काठमाडौं- रुसी फैजले युक्रेनी सहर मेलिटोपोलका मेयर अपहरण गरेको छ। मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ।
स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्दै गालिना ड्यानिलचेन्कोले अब आफ्नो मुख्य काम नगरका सञ्चालनका लागि नयाँ संयन्त्र तयार गर्नुरहेको बताएको बीबीसीले जनाएको छ।
उनले आफू नागरिकका प्रतिनिधिहरु सम्मिलित नयाँ संयन्त्र बनाउन लागेको भन्दै चरमपन्थी काममा भाग नलिन आग्रह गरेका छन्।
रूसी फौजले मेयरको अपहरण गरेको विरोधमा युक्रेनको दक्षिणपूर्वी सहर मेलिटोपोलमा सयौँले प्रदर्शन गरेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रुस ‘आतङ्कको नयाँ चरणमा’ अघि बढेको आरोप लगाएका छन्।
यसैबीच रुसी सेनाले युक्रेनको राजधानी किभलाई घेराबन्दीमा पारेका छन् । २५ किलोमिटर भन्दा नजिकबाट रुसी सेनाहरुले सानो सानो समूह बनाएर किएभलाई घेरा हालेर आक्रमण गरिरहेको जनाइको छ ।
राष्ट्रपति जेलेन्स्कीले रुसको आक्रमणबाट अहिलेसम्म एक हजार तीन सय युक्रेनी सेनाको ज्यान गएको जानकारी दिएका छन् । जेलेन्स्कीलेले पत्रकार सम्मेलन गरेर झण्डै ६ सय रुसी सेनाले आत्मसमर्पण गरेको पनि दाबी गरेका छन्।