Author: महेन्द्रनगर पोष्ट

सप्तरी — सप्तरीको टेंगरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवको घर अगाडि राखिएको रुखको पातबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका छन् ।

Read More

सप्तरी – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ मा रहेको टेङ्ग्री टोलमा भीषण आगलागी भएको छ । गएराति लागेको आगलागीबाट २५ वटा घरमा क्षति पुगेको छ । स्थानीय दिनेश यादवको घरबाट सल्किएको आगोले दिनेशसहित छिमेकमा रहेका २५ वटा घरमासमेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीकाअनुसार आगलागीबाट दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । गएराति लागेको आगो बिहान ३ बजेतिर निभाइएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

Read More

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसले आजदेखि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुभारम्भ गर्दैछ। स्थानीय तहको निर्वाचनको तयारीका लागि केन्द्रीय प्रतिनिधि जिल्लामा परिचालन गरेर कांग्रेसले एक महिने अभियानको प्रारम्भ आतइबार गर्न लागेको हो। सबै जिल्लामा एकै दिन एकै समयमा दिउँसो १ बजे एकसाथ जिल्लास्तरीय रूपमा उद्घाटन समारोह हुने सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उद्घाटन समारोहमार्फत अभियानको उद्देश्य, समयावधि र कार्यक्रमको स्वरूपबारे जानकारी गराइने छ। समारोहमा वडा तहमा खटिएका प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ र स्थानीय स्थिति र आवश्यकताअनुरूपको सङ्ख्यामा प्रतिनिधि टोली जिल्ला समितिको निर्णयअनुरूप वडामा खटिने बताइएको छ। जिल्लास्तरीय उद्घाटन समारोहपश्चात् सम्पूर्ण कार्यक्रम स्थानीय तह, त्यसमा पनि मूलतः वडा र टोल केन्द्रीत हुनेछन्।…

Read More

सिन्धुपाल्चोक- नेपाली कांगेस सिन्धुपाल्चोकमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ । शनिबार राति भएकाे मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेकाे हाे । पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३ (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो । अब जंगबहादुर र वंशलालबीच दाेस्राे चरणमा प्रतिस्पर्धा हुने भएकाे छ । प्रेमध्वज बाहिरिएका छन् । कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताइएको छ। जसपा संघीय परिषद्को पहिलो बैठक हिजो (शनिवार) सम्पन्न भएको थियो । सो बैठकमा परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदन सर्वसम्मतिले पास भएको छ । सोही राजनीतिक प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिने जसपाका नेता विश्व दीप पाण्डेले बताए । बैठकमा कार्यकारिणी समितिको विस्तार, कार्य विभाजन, नेतृत्व प्रणालीको बारेमा छलफल हुने बताइएको छ । शनिवारको संघीय परिषद्को…

Read More

दमक-झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। राजवंशीलाई शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेऊबाट चार ग्राम ब्राउनसुगरसहित र सार्कीलाई सोही दिन अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले घरमै दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनाउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाँजासहित पक्राउ जलेश्वर– महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो…

Read More

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रकाश सुपतको ‘पीर’गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको टिप्पणी गरेका छन् । माओवादी निकटस्थहरुले तिखो टिप्पणी गरिरहेका बेला भट्टराईले यस गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेको बरु क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’ गत शुक्रबार सार्वजनिक…

Read More

काठमाडौं- रुसी फैजले युक्रेनी सहर मेलिटोपोलका मेयर अपहरण गरेको छ। मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ। स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्दै गालिना ड्यानिलचेन्कोले अब आफ्नो मुख्य काम नगरका सञ्चालनका लागि नयाँ संयन्त्र तयार गर्नुरहेको बताएको बीबीसीले जनाएको छ। उनले आफू नागरिकका प्रतिनिधिहरु सम्मिलित नयाँ संयन्त्र बनाउन लागेको भन्दै चरमपन्थी काममा भाग नलिन आग्रह गरेका छन्। रूसी फौजले मेयरको अपहरण गरेको विरोधमा युक्रेनको दक्षिणपूर्वी सहर मेलिटोपोलमा सयौँले प्रदर्शन गरेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रुस ‘आतङ्कको नयाँ चरणमा’ अघि बढेको आरोप लगाएका छन्। यसैबीच रुसी सेनाले युक्रेनको…

Read More

संखुवासभा -वडाध्यक्ष र मालपोतका कर्मचारीको मिलेमतोमा २७ रोपनी जग्गा हडपेको आरोपमा संखुवासभा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।संखुवासभाको भोटखोला गाउँपालिकामा किर्ते कागज गरेर जग्गा जालसाजी गरेको आरोपमा वडाध्यक्ष र मालपोतका नायव सुब्बा सहित ७ जनालाई पक्राउ गरेको हो।  भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेका थिए। वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित ७ जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो। जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका सात जनालाई शनिवार जिल्ला प्रहरी कार्यालय संखुवासभाले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा…

Read More

कैलाली-धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा १७ हजार ८० मत खसेको छ। निर्वाचन समितिका अनुसार २९ हजार ५७७ जना मतदाता रहेकोमामा १७ हजार ८० मत खसेको हो। विहान ८ बजेदेखि साँझसम्म मतदान भएको थियो। नवजीवनको नेतृत्वका लागि रतनबहादुर कठायत र देवबहादुर बमको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा छन्। कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर, गणेश बम, गोपाल चौधरी र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्। उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज…

Read More