कैलाली-धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा १७ हजार ८० मत खसेको छ। निर्वाचन समितिका अनुसार २९ हजार ५७७ जना मतदाता रहेकोमामा १७ हजार ८० मत खसेको हो। विहान ८ बजेदेखि साँझसम्म मतदान भएको थियो।
नवजीवनको नेतृत्वका लागि रतनबहादुर कठायत र देवबहादुर बमको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा छन्। कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर, गणेश बम, गोपाल चौधरी र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्।
उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार छन्।
बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, शिवकुमार जोशी फुलारा, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट उम्मेदवार छन्।
बमको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्। नवजीवन सहकारी २०५० सालमा स्थापना भएको थियो।