दार्चुला: शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि दार्चुलाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्पप्रायः भएको छ। विसं २०७७ मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिल्यान्यास गरेको थियो। अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ। अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्री बताउछन्। लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शय्या अस्पताल भवन निर्माण भर्खर सुरु भएको छ। कूल सात…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा-संस्कृतिलाई होच्याउने खालका गीत-सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन्। प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत-सङ्गीत प्रसारणमा रोक लगाउन सम्बन्धित निकायसँग माग गरेका छन्। काली-कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ छ। संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत-सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार…
काठमाडौं: पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ ह्यान्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। उनको मृत्युको कारण खुल्न बाँकी छ। तर, केही दिनयता उनी बिरामी रहेको उनीसँगै कार्यरत पत्रकार दीपेन्द्र सापकोटाले जानकारी दिए। अस्पतालमा नियमित जाँच गर्दै उनी कार्यालय जाने गरेका थिए। नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए। हाल नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत उनले यसअघि माउन्टेन टेलिभिजन, आजतक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो…
धनगढी: नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले पार्टी पूर्वउपाध्यक्ष भीमबहादुर रावलले पार्टी खोले उनीसँग एमालेका इमान्दार कार्यकर्ता नजाने बताएका छन्। सचिव चन्दले लामो समय एमालेका लागी काम गरेका र एमालेमै भविष्य देखेका लाखौँ कार्यकर्ता कुनै व्यक्तिका पछाडी नलाग्ने बताए। रावलले पार्टीको हितविपरीत काम गरेको र एमालेमा विधीविपरीत काम गर्नेलाई कारबाही गरिने चन्दको भनाई छ। रावलले पार्टी कार्यालयमा आएर पार्टीले दिएको जिम्मेवारी लिनुपर्ने भएपनि त्यसो नगरी पार्टीको हितविपरीत काम गरेको चन्दले जनाएका छन्। सुदूरपश्चिममा पार्टी बाहिरका शक्तीहरुले वास्तविकता नबुझेर रावललाई अन्याय भयो भन्नु गलत रहेको चन्दको जिकिर छ।
काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्यटन राज्यमन्त्री एवं कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको योग्यता विवादमा यही पुस २४ गते फैसला सुनाउने भएको छ। यसअघि गत बुधबारका लागि निर्णय सुनाउने दिन तोकिएकामा उक्त दिन न्यायाधीशहरू संवैधानिक इजलासकै अन्य मुद्दामा व्यस्त भएकाले फैसला सुनाउन पुस २४ को नयाँ तिथि तोकिएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यस विवादमा गत मंसिर १९ गते नै सुनुवाइ सम्पन्न गरिसकेको छ। नागरिक उन्मुक्ति पार्टीका सांसद एवं पर्यटन राज्यमन्त्री चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नका लागि समेत योग्य नभएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले…
धनगढी: धनगढीस्थित कैलाली कारागारमा सल्फास भित्र्याउने प्रयास भएको घटनाले फेरि जेल सुरक्षाको अवस्था र कैदीहरूको सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ। मसुरोको दालको कट्टाभित्र सल्फास भेटिएको घटना अनुसन्धानको क्रममा छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टका अनुसार यो घटना खाद्यान्नसँग सम्बन्धित व्यक्तिको लापरवाही हुन सक्ने अनुमान गरिएको छ। तर, विषादी जस्तो संवेदनशील वस्तु कारागारसम्म पुग्नु गम्भीर मुद्दा हो। यो घटना कैलाली कारागारमा भएको पहिल्यैको विष सेवन घटनासँग पनि जोडिएर हेर्न सकिन्छ। २०८१ भदौ ३१ गते कारागारभित्र २३ वर्षीय दीपक विकको विष सेवनका कारण मृत्यु भएको थियो। उक्त विष उनकी प्रेमिकाले अचारको बट्टामा पठाएको भन्ने तथ्य सार्वजनिक भएको थियो। यस…
धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणका एक जना अभियुक्तलाई काठमाडौँबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए। उनकाअनुसार शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो। शुुक्रबार पक्राउ गरिएका शाहीलाई विमानमार्फत धनगढी ल्याइएको छ। बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो। प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुख्य अभियुक्त नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो। अभियुुक्त मध्ये १२ जना पक्राउ परेर पुर्पक्षका लागि…
काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन मूल्याङ्कनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा र ५७ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै योग्य कर्मचारीहरूको सूची सार्वजनिक गरेको हो। बढुवा सिफारिसमा परेका कर्मचारीहरूको छनोट कार्यसम्पादन, दक्षता, अनुभव, र अन्य मापदण्डका आधारमा गरिएको मन्त्रालयले जनाएको छ। सूचनामा बढुवा सिफारिस गरिएका कर्मचारीहरूको नाम, कार्यक्षेत्र, र अन्य विवरण उल्लेख गरिएको छ। यसले निजामती प्रशासनमा उच्चस्तरको सेवा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास मन्त्रालयको छ।
काठमाडौं: सशस्त्र प्रहरी वल (एपीएफ) ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ। एपीएफको प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागले आज (शुक्रबार) सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो। जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्नेछन्।
धनगढी: बझाङको मष्टा गाउँपालिका-१ कोटदेवलमा जिप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप कोटदेवलमा सडकबाट करिब १०० मिटर तल खसेको थियो। जिपमा चालक थापा मात्र सवार रहेको र घटनास्थलमै उनको मृत्यु भएको वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस अगाडि पनि बिहीबार राति नै बझाङमा एउटा दुर्घटना भएको थियो। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेनामा जीप दुर्घटना हुँदा एकै घरका ३ जनासहित ४जनाको ज्यान गएकोमा फेरि अर्को…