Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको वेदकोट नगरपालिका–७ का २३ वर्षीय किरण जोशी पक्राउ परेका हुन् । उनलाई भीमदत्त नगरपालिका–४ बसपार्क नजिकैको एक रेष्टुरेन्टबाट ६५० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More

धनगढीः निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरस्थित जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडकमा पहिरो खस्दा आइतवार रातिदेखि सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । त्यस्तै, सुर्नया–८ ढोल्यामोडस्थित सडकमा पनि पहिरो खसेको छ । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका यातायात सेवा प्रभावित बन्दा यात्रु बीच बाटोमै अलपत्र परेका बताइएको छ । पहिरो पन्छ्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र पूर्ण रुपमा पहिरो पन्छ्याउन समय लाग्ने देखिएको प्रहरीले बताएको छ ।

Read More

पाल्पा: जिल्लाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ। तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई नगद ५ हजार प्रोत्साहन भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । वडामा जनसंख्या वृद्धि गर्नका लागि पनि यो नीति लिएको उनले बताए । २ भन्दामाथि जति सन्तान जन्माए पनि जन्म दर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ । गाउँमा जनसंख्या घट्दै जाँदा काम गर्ने जनशक्तिको अभाव हुन थालेको र कृषि गर्ने मानिसको अभावमा खेतबारी बाँझिनुका साथै यहाँका नागरिक भोकै मर्नुपर्ने अवस्था सिर्जना हुँदै गएकाले जनसंख्या वृद्धि गर्न खोजिएको बताइएको छ। त्यस्तै, गाउँका विद्यालय रित्तिँदै गएको…

Read More

काठमाडौँ: पूर्व युवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा वृक्षारोपण गर्ने कार्यक्रम छ । ललितपुरको दुर्गम कोञ्ज्योसोम गाउँपालिकास्थित दलचोकीमा वृक्षारोपण कार्यक्रम राखिएको छ । पूर्वराजा शाहको शुभ जन्मोत्सवको उपलक्ष्यमा हिमानी कोषकी अध्यक्ष हिमानीले बिहान ९ बजे चेरी ब्लोसमको पाँच सय बिरुवा रोप्ने जानकारी दिइएको छ । पूर्वराजाको जन्मदिन असार २३ गते पर्दछ । यो वर्ष ७७औँ जन्मोत्सव मनाउन लागिएको छ ।

Read More

धनगढीः कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ विशालनगरका हर्कबहादुर सिम्सेली आइतवार पक्राउ परेका हुन् । कैलाली जिल्ला अदालतले २०७६ पुष ८ गते उनलाई ११ हजार ६८० रुपैयाँ जरीवाना तोकेको थियो । जरीवाना नतिरी फरार रहेका उनलाई हिजो पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली अदालतमा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

Read More

काठमाडौँ: साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ । एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएका उनको उपचारको क्रममा अमेरिकी समयअनुसार आइतबार विहान ३ बजे मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । झापाको मेचीनगर वडा नम्बर ६ काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । उनका छोराका अनुसार ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएका साहित्यकार खरेलको पछिल्लो समय भेन्टिलेटरमा राखेर टेक्सासको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो । उनका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी नाटक लगायतका थुप्रै कृति प्रकाशित छन् । उनका कृतिहरू विजयका निबन्ध (निबन्ध, २०६४),क्षितिजवारि क्षितिजपारि (काब्य, २०६५), बाटुली (बिज्ञान काब्य, २०६६),…

Read More

धनगढी: कैलालीमा ट्रक र कार ठोक्किएरका छन् । जिल्लाको गोदावरी नगरपालिका–४ बुढितोलामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ६ ख ६३९३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको युपी १८ जे ९४५६ भारतीय नम्बरको ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक रुपन्देही सियारी गाउँपालिका–१ का ४० वर्षीय सुवासप्रसाद नेपाली र कार चालक भारत अबजारगडका २३ वर्षीय मोहम्मद सलमान घाइते भएका प्रहरीले बताएको छ । उनीहरुलाई पद्मा अस्पताल अत्तरिया पठाइएको छ । कारमा चालकसहित ६ जना सवार रहेका बताइएको छ । दुबै सवारीसाधन र ट्रक चालकलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

कञ्चनपुर: शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान गरेको हो । नगरपालिकाका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने तीन बजार वन समिति, झलारी र कलुवापुर क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएका छन् । बजार क्षेत्रमा हुने चोरी, लुटपाट, अन्य अपराधिक क्रियाकलाप, बढ्दै गएको सडक दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक समस्या समाधान गर्ने उद्देश्यले क्यामेरा जडानको कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । उनका अनुसार सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रको पहिचान गरी क्यामेरा जडानको कार्य गरिएको छ । कलुवापुर…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् । पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । कोइरालाले मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए । रासस

Read More

कैलाली: एमाले नेता स्वर्गीय मदन भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा आयोजना गरेको फुटसल प्रतियोगितामा प्रेस चौतारी नेपाल विजयी भएको छ । आज बिहान डल्लुज फुटसलमा नेपाल पत्रकार महासंघ र प्रेस चौतारी बिच भएको प्रतियोगितामा प्रेस चौतारी ७र३ गोल अन्तरले विजयी भएको हो । प्रेस चौतारीबाट दिलबहादुर छत्याल र शिवराज भट्टले २र२ गोल गरेका थिए । गोविन्द रोस्यारा र दिनेश विष्टले १र१ गोल गरेका थिए । १ गोल आत्माघाती भएको थियो । उता पत्रकार महासंघबाट दीपक उपाध्याय, शङ्कर बोहरा र टंक कुवरले १र१ गोल गरेका थिए । प्रतियोगितामा प्रेस चौतारीका भानुभक्त आचार्य उत्कृष्ट खेलाडी भए । विजेताहरूलाई धनगढी उपमहानगरपालिकी उपप्रमुख कन्दकला…

Read More