Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गृह मन्त्रालयले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजू राणा देउवा र नेता कृष्णप्रसाद सिटौलालाई पक्रन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै निर्देशन नदिएको बताएको छ । आर्थिक राष्ट्रिय दैनिकमा आज प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले उक्त प्रष्टीकरण दिएको हो । नेपाल प्रहरीले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाएर अदालतमा अभियोजन माग दाबी गरेपछि हाल मुद्दाको पुर्पक्ष भइरहेको आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान अभियोजन र अदालती प्रक्रियामा रहेको अवस्थामा मुद्दाबारेमा खुल्ने थप तथ्यका आधारमा थप अनुसन्धान हुने विषय जिम्मेवार प्रहरी निकायले स्वतन्त्रतापूर्वक सम्पादन…

Read More

मोरङ : मोरङको बेलबारीकी युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक पक्राउ परेका छन्। बेलबारीकी ३० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई आइतबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। युवतीको मानसिक अवस्था कमजोर र राम्रोसँग बोल्न सक्दिनन्। बेलबारी–१ को लोहोन्द्रा खोलामा लगेर युवतीलाई बलात्कार गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए। पीडित युवतीका आफन्तले बालकविरुद्ध किटानी जाहेरी दिएसँगै बालक पक्राउ परेका हुन्। बालकलाई नियन्त्रणमा लिएर इप्रका बेलबारी राखी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ।

Read More

सिरहा : सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् ।   मिर्चैया नगरपालिका ८ घरभई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिव ४५ वर्षीय किशोरी राय कुर्मीलाई धारीलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा काटीएको अवस्थामा आज कार्यालय परिसरभित्रै शव फेला परेको हो ।  कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडीलिन जाँदा रगताम्मे अवस्थामा सुरक्षा गार्ड देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने…

Read More

धनगढीः बझाङमा चट्याङ लागेर गाई मरेको छ। जिल्लाको केदारस्यु गाउँपालिका–९ धामीलेकका बिरु खातीको घरमा चट्याङ परि गोठमा रहेको एक गाई मरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : काठमाडौँ महानगरले ७५ वर्षमाथिका नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई पोषण भत्ता दिने भएको छ । भत्ता लिनका लागि असार १७ गतेभित्र विवरण पठाउन महानगरले सूचित गरेको छ । ७५ वर्षमाथिका नागरिकलाई वार्षिक १२ हजार र पूर्ण अपाङ्गता भएकालाई वार्षिक तीन हजार रुपैयाँ प्रदान गरिने महानगरले जनाएको छ । भत्ताका लाभग्राहीले आफ्नो आवश्यक कागजात वडा कार्यालयमा असार १७ गतेभित्र पठाउन महानगरले सूचित गरेको छ । कागजात पेस गरेसँगै लाभग्राहीले आफ्नो विवरणसहितको फर्म भर्नुपर्ने छ । भत्ताबापत रकम बैंकमार्फत मात्रै उपलब्ध गराइने छ । बैंक खाता नभएका नागरिकको खाता खोल्ने व्यवस्था वडा कार्यालयले नै मिलाउने छ ।

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितलाई उपचार खर्च भराउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो । पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन्। अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो। लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरेको थियो। उक्त निवेदनमा सुनुवाइ नभई जबरजस्तीकरणीको मुख्य मुद्दा सुनुवाइ नगर्ने भन्दै यसअघि मुद्दाको सुनुवाइ स्थगित भएको थियो।

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले संसद् भवनमा नेपाली भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको बताएको छन् । सोमवार प्रतिनिधि सभा बैठकमा मन्त्री साउदले त्यो नक्साको विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीमा रहेको नेपाली राजदूतलाई निर्देशन दिइसकेको बताए । उनले यसप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको भन्दै नक्साको विषय राजनीतिक विषय नभएको भनी भारतीय सरकारका विदेशमन्त्रीबाट आधिकारिक धारणासमेत आइसकेको बताए । देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।…

Read More

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरु गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवा तथा पदस्थापनलाई आगामी दिनमा प्रणालीगत गराइने स्पष्ट पारे । मन्त्री मोदीले कर्मचारीको सरुवा र काज र पदस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन…

Read More

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा मुद्दा चलाएको थियो । त्यसमध्ये १८ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टङ्क गुरुङ क्रमशस् ५ लाख र १० लाख…

Read More

धनगढीः कैलालीमा भन्सार छलीका अवैध माछा बरामद गरिएको छ । जिल्लाको भजनी नगरपालिका–३ सरदार चोकमा भारतबाट भन्सार छली ल्याइएका ८० किलोग्राम माछा प्रहरीले बरामद गरेको हो । अन्दाजी २४ हजार मूल्य बराबरका माछा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Read More