काठमाडौं: अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनको निलम्बनमा परेका छन्।
क्लबको अनुमतिबिना एसियाली मुलुक साउदी अरेबियाको भ्रमण गरेपछि पीएसजीले उनलाई दुई साताका लागि निलम्बन गरेको हो।
फ्रान्सेली लिग वनमा पीएसजी र लोरेन्टबीच भएको खेलमा लोरेन्टलाई पीएसजीले ३-१ गोलले पराजित गरेको थियो। उक्त खेलपछि मेस्सी परिवारसहित साउदी अरेबियाको राजधानी रियाद भ्रमणमा गएका थिए। तर भ्रमणबारे उनले क्लबलाई जानकारी गराएनन्।
निलम्बनपछि अब दुई सातासम्म उनलाई पीएसजीको क्लबमा प्रवेश दिइने छैन। यस बीच उनी क्लबले दिएका सुबिधाबाट वञ्चित हुनेछन्।
निलम्बनमा परेपछि ट्रोयस र अजाकियोमध्ये एक सँगको खेल उनले गुमाउने सम्भावना छ।
Facebook Comments Box