदासम्मका लागि सफारीमा रोक लगाइएको हो । वर्षात् सुरु भएसँगै निकुञ्ज र नदीमा हुने पर्यटकीय गतिविधिमा रोक लगाइएको हो । मध्यवर्ती सामुदायिक वनतर्फ हुने गतिविधिमा भने मध्यवर्ती व्यवस्थापन समितिले निर्णय गर्ने उनले…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अजहा) २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य भएको उल्लेख गरेका छन् । बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री प्रचण्डले यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान…

Read More

धनगढीः धनगढीमा प्रहरीले ब्रोइलर कुखुरासहित भन्सार छलीका सामान फेला पारेको छ । धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा भन्सार छलीका ब्रोइलर कुखुरासहित काइयो, कपुर लगायका सामान प्रहरीले फेला पारेको हो । अन्दाजी १० हजार मूल्य बराबरका ब्रोइलर कुखुरासहितका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन् । भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ । रासस

Read More

धनगढी: जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा कैलाली बहुमुखी क्याम्पसमा वृक्षारोपण गरिएको छ ।अनेरास्ववियु प्रदेश कमिटीको आयोजना र क्याम्पस कमिटीको व्यवस्थापनमा धनगढीस्थित उक्त क्याम्पसमा वृक्षारोपण गरिएको हो । अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष गोविन्द गिरी, केन्द्रीय सचिव प्रदेश इन्चार्ज दीपक धामी, प्रदेश अध्यक्ष मनोज राई लगायतका अनेरास्ववियुका नेता कार्यकर्ताको सहभागितामा वृक्षारोपण गरिएको छ ।

Read More

बैतडी: बैतडीमा पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । जिल्लाको पाटन नगरपालिका-८ ज्यापुमा गएराति पहिरो खस्दा यातायात सेवा बन्द भएको थियो । वर्षाका कारण सडक माथिबाट पहिरो खसेको थियो । सडकमा खसेको पहिरो जेसीबीले पन्छ्याइएको र बिहादेखि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

कैलाली कैलालीको गौरीगंगा नगरपालिका-५ अण्डैया, राइत टोलका ५७ वर्षीय कमान सिंह बोगटी मृत फेला परेका छन् । उनी आफ्नै घरमा मृत फेला परेका हुन् । उनी आज आफ्नो कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । भगवान् विष्णु शयन हुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।…

Read More

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने बताएका छन्। बिहीवार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखी अध्यक्ष थापाले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताएका हुन्। ‘समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ’, उनले लेखेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।

Read More

बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागी ४४ करोड ४९ लाख २९ हजार २ सय ५७ रुपियाँको बजेट ल्याएको छ। नगर उपप्रमुख रामबहादुर बोहोराले आगामी आर्थिक बजेट प्रस्तुत गर्नु भएको थियो। आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर प्रमुख जनककुमार बोहोराले १३ वटा क्षेत्रलाई बिशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई बिशेष प्राथमिकतामा राख्दै बुढीनन्दा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। आर्थिक वर्षमा नगरपालिकाले शिक्षा क्षेत्रमा रहेको बिद्यमान समस्याहरुको समाधान गरी शिक्षा क्षेत्रमा आमूल परिर्वतन गर्न र गुणस्तरीय तथा व्यावसायीक शिक्षा प्रदान गर्नको लागी दिर्धकालीन, मध्यकालीन र…

Read More