Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उनकाअनुसार महिलाको बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो । बुढाका परिवारले उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान जारी छ । मृतक बुढाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन् ।

Read More

खप्तड : प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आजदेखि सुरु भएको उक्त सम्मेलन तीन दिनसम्म चल्नेछ । उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गरेका छन् । उक्त सम्मेलनको उद्घाटन समारोहमा योगगुरु रामदेवको पनि उपस्थिति रहेको थियो । त्यसका साथै आचार्य बालकृष्णका साथै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, नेकपा एसका नेता झलनाथ खनाललगायतका उच्च पदस्यहरुको उपस्थिति रहेको थियो ।

Read More

काठमाडौँ : नेकपा (एमाले) ले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाएको छ। एमालेको जेठ १९ गते बसेको सचिवालय बैठकले दसौँ महाधिवेशनको विधान सम्मेलनले पारित गरेको कार्यकारिणी कमिटीमा लाग्ने उमेर हद हटाउने निर्णय गरेको हो। एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ। त्यस्तै, ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान राखिएको छ। त्यसलाई हटाउने र पारित गर्न विधान महाधिवेशनमा प्रस्ताव लैजाने निर्णय भएको एक पदाधिकारीले…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रको प्रवर्द्धनका विशेष संयन्त्र बनाइने बताएका छन् । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मङ्गलवार उद्घाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तडलाई खप्तड विकास प्रतिष्ठान वा खप्तड विकास कोषको रूपमा विकास गरिने प्रधानमन्त्रीको भनाई छ । प्रकृतिले दिएको स्वर्गलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका भारतका प्रसिद्ध योगगुरु बाबा रामदेवसमक्ष खप्तडको विकासका लागि आवश्यक सहयोगको अपिलसमेत गरेका छन् ।

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद भनाइप्रति प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै मन्त्री साउदले भारतले संसद भवनमा राखेको नक्सामा नेपालको लुम्बिनी समावेश गरेको नेपाल सरकारलाई थाहा नभएको बताएका थिए । सांसद साउदको सो भनाईलाई लिएर सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भने– ‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो । रिपोर्टरले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईँको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदै छ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो । हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्‍याउँदा पनि…

Read More

धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। आज बिहान टीकापुर नगरपालिका–८ कालीमाटी र भजनी नगरपालिका–७ चर्रा चोकमा भारतबाट भन्सार छलिगरि ल्याएका सुर्ती, सलाई, गुट्खा, बिडी, पलाष्टीक, बिडी, जुत्ता, चप्पल बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। इलाका प्रहरी कार्यालय टिकापुर र भजनीबाट खटिएको संयुक्त प्रहरी टोलीले ८९ हजार बराबरको उक्त सामान बेवारीसे अवस्थामा फेलापारि बरामद गरेको जनाएको छ। उक्त सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सत्तीमा बुझाईएको प्रहरीले बताएको छ।

Read More

धनगढी : कैलालीमा अवैध कुखुरा बरामद गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका –४ बाट भारतबाट भन्सार छलीगरि ल्याइएका १३ सय किलोग्राम चार लाख ३८ हजार मुल्य बराबरका कुखुरा बरामद गरेको अस्थाई प्रहरी पोष्ट खानीडाँडाका प्रहरी सहायक निरीक्षक प्रेम कुमार शाहले जानकारी दिए । बरामद गरेका कुखुरा, गाडी र चालकलाई कारबाहीका लागि भन्सार कार्यलय कैलाली पठाइएको कैलाली प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : अर्थ मन्त्रालयले प्रदेशमा समायोजन भई स्तर वृद्धि हुने कर्मचारीको सेवा सुविधा सम्बन्धी सबै खर्च प्रदेश सरकारले नै गर्नुपर्ने सुझाएको छ । १२ जेठमा अर्थ मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै प्रदेशले नै व्यहोर्नु पर्ने राय परामर्श गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मागेको जवाफ पठाउँदै अर्थ मन्त्रालयले समायोजन भएर जाने कर्मचारीको सुविधाको जिम्मा सम्बन्धित प्रदेश सरकारलाई दिएको हो। ‘प्रदेशमा समायोजन भई स्तर वृद्धि हुने कर्मचारीको सेवा, सुविधा तथा निवृत्तिभरण सम्बन्धी व्यवस्था सरकारी सेवाको लागि निजामती सेवा ऐन मार्गदर्शक ऐनले व्यवस्था नगरेको हुँदा प्रदेश सरकारबाटै व्यहोर्न उपयुक्त हुने राय/परामर्श लेखी पठाउने मिति २०८० जेठ १० (सचिवस्तर) को…

Read More

परासी : नवलपरासीको रामग्राम नगरपालिका-१४ पर्सावलकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्। आफ्ना भारतीय साथीको सहयोगमा हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ। मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरिएका खाँको शव प्रहरीले भोलिपल्ट बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए। हत्या गर्न सहयोग गर्ने भारतनीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ। उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए। आफ्ना क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको डीएसपी पाण्डेले बताए। हत्यापछि दुवै जना मिलेर शवलाई नजिकै…

Read More

जनकपुरधाम : तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरधाममा युवाहरुले विरोध प्रर्दशन गरेका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेसंगै नागरिकता बनाउन पुगेका युवालाई तत्कालका लागि नबन्ने जानकारी जिल्ला प्रशासन कार्यालयले गराएपछि युवाहरु आक्रोशित भएका हुन् । आईतबार बिहानैदेखि नागरिकता बनाउन पुगेका युवाहरुलाई बेलुकीसम्म कुराएर नागरिकता नबन्ने भनिएको भन्दै उनीहरुले चक्काजाम गदै विरोध जनाएका छन । अहिले जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो अवरुद्ध छ । आक्रोशित युवाहरुले टायरसमेत बालेर ‘प्रमुख जिल्ला अधिकारी मुर्दावाद’को नारा लगाएका छन् ।

Read More