धनगढी: केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि रेशमलाल चौधरी पनि सक्रिय बनेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक समेत रहेका चौधरीले पछिल्लोसमय दौडधुप बढाएका हुन्।
उनले आजमात्र पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफू र आफ्नो पार्टीले फेरिएको समीकरण एमाले-कांग्रेस सरकारमा सहभागी हुने निर्णय गरेको बताएका छन्। भेटबारे महेन्द्रनगरपोष्टलाई जानकारी दिदै उनले नागरिक उन्मुक्ति पार्टी नयाँ बन्ने सरकार सहभागी हुने बताए।
उनका अनुसार चौधारीले काङ्ग्रेस देउवालाई भेटेर आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका छन्।
नाउपामा चौधरीकी पत्नी र बुवासहित संघमा चार सांसद छन्। यस अगाडि माओवादी नेतृत्वको सरकारमा पनि नाउपाका चार मध्ये तीन सांसदले विश्वासको मत दिएका थिए।
यसैक्रममा केही दिन अघि मात्रै नाउपाकी केन्द्रीय अध्यक्ष एवं रेशमलालपत्नी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट बहुमत सदस्यले हटाउँदै गङ्गा चौधरीलाई जिम्मेवारी दिइएको छ।नेता चौधरीले सरकारबारे संसदीय दलमा निर्णय गर्ने बताइएको छ।