Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडामा सडक अवरुद्ध पारिएको छ। सोमबार डिभिजन वन कार्यालयले सो क्षेत्रमा सुकुम्बासीले अतिक्रमण गरेर निर्माण गरेर निर्माण गरेका टहरा भत्काएपछि उनीहरुले सो क्षेत्रमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्। घर टहरा भत्काएपछि आफुहरुको जाने ठाउँ कहिँ नभएकोमा व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्।

Read More

धनगढी: अयोग्य लडाकुलाई २ लाख दिने सरकारी निर्णय फिर्ताको माग गर्दै एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल कैलालीले धनगढीमा प्रदर्शन गरेको छ । धनगढीस्थित जिल्ला प्रशासन कार्यालय अघि प्रदर्शन गर्दै राष्ट्रिय युवा संघ नेपाल कैलालीले अयोग्य लडाकुलाई रकम दिने तयारीका साथ सरकारले गरेको निर्णय फिर्ताको माग गरिएको हो। देशमा आर्थिक अवस्था जटिल बन्दै गइरहेका सरकारको उक्ता निर्णय देश थप संंकटमा पर्ने भन्दै तत्काल निर्णय फिर्ता लिन राष्ट्रिय युवा संघले माग गरेको छ। जिल्ला प्रशासन कार्यालय अघि राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष लक्ष्मण थापाले सरकार तत्काल उक्त निर्णयबाट पछि नहटे सशक्त आन्दोलन सुरु हुने चेतावनी दिएका थिए।

Read More

काठमाडौं: अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनको निलम्बनमा परेका छन्। क्लबको अनुमतिबिना एसियाली मुलुक साउदी अरेबियाको भ्रमण गरेपछि पीएसजीले उनलाई दुई साताका लागि निलम्बन गरेको हो। फ्रान्सेली लिग वनमा पीएसजी र लोरेन्टबीच भएको खेलमा लोरेन्टलाई पीएसजीले ३-१ गोलले पराजित गरेको थियो। उक्त खेलपछि मेस्सी परिवारसहित साउदी अरेबियाको राजधानी रियाद भ्रमणमा गएका थिए। तर भ्रमणबारे उनले क्लबलाई जानकारी गराएनन्। निलम्बनपछि अब दुई सातासम्म उनलाई पीएसजीको क्लबमा प्रवेश दिइने छैन। यस बीच उनी क्लबले दिएका सुबिधाबाट वञ्चित हुनेछन्। निलम्बनमा परेपछि ट्रोयस र अजाकियोमध्ये एक सँगको खेल उनले गुमाउने सम्भावना छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको दक्षिणी क्षेत्रमा क्यामरा जडान गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पचुईँ क्षेत्रमा बाघको निगरानीका लागि ६ वटा स्वचालित क्यामरा जडान गरिएको हो। नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिन थालेपछि क्यामरा जडान गरिएको छ।  स्थानीयमा बाघको त्रास रहेका बेला राष्ट्रिय प्राकृतिक सरक्षण कोष, शुक्लाफाटा राष्ट्रिय निकुञ्जको सहयोगमा डिभिजन वन कार्यालय कञ्चनपुरले सीमा क्षेत्रमा ६ वटा क्यामरा जडान गरेको हो। सीमा क्षेत्रमा बाघबाट थप घटना नघटोस भन्ने उदेश्यले ६ वटा स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले बताएको छ। वैशाख ८ गते सोही क्षेत्रमा  घाँस काट्न गएकी बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईकी गंगा चन्दको बाघको आक्रमणबाट…

Read More

डोटी: भीमदत्त राजमार्ग भएर डोटीको सिलगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ। बुडरबाट जन्ती बोकेर गइरहेको सु प्र प्र ००१ ख २५७९ नम्बरको बस जोरायल गाउँपालिका-२ मा दुर्घटनामा परेको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार नालीमा छिरेको बसमा सवार सबै सुरक्षित रहेका छन्।

Read More

दार्चुला: मंगलबार दार्चुलाको हिमपहिरोमा परि बेपत्ता भएकाहरुको पहिचान खुलेको छ। जिल्लाको व्याँस गाउँपालिका–१ भोलिङ भन्ने स्थानमा हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका छन्।  बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका ४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ वर्षीया ईश्वरी थापा र सोही ठाउँका १५ वर्षीया छिम्मी थापा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।  उनका अनुसार यार्सा संकलनका लागि १२ जनाको समूहमा रहेका मध्ये ७ जनाको सकुशल उद्धार गरेर ल्याइसकिएको छ। १२ जना मध्ये ५ जना तल फर्कने क्रममा हिमपहिरोमा…

Read More

बझाङः बझाङमा यार्सागुम्बा टिप्न गएका पुरुषको मृत्यु भएको छ। यार्सागुम्बा संकलन गर्नका लागि हिमाली भागतिर गएका उनको घर फर्कने क्रममा ज्यान गएको हो। जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर-४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहोरोको मंगलबार चिसोले कठ्यांग्रिएर र बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन्। बोहरा यार्सागुम्बा संकलन गर्न चुफी वनतिर गएका थिए। चुफी वनमा मंगलबार हिमपात परेको बेला घर फर्किदै गर्दा तितापानी भन्ने स्थानमा चिसोले कठ्यांग्रीएर बोहराको ज्यान गएको स्थानीएले बताएका छन्। स्थानीहरु बोहराको शव ल्याउन तितापानी जाने तयारी भइरहेको बताए।

Read More

काठमाडौं: लोकसेवा आयोगले डाटा रिकभर नहुने यकिन नभएको भन्दै केही विज्ञापनमा पुनः दरखास्त आह्वान गरेको छ। पहिला नै दरखास्त दिइसकेकाहरूका लागि आयोगले पुनः आवेदन दिन आग्रह गरेको हो। पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाइसकेका उमेदवारहरूले मात्रै आवेदन दिनसक्नेछन्। दरखास्त विवरण अध्यावधिक गर्ने प्रयोजनका लागि मात्र आवेदन माग गरिएको आयोगले स्पष्ट पारेको छ।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।  गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।  आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहने छ। देशका पहाडी भू-भागमा  चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

Read More

धनगढीः कञ्चनपुरमा प्रहरीले नाबालिकामाथि जर्बजस्ती करणी गर्न खोजेको आरोपमा एक जना सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ। सोमबार प्रहरीले भीमदत्त नगरपालिका–९ ब्रम्हदेव घर भएका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई पक्राउ गरेको हो। अमरसिंहविरुद्ध जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए। बुढा झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत थिए। बुवा बिरामी भएको बहाना बनाएर उनी १५ दिनको घर विदामा आएका थिए। आइतबार मध्यरातमा मदिरा सेवन गरी बुढा १५ वर्षीया नाबालिक सुतेको घरमा जर्बजस्ती प्रवेश गरेका थिए। ती नाबालिक कराएपछि घरका अन्य सदस्य र छिमेकीले थाहा पाएको प्रहरीले जनाएको छ। बुढा मोबाइलसहित…

Read More