Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष समिक बडाल न्यूयोर्क उडेका छन्। उनी उता उडेपछि अहिले संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गोविन्द गिरीले पाएका छन्। अध्यक्ष समिक बडाल संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने सम्मिट अफ द फ्युचर एक्सन डे कार्यक्रममा सहभागी हुन गएपछि गिरीले कावा जिम्मेवारी पाएका हुन्। विधानको धारा ११ (२) को ख अनुसार कार्यसम्पादनका लागि संगठनको विधानको धारा ३१ (ज) बमोजिम असोज २ गतेबाट लागू हुने गरी जिम्मेवारी दिइएको बडालले जनाएका छन्। अध्यक्ष बडाल नफकिँदासम्म गिरीले कार्यवाहक जिम्मेवारी सम्हाल्नेछन्।

Read More

धनगढी: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता अचेत अवस्थामा फेला परेका छन्। बैतडीबाट धनगढी आएका विद्यार्थी नेता अचेत भेटिएका हुन्। उनी अखिल क्रान्तिकारी सुदूरपश्चिमको दोस्रो प्रदेश सम्मेलनमा आएका थिए। प्रदेश सम्मेलनमा प्रतिनिधिका रुपमा आएका बैतडीको पुर्चौडी नगरपालिकाका गणेश बम बिहीबार धनगढीस्थित रातो पुलमुनी बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि कैलाली प्रहरीले अखिल क्रान्तिकारी बैतडीका पूर्व अध्यक्ष समेत रहेका उनलाई उपचारका लागि अस्पतालमा लगिएको थियो। प्रहरीले बमलाई बेहोस अवस्थामा फेला पारेर उपचारका लागि निसर्ग अस्पताल धनगढीमा भर्ना गरेको छ। अहिले पनि उनी अचेत नै रहेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार क्रान्तिकारीको प्रदेश सम्मेलन सकिएपछि बम अन्य दुई जना नेतासँग बुधबार राति…

Read More

धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक बिककाे उनकै बहिनी नाता पर्ने १४ वर्षीया किशोरीसँग माया बस्याे। दाजुबहिनीबीचको प्रेम सम्बन्धबारे परिवारले २०८० को फागुनमा थाहा पाए। त्यो बेला किशोरीको पेटमा ३ महिनाको गर्भ थियो। दाजुबहिनीको अनुचित सम्बन्धलाई लिएर उनीहरुको परिवारमा तनाव सिर्जना भएको थियो। परिवारले आफूहरुलाई छुट्याउन थालेको थाहा पाएपछि उनीहरु भागेर भारत जान्छन्। केही समय उतै बसेपछि परिवारका सदस्यहरुले उनीहरुलाई बिहे गरिदिने भन्दै फकाएर नेपाल ल्याउँछन्। त्यसपछि मुद्दा उनीहरू नेपाल पुगेपछि परिवार भने आफ्नो बाचाबाट पछाडी हट्छ। दिपकविरुद्ध किशाेरीलाई बलात्कार गरेको र हाडनाता करणीको आरोपमा ईप्रका सुखडमा मुद्दा दर्ता गरिन्छ। भने, किशाेरीकाे गर्भपतन गराइन्छ। त्यसपछि पक्राउ परेका दिपक दिपकलाई …

Read More

काठमाडौं: आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतसहित राजदूतमा सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो। संवैधानिक परिषद्ले भदौ ३१ मा नेपालको प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्का फरक-फरक बैठकले यादवलाई अस्ट्रेलिया र लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो। यादव कांग्रेसकी नेता तथा पूर्वउपसभामुख हुन् भने लम्साल परराष्ट्र मन्त्रालयकी सचिव हुन्।

Read More

काठमाडौं: दरबारमार्गमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का समर्थकमाथि कुटपिट भएको छ। दरबारमार्गमा सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा मेयर बालेनको पक्षमा नारा लगाएपछि युवाहरुको समूहले कुटपिट गरेको हो। ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेका थिए। कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन। संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन्।

Read More

काठमाडौं: संविधान दिवसको अवसरमा अहिले दरबारमार्गस्थित नारायणहिटी गेटमा ‘नेशनल डे कन्सर्ट’ सुरु हुँदैछ। त्यहाँ लफडा हुने देखिएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।  कन्सर्टमा सहभागी हुने विशिष्ट व्यक्ति, कलाकार र सर्वसाधारणको सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्रका करिब चार हजार फौज सडकमा तैनाथ गरिएको छ। काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले सादा पोशाकका सुरक्षाकर्मी पनि खटाइएको जानकारी दिए।  संविधानविरोधी शक्तिहरु कन्सर्ट बिथोल्ने योजनामा रहेको सुईंको पाएपछि प्रहरीले हिजैदेखि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको बताइन्छ। अपरान्ह ४ बजेबाट शुरु हुने कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थहरु सहभागी हुँदैछन्। कन्सर्टमा गायक प्रमोद खरेल, सुगम पोखरेल, कुन्ति मोक्तान,…

Read More

धनगढी : देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ। बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो। कैलाली प्रहरीका अनुसार भदौ ३१ गते राति हायसले ठक्कर दिदा घाइते भएका उनको बिहिवार दिउसो निधन भएको हो। धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले उनलाई ठक्कर दिएको थियो। उनको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन्। बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त कर्मचारी पनि हुन्।

Read More

काठमाडौं: सुदूरपश्चिममै पहिलो पटक गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ। बुधवारबाट अस्पतालमा स्तन क्यान्सरको परीक्षण अर्थात् म्यामोग्राफी सेवा सुरू भएको हो। बुधवार अस्पतालमा म्यामोग्राफी मसिन जडान भएसँगै स्तन क्यान्सरको परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ। स्तन क्यान्सरको परीक्षण र उपचार गेटा अस्पतालमा सुरू भएसँगै सुदूरपश्चिमका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। अस्पतालमा अत्याधुनिक उपकरण जडान गरेर परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले हप्तामा २ दिन स्तनक्यान्सरको जाँच सेवा सुरु भएको जानकारी दिए। उनले कार्तिकदेखि पूर्णरुपमा सेवा सञ्चालनमा आउने बताए।

Read More

काठमाडौं: भारतीय सांसदले नेपाली टोपी लगाएपछि चर्चाको विषय बनेको छ। सुदूरपश्चिम नेपालको छिमेकी भारतीय प्रान्त उत्तराखण्डका एक सांसदले नेपाली टोपी लगाएको विषयले चर्चा पाएको हो। हिजोमात्रै भारतीय जनता पार्टीका पूर्व प्रदेश अध्यक्ष, पूर्व केन्द्रीय राज्यमन्त्री तथा नैनीताल लोकसभा निर्वाचन क्षेत्रका सांसद अजय भट्ट टनकपुरमा आएका थिए। सो क्रममा स्थानीयले उनलाई नेपाली झण्डा अंकित टोपी लगाइदिएका थिए। नेपाल र भारतको सीमा समेत रहेको टनकपुरमा उनलाई पुष्पगुच्छाले स्वागत गरिएको थियो। त्यहाँ उनले नेपाली टोपी लगाएको सवालले नेपालमा पनि चर्चा पाएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीका डिआईजी लालमणी आचार्यलाई मालदार प्रदेशको कमाण्ड दिइएपछि विरोध भएको छ। प्रहरीभित्र कमजोर कमाण्ड भएकालाई गृहमन्त्री रमेश लेखकले सेटिङमा मधेस पठाएको भन्दै विरोध सुरु भएको हो। केही समय अगाडि गृहमन्त्री लेखकले आचार्यलाई मधेस प्रदेशको कमाण्ड दिएर पठाएका थिए। जबकी त्यसभन्दा अगाडि उनै आचार्य कर्णाली प्रदेशमा रहँदा कमजोर कार्यसम्पादन भएको भन्दै उनी तानिएका थिए। उनलाई अहिले मधेस प्रदेशको जिम्मेवारी दिएपछि प्रश्न उठेको हो। गत पुसमा कर्णाली पुगेका उनी केही महिनामै फिर्ता भएका थिए। त्यसबेला उनलाई त्यहाँबाट ल्याएर नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सरुवा गरिएकोमा अहिले मधेस पठाइएको हो। उसो त डिआइजी आचार्यले लगातार तीन कमाण्ड पाएका छन्। जबकी त्यो प्रहरी…

Read More