काठमाडौं : स्वास्थ्यमा थप समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल डिस्चार्ज भएकी छन् ।
नर्भिक अस्पतालबाट एमआरआई गरेपछि अहिले सीतालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फिर्ता लगिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा।डा।युवराज शर्मा तथा नर्भिक हस्पिटलका वरिष्ठ डाक्टरहरुले सीताको स्वास्थ्य जाँच गरेको जनाइएको छ । त्यसक्रममा प्रधानमन्त्रीले समेत नियमित स्वास्थ्य जाँच गराएका थिए।
पीएसपी नामक रोगका कारण लामो समयदेखि थलिउकी सीता दाहाललाई अचेत अवस्थामै प्रधानमन्त्री निवासमै सामान्य उपचार गरिँदै आएकोमा आज अकस्मात पिसाबमा समस्या देखिएको बताइएको छ ।
Facebook Comments Box