Author: महेन्द्रनगर पोष्ट

धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले प्रदेशसभा बैठक बहिष्कार गरेकी छिन्। कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रदेशबासी आन्दोलित भएकाले प्रदेश सभा बैठक बहिष्कार गरेकी हुन्. सभामा बोल्दै विष्टले भनिन्, ‘अहिले मेडिकल कलेज सञ्चालनका लागि प्रदेशबासी आन्दोलित छन्। आज बन्दको घोषणा पनि गरिएको छ। यस्तो समयमा प्रदेश सभा बैठक सञ्चालन हुनु उचित होइन तसर्थ बैठक स्थगित गरिनुपर्छ। साथै आजको बैठक म बहिष्कार गरेको छु।’

Read More

धनगढी: एमालेका नेता भीम रावलले कैलालीस्थित गेटामा निर्माणाधीन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको बारेमा मुख खोलेका छन्। उनले आइतबार सामाजिक संजालमार्फत सरकारले सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न बाध्य बनाएको बताएका छन्। उनले लेखेका छन्, ‘कैलालीको गेटामा शिक्षण अस्पताल सहितको विश्वविद्यालय बनाउने भनी धेरै ठूलो लगानी गर्दै भवन लगायतका पूर्वाधार बनिसकेपछि सरकारले अन्यथा गरी त्यहाँका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको? जनताको माग सुदूरपश्चिम कै आवश्यकता हो।तुरून्त पूरा गरियोस्।’ गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। उक्त मागका लागि कैलालीमा १० दिनदेखि आन्दोलन भइरहेको छ। संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र…

Read More

धनगढी: भारतमा काम्का लागि गएका अछामका एक जनाको हत्या भएको छ। चौरपाटी गाउँपालिका-१ का झुसे साउँदको पञ्जाबको लुधियानामा हत्या भएको हो। भारतको पञ्जाबमा बसेर मजदुरी गर्दै आएका साउँदको त्यहीँ हत्या भएको परिवारले जनाएको छ। केही दिनदेखि बेपत्ता भएका साउँदको ४/५ दिनपछि हत्या गरिएको अवस्थामा शव भेटिएको बताइएको छ। हत्याको कारण भने खुलेको छैन। अहिले त्यहाँको प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सोही गाउँपालिकाकै वडा नम्बर ३ का एक जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका ५ जना समातिएका छन्। अर्थमन्त्री नरेशबहादुर शाहीको गाडीमा मोबाइल हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेशसभा भवन बाहिरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ। गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ।

Read More

धनगढीः कैलालीका बेग्लाबेग्लै स्थानबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। शनिबार कैलारी गाउँपालिका–७ बसन्तामा रामपुरबाट ५४ वर्षीय सुकानु चौधरीलाई से ७ प २५०४ नम्बरको कुटी चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो। चौधरीको साथबाट ३८ ग्राम ४८० मिलिग्राम लागुऔषध खैरोहिरोइन फेलापारी लागुऔषध ब्युरो नेपालगंज र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट कञ्चनपुर पुनर्वास नगरपालिका–११ का ४२ वर्षीय बिक्रम सुवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले १६० मिलिग्राम ब्राउन सुगरसहित सुवाललाई पक्राउ गरेको हो। यस्तै टिकापुर नगरपालिका–४ अस्नेरीमा २३ वर्षीय गणेश कार्कीसहित २ जनाबाट ६० मिलिग्राम लागुऔषध खैरो…

Read More

धनगढीः कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज (आइतवार) सुदूरपश्चिम ठप्प हुने भनिएको छ। गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको हो। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताएका थिए। सोही आव्हानपछि आज सुदूरपश्चिमम सबै जिल्ला जोड्ने अत्तरिया सुनसान बनेको छ। तर, सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो छ।

Read More

कञ्चनपुर: भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा दुर्घटनामा परि एकै परिवारका ४ जनाको ज्यान गएको छ। कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ४ जना उक्त दुर्घटनामा बितेका हुन्। शनिबार भएको उक्त दुर्घटनामा नेपाल घर भइ खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए। उनीहरुलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो।

Read More

धनगढीः कैलालीस्थित गेटामा निर्माणाधिन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिममा नागरिक स्तरबाट आमहड्तालको घोषणा गरिएको छ। तर, नेकपा माओवादी जिल्ला समन्वय समिति कैलाली र नेपाली काँग्रेसले आमहड्ताल फिर्ता गर्न अनुरोध गरेको छ। दुवै पार्टीले आफ्नो पार्टी शान्तिपुर्ण रुपले गरिने आन्दोलनमा सर्मथन, सम्मान गर्ने र बन्दहड्ताल, चक्काजाम र आमहड्ताल अहिले नै गरिहाल्नुपर्ने आवश्यक नरहेको उल्लेख गरेको छ। सुदूरपश्चिमको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका साथै समग्र आर्थीक विकासमा कोशेढुङ्गा सावित हुने गेटामेडिकल कलेजप्रति यस क्षेत्रका आम जनता, नागरिक समाज, वौद्घिक वर्गसहित सबैपक्षको चासो र सरोकारप्रति सम्मान गर्दै आन्दोलन फिर्ता लिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘गेटा…

Read More

बिमल बाेहरा, डडेल्धुरा: डडेल्धुरामा धान रोपाइँ सुरु भएको छ। जिल्लाको अमरगढी नगरपालिका- ३ डाेटी घटाल क्षेत्रमा यस वर्षकाे धान रोपाइँ सुरु भएकाे हो। धान उत्पादनमा जिल्लाकै उत्कृष्ट मानिने उक्त क्षेत्रमा शनिबारदेखि रोपाइँ सुरु भएकाे छ। अहिले उक्त क्षेत्रमा हिउँदे बाली आलु खनेर धमाधम रोपाइँ भइरहेको छ। पछिल्लो समय कृषिमा आधुनिकरण हुँदा रोपाइँ गर्न केही सजिलाे भएकाे स्थानीय कृषक रेनुका जैसी बताउँछिन्। जिल्लामा सिचाईं हुने स्थानमा समयमै रोपाइँ गरिन्छ भने सिचाईं हुने अवस्था नभएका ठाउँमा आकाशको पानीको भर पर्नुपर्ने हुन्छ।

Read More

धनगढीः सुदूरपश्चिममा आज आमहड्तालको आव्हान गरिएको छ। कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आमहड्तालको घोषणा गरिएको थियो। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आज(आइतवार) सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताए। उनले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने बताएका छन्। संघर्ष समितिका संयोजक ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए। संघर्ष समितिले शुक्रवार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग छलफल गरेको थियो।  संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको…

Read More