Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा:  केआइसिंह राजमार्ग दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ। डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवास्थित पहिरो रोकथाम तथा सडक स्तरोन्नतिको कार्य सञ्चालन हुने हुँदा एक हप्ता सडक अवरुद्ध हुने भएको छ। सडक डिभिजन कार्यालय कुलपाते डोटीका अनुसार यही जेठ ३० गतेदेखि असार ४ गतेसम्म बिहानको ११ बजेदेखि दिउँसोको ३ बजेसम्म सडक पूर्णरूपमा अवरुद्ध हुनेछ। सडक डिभिजन कुलपातेले सडक अवरुद्ध भएको बेला वैकल्पिक बाटोको प्रयोग गर्न यात्रुलाई अनुरोध गरेको छ। २०७८ कार्तिक महिनामा परेको अविरल वर्षाका कारण पहिरो खस्दा रडुवामा सडक भासिएको थियो। सडक भासिँदा एक साता अवरुद्ध भएको राजमार्ग त्यसयता पटक-पटक पहिरो खस्दा अवरुद्ध हुँदै आएको थियो।

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीमा आगलागी हुँदा ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ। सोमबार राति बेलडाँडी गाउँपालिका–१ सिद्दचोकका रुद्र चन्दको भान्सा घरमा खाना पकाउँदा आगलागी भएको हो। आगलागीबाट खाद्यान्न, भाँडाबर्तन जलेका प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…

Read More

कैलालीः कैलालीमा भन्सार छली गरि ल्याइएको ट्याक्टरको ट्राली बरामद गरिएको छ। जिल्लाको भजनी नगरपालिका–५ पगियाप्रसार बाट भन्सार छलीगरि ल्याइएको अनुमानित चार लाख बराबरको ट्याक्टरको नयाँ ट्राली ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी पक्राउ गरेको हो। बरामद गरेको ट्राली भन्सार कार्यलय पठाएका प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : स्वास्थ्यमा थप समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल डिस्चार्ज भएकी छन् । नर्भिक अस्पतालबाट एमआरआई गरेपछि अहिले सीतालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फिर्ता लगिएको अस्पताल स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा।डा।युवराज शर्मा तथा नर्भिक हस्पिटलका वरिष्ठ डाक्टरहरुले सीताको स्वास्थ्य जाँच गरेको जनाइएको छ । त्यसक्रममा प्रधानमन्त्रीले समेत नियमित स्वास्थ्य जाँच गराएका थिए। पीएसपी नामक रोगका कारण लामो समयदेखि थलिउकी सीता दाहाललाई अचेत अवस्थामै प्रधानमन्त्री निवासमै सामान्य उपचार गरिँदै आएकोमा आज अकस्मात पिसाबमा समस्या देखिएको बताइएको छ ।

Read More

महेन्द्रनगर : ककञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा तरकारी र फलफूल व्यवसायमा संलग्न राज गुप्ताको गोली हानि हत्या गरिएको घटनाको अवस्था अझै अद्ज्ञात रहेको छ । गत बिहीबार भारत उत्तरप्रदेशको बरेलीस्थित अग्रसेन नगर कलोनीमा उनको हत्या गरिएपनि प्रहरीले अझै घटनामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन। बाबु भनिने राज गुप्ताको टाउकोमा नजिकबाट केहीँ गोली प्रहार गरिएको थियो। गोलीले उनको टाउको क्षतविक्षत भएको थियो। उनी महेन्द्रनगरको गल्ली नं। ४ स्थित घटाल फ्रुट सेन्टरका सञ्चालक भुरा गुप्तासँग फलफूल र शम्भु साहसँग मिलेर तरकारी व्यवसायमा संलग्न रहेको खुलेको छ। अग्रसेन नगर कलोनीमा रहेको आफ्नै घरमा राजको गोली हानेर हत्या गरिएको भारतीय प्रहरीले जनाएको छ। राजका बुवा शिवओम…

Read More

मकवानपुर : कांग्रेस महामन्त्री गगन थापाले एमालेमा ज्ञान लिन केपी ओली र नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा भगवान (रवि लामिछाने) मात्रै भएको टिप्पणी गरेका छन् । मकवानपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेससँग ज्ञान लिन थुप्रै ठाउँ भए पनि एमाले र रास्वपामा त्यस्तो नभएको बताए ।‘एमालेको कार्यकर्तालाई समस्या भयो भने बालकोट जान्छ । किनकी ज्ञान दिन केपी बा हुनुहुन्छ । अरु ठाउँ छैन’ गगनले भने, ‘नयाँ पार्टीमा मान्छे छैन, भगवान छ । कार्यकर्ताले भगवानलाई सोध्नुपर्छ । के गर्ने होला भगवानले भन्छन् ।’ तर कांग्रेसमा ज्ञान लिन, प्रश्नको उत्तर खोज्न तल्लो तहका कार्यकर्ता…

Read More

धनगढी: कञ्चनपुरमा एक वडा सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका-९ कि वडा सदस्यसमेत रहेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार एमालेबाट निर्वाचित वडा सदस्य घुम्नीदेवी प्रहरी नियन्त्रणमा छिन्। पर-पुरुषसंग भागेर पोइल गएकी उनलाई आफन्तले खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो। उनी एक साता अगाडि बाँकेका एक युवकसित भागेर गएकी थिइन्। बाँके प्रहरीसंगको समन्वयमा उनलाई नियन्त्रणमा लिइएको झलारी प्रहरीले जनाएको छ। उनलाई भगाउने मान्छेले प्रहरीसमक्ष बुझाउन भने अर्कै व्यक्तिलाई पठाएका थिए। अब घटनामा दुवै पक्षलाई राखेर मंगलबार छलफल गरिने बताइएको छ। ती महिलाका श्रीमानले बुझ्न नमानेपछि घुम्नीदेवीलाई अहिले सेफहाउसमा राखिएको छ।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालय, नक्सालले संगठनप्रति नकारात्मक सन्देश र टीकाटिप्पणी प्रवाह गर्ने गरी फेसबुक, ट्विटर, भाइबर, ह्वाट्स एपसहितका विभिन्न सामाजिक सञ्जाल नचलाउन सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ । फेसबुकमा भिडियो पोष्ट गर्ने, टिकटक बनाउने ट्वीटरमा जथाभाबी कमेन्ट गर्ने लगायतका कार्यहरू गरेपछि यी गतिविधि रोक्न प्रहरी मुख्यालयले मातहतका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको हो सोमबार प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले प्रहरी कार्यरत रहने सबै कार्यालयहरूमा परिपत्र गर्दै सबै प्रहरी कार्यालयलाई यो निर्देशन दिएका हुन् । सूचनामा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने अचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीत यी कार्यहरू पुनरावृत्ति भए वा गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई…

Read More

धनगढीः  नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज तथा माओवादी सुदूरपश्चिमका दलका नेता खगराज भट्टले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुने बताएका छन्। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिममा आन्दोलन भइरहेका बेला  पत्रकार सम्मेलन गर्दै सोमवार माओवादी दलका नेतासमेत रहेका भट्टले पार्टीको धारणा सार्वजनिक गरेका हुन्। गेटामा विश्वविद्यालय स्थापना हुनुपर्ने पक्षमा माओवादी केन्द्र रहेको उनको दाबी छ। ‘बजेटमा त्रुटि भएको छ,त्यो त्रुटिलाई हामीले सच्याएर  स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नै स्थापना हुनुपर्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरेका छौँ,’ उनले भने, ‘गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्छ। सबैले ढुक्क भए हुन्छ।’ प्रधानमन्त्रीले विश्वविद्यालय सञ्चालका लागि प्रक्रिया थालिएको बताएको नेता भट्टले…

Read More