Author: महेन्द्रनगर पोष्ट

धनगढी: केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि रेशमलाल चौधरी पनि सक्रिय बनेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक समेत रहेका चौधरीले पछिल्लोसमय दौडधुप बढाएका हुन्। उनले आजमात्र पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफू र आफ्नो पार्टीले फेरिएको समीकरण एमाले-कांग्रेस सरकारमा सहभागी हुने निर्णय गरेको बताएका छन्। भेटबारे महेन्द्रनगरपोष्टलाई जानकारी दिदै उनले नागरिक उन्मुक्ति पार्टी नयाँ बन्ने सरकार सहभागी हुने बताए। उनका अनुसार चौधारीले काङ्ग्रेस देउवालाई भेटेर आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका छन्। नाउपामा चौधरीकी पत्नी र बुवासहित संघमा चार सांसद छन्। यस अगाडि माओवादी नेतृत्वको सरकारमा पनि नाउपाका चार मध्ये तीन सांसदले विश्वासको मत…

Read More

धनगढी : सत्ता समीकरणमा उथलपुथल भएर क्याबिनेट नै बस्न नसक्दा नेपाल प्रहरीका डिआईजी पोषराज पोखरेल सिफारिस भएर पनि बढुवा नपाई घर फर्किएका छन्। डिआईजीबाटै अवकाशमा गएका पोखरेलको बढुवा सिफारिस भएको थियो तर समयमै निर्णय हुन नसकेपछि उनी अवकाशमा जान बाध्य भएका हुन्। गत १० असारमा पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरिएको थियो। १९ गते एआईजी उमेशराज जोशीले अवकाश पाएपछि रिक्त हुने पदमा पोखरेलको सिफारिस भएको थियो। उमेरहदका कारण पोखरेलले २१ असारमा अवकाश पाउनु पर्ने थियो। तर, एमालेले समर्थन फिर्ता लिने निर्णयसँगै सत्ता समीकरणमा उथलपुथल आएपछि मन्त्रिपरिषद्को बैठक नबसेर जोशीले बढुवा नपाई घर जानु परेको हो । केपी ओलीको नेतृत्वमा बन्ने नयाँ…

Read More

धनगढीः कैलालीको जानकी गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा बसेका छन्। गाउँपालिकामा कार्यरत ४७ जना स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब नपाएपछि धर्नामा बसेका हुन। आर्थिक वर्ष सकिनै लाग्दा पनि तलब पाउने सुनिश्चितता नभएपछि पालिकामा कार्यरत कर्मचारी बिहीवारदेखि हातमा कालो पट्टी बाँधेर धर्नामा बसेका हुुन्। पटक–पटक स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई पत्राचार गर्दा पनि मन्त्रालयबाट तलब नआएपछि स्वास्थ्यकर्मीहरू धर्नामा बसेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताए। प्रमुुख प्रशासकीय अधिकृत चौधरीका अनुसार हाल जानकी गाउँपालिकामा स्वास्थ्य सेवाका २७ जनाको दरबन्दी रहेकोमा ४७ जना कार्यरत रहेका छन्। उनले भने, ‘पालिकासँग त्यत्रो रकम छैन, मन्त्रालयले दियो भने मात्रै तलब दिन सकिन्छ।’ चालु आर्थिक वर्षमा संघ सरकारबाट २७…

Read More

कञ्चनपुर : नरबहादुर चन्द भारतमा जन्मिए । उनले माध्यमिक तहको शिक्षा पनि त्यहीँ आर्जन गरे । नरबहादुर कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थालेका हुन् । उनका बुबा भारतको राजस्थान प्रान्तको उदयपुर जिल्लामा एउटा कम्पनीमा काम गर्दथे । नरबहादुर त्यहाँ हकीका अब्बल खेलाडी भएर निस्किए । उनले उदयरपुर जिल्लाको मात्र होइन, राजस्थान प्रान्तको टोलीमा सहभागी भएर हकीमा उत्कृष्ट प्रदर्शन गरे । भारतमा रहँदा जिल्ला र प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेलेका नरबहादुर हाल हकीको कञ्चनपुर प्रशिक्षकका रुपमा कार्यरत छन् । प्रशिक्षक चन्दले पछिल्लो समय सुदूरपश्चिमलाई हकी खेलको माध्यमबाट पनि चिनाएका छन्। भारतबाट कञ्चनपुर फर्किएपछि उनी यहाँ हकी खेलाडी उत्पादनमा समर्पित छन्।…

Read More

धनगढी : सेती नदीमा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान बझाङको जयपृथ्वी नगरपालिका ४ गोलाईस्थित सेती नदीको बिच भागको खाली बगरमा जयपृथ्वी १० बस्ने ४५ वर्षका रमेश बादीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृतकका छोरा मनोज बादीले शवको सनाखत गरेका हुन् । मृतक रमेश राती १ बजेको समयमा घरबाट निस्नेको बुझिएको प्रहरीले बताएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल बझाङ पठाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक व्यापक चन्द्र शाहले बताए ।

Read More

काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंले अर्को साताबाट भद्रकालीस्थित नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ । एक अर्बभन्दा बढी लगानीमा तयार भएको भवनबाट २६ असारबाट सेवा प्रवाह गर्न सुरु गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले भद्रकालीस्थित नवनिर्मित भवनको उद्घाटन गर्ने तयारी छ । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो । लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो । भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। एमाले प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । अहिले मन्त्रीहरू पनि राजीनामा दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। मुख्यमन्त्री दीर्घ सोडारी अहिले प्रदेशमा छैनन्। उनको अनुपस्थितिमा कार्यालयमा दर्ता गर्ने तयारी भएको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए। एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

Read More

काठमाडौं: नेपाल प्रहरीमा शुक्रबारदेखि एक जना प्रहरी अतिरिक्त महानिरक्षिक (एआईजी) र एक जना डीआईजीको पद रिक्त हुँदै छ। एआईजी उमेशराज जोशी र एआईजीमा सिफारिस डीआईजी पोषराज पोखरेल अनिवार्य अवकास हुँदा दुई पद खाली हुन लागेका हुन्। उमेशराज जोशी बुधबारदेखि अनिवार्य अवकासमा गैसकेका छन्। पोखरेल एआईजीमा बढुवा भए पनि शुक्रबारदेखि नै अनिवार्य अवकासमा जानेछन्। त्यसपछि हाल कार्यरत डीआईजीमध्येबाट एक एआईजीमा बढुवा गरिनेछ। जसमा भतरबहादुर बोहरा, दुर्गा सिंह, रवीन्द्र केसी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य लगायतका डीआईजी प्रतिस्पर्धामा छन्। सरकारले सुरुमा रिक्त एआईजीमा यी डीआईजीहरूमध्येबाट बढुवा गरेपछि एसएसपीबाट डीआईजीमा बढुवा…

Read More

धनगढी: बैतडीका एक युवक काठमाडौँमा मृत फेला परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–८ मल्लादेही घर भएका २२ वर्षीय गोविन्द बोहरा काठमाडौँमा मृत फेला परेका हुन्। असार १५ गते साथीसँग पशुपति क्षेत्रमा घुम्न गएका बोहरा मृत फेला परेका हुन्। प्रहरीले नदीमा शव फेला पारी अस्पतालमा राखेको छ। स्थानीय निराजन बोहराले शव चिन्न सक्ने अवस्थामा नरहेको भएपनि गोविन्दले लगाएका लुगा र जुत्ताको आधारमा शवको पहिचान भएको बताए। बोहरा मृत फेला परेपछि उनको हत्या भएको परिवारजनले आशंका गरेका छन्। मृतक बोहरा पछिल्लो ७ महिनादेखि काठमाडौँमा बसेर कोरियन भाषा सिक्दै आएका थिए। काठमाडौँ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीमा २४ वर्ष काम गरेर अचानक राजीनामा दिएका एक एसपीले संगठनको नेतृत्वप्रति रोष प्रकट गरेका छन् । प्रहरी उपरिक्षक (एसपी) बाट राजीनामा दिएका आभुषण तिम्सिनाले संगठनका पूर्व र वर्तमान प्रमुखप्रतिको दृष्टिकोण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् । उनले संगठनका पूर्व र वर्तमान गरी १२ जना प्रहरी महानिरीक्षक (आईजी) हरुका बारेमा अनुभव भन्दै विभिन्न आरोपहरु समेत लगाएका छन् । उनी लेख्छन्, मलाई आज केहि कुरा भन्न मन लाग्यो मेरो २४ बर्षे जागिरे जीवनको सिलसिलामा देखेका केहि होइन, संगठन प्रमुखको कारण भित्रिएका धेरे बिकृतिहरुको बारेमा। नम्बर दिँदै लेख्छु। १) मेरो नजरमा नेपाल पुलिसको सबै भन्दा फटाहा आइजिपि श्याम भक्त…

Read More