Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेपाल सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन्।

Read More

बैतडी: बैतडीमा एक महिला डेढ तोला सुन लगेर बेपत्ता भएको भन्दै ससुरा प्रहरी गुहार्न पुगेका छन्। जिल्लाको पुर्चौडी  नगरपालिका-  ६ रपनाका बिमल धानुककी श्रीमती डम्बरा धामी धानुक अस्तिदेखि बेपत्ता भएकी हुन्। बुहारी १० गते  रातिदेखि  सम्पर्कविहिन भएको उनका ससुरा जनक बहादुर धानुकले जानकारी दिए।  डेढ तोला सुन लगेर बुहारी सम्पर्क विहिन भएकी उनले  बताए। राति  खाना खाएर सुतेकी बुहारी  विहान नभेटिएकी उनको  भनाई  छ। माइती घरमा सम्पर्क गर्दा बुहारी त्यहाँ नआएको बताइएको उनले जानकारी दिए। छोरा भारत भएका बेला बुहारी सुनसहित लत्ताकपडा लगेर सम्पर्कविहिन भएपछि समस्या भएको ससुराले बताए। उनले खोजीका लागि  ढोल्यामोड प्रहरीचौकीमा  निवदेन समेत दिएका छन्।

Read More

बैतडी: लामो समयदेखि दार्चुलाको गोकुलेश्वरको फोहोर नउठेपछि स्थानीय आक्रोशित बनेका छन्। पटकपटक आग्रह गर्दा पनि  बजारको फोहोर व्यवस्थापन नभएपछि आक्रोशित  स्थानीयले  शैल्यशिखर नगरपालिकाको परिसरमा फोहोर फालिदिएका छन्।  गोकुलेश्वर बजार क्षेत्रमा थुप्रिएको फोहोर आफैले सङ्कलन गरी नगरपालिकाका परिसरमा फालेको स्थानीयले जानकारी बताए। स्थानीय तथा व्यापारीहरुले नगरप्रमुखको कार्यालय छेउमा नै लगेर फोहोर फालेका हुन्। शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर बजारबाट निस्किने फोहोर  विगत लामो समयदेखि उठेको  छैन। फोहोरको उचित व्यवस्थापन नगरिदा  बजार क्षेत्र दुर्गन्धित बनेको  छ।  

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा चित्त नबुझेको भन्दै नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित ६ सांसदले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन्। बजेट पारित गर्न नदिने भन्दै मेघराज खड्का,प्रकाश बम, बहादुर सिंह थापा, मानबहादुर रावल, दिवानसिंह विष्ट र शिवराज भट्ट हिजो देउवा निवास पुगेका हुन्। उनीहरूले देउवालाई बजेट सबैभन्दा खराब आएको र त्यसलाई पारित गर्न आफुहरुलाई दबाब नदिन आग्रह गरेका थिए। उनीहरुको गुनासो सुनेपछि देउवाले बजेट उपयुक्त नरहेको र पूरक बजेट ल्याउन निर्देशन दिने आश्वासन दिएका थिए। त्यसपछि ६ जना खुसी भएर फर्किएका छन्। सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री छन्। काङ्ग्रेसकै प्रकाश देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन्।…

Read More

कञ्चनपुर: कञ्चनपुरका विभिन्न पालिकामा लामो समयदेखि अवैधरुपमा औषधी पसल  सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले हिजो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।  दोधारा चाँदनी नगरपालिकामा अवैधरुपमा औषधी पसल  सञ्चालन गर्ने नौ तथा भीमदत्त नगरपालिका–९ ब्रहमदेव र भीमदत्त–१३ साझा चौराहमा सञ्चालन गर्दै आएका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक कमल थापाले प्रहरीको विशेष खोजअनुसन्धान टोलीले अनाधिकृत रुपमा औषधी पसल सञ्चालन गरी जनताको स्वास्थ्य माथि खेलवाड गर्ने र स्वास्थ्यमा जोखिम पर्ने खालका औषधी बिक्री वितरण गर्दै आएका भारतीय नागरिकलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको जानकारी दिए। “बिनाअनुमती यहाँ आएर चिकित्सक…

Read More

काठमाडौं: शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारी संस्थाको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माले ४३ वटा कम्पनीमा लगानी गरेको पाइएको छ। उनले शिवशिखरको १० अर्ब ७७ करोड र तुलसी सहकारीको १ अर्ब २४ करोड रुपैयाँ निक्षेपलाई अपचलन गरेको पाइएको हो।  भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका उनले निक्षेपकर्ताको रकम अपचलन गरेर ८ अर्ब रुपैयाँ नेपालबाहिर लगेको समेत पाइएको छ। उनले भारतमा मात्रै ६ अर्ब लगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले जानकारी दिएको छ। सीआइबीले शर्मालाई पक्राउ गरेपछि उनको शिवशिखर अर्गनाइजेसन भारत भन्ने संस्था रहेको समेत खुलेको हो। बचतकर्ताले आफ्नो बचत फिर्ताको…

Read More

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली  रही कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  …

Read More

कञ्चनपुर : कञ्चनपुरमा एक लाख ४७ हजार चार सय ५३ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जेठ अन्तिम साता सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० हजार बढी बालबालिकाले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयले छ महिनादेखि १५ वर्षमुनिका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए । “हामीले राखेको लक्ष्यभन्दा धेरै बढी बालबालिकालाई खोप लागएका छौं”, उनले भने, “अहिले पनि छुटेका केही बालबालिकालाई खोप लगाइराखेका छौं।” उनका अनुसार छ महिनादेखि पाँच वर्षमुनिका ३९ हजार तीन सय ९३ र पाँच वर्षदेखि १५ वर्षमुनिका एक लाख आठ हजार…

Read More

धनगढी : पोखरा यूनिभरसिटी बाट सम्बन्ध प्राप्त धनगढीको नेपाल वस्टर्न एकेडेमीले बिभिन्न क्षेत्रमा ‘एनडब्लुए’ बृहत छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । आज (मंगलवार) धनगढीमा पत्रकार सम्मेलन गर्दै संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत छात्रवृत्ति कार्यक्रम ल्याएको गरेको हो । एनडब्लुए खुल्ला छात्रवृति रहेको छ जसमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ९ जना बिद्यार्थीले पाउने छन भने छात्रवृत्तिका लागी परीक्षा लिईने जानाईएको छ । एनडब्लुए जनजाती छात्रवृत्तिमा एक जना, एनडब्लुए मधेसी कोटामा एक जना, एनडब्लुए गरिब कोटामा एक जना, एनडब्लुए दलित कोटामा एक जना र एनडब्लुए खेलकुद कोटामा एक जना रहने छन । जनताजाती,मधेसी,गरिब र पिछडीएको कोटाको लागी जिल्ला प्रशासन तथा आफ्नो स्थानिय तह…

Read More

काठमाडौं : प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् । नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ मागेको र बेहुलीलाई गालीसमेत गरेको प्रहरीले जनाएको छ।

Read More