Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमाथि प्रश्न गरेका छन्। भ्रमणको पहिलो दिन बुधवार भारतीय कर्मचारीसँग प्रचण्डको भेटवार्ता भएको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले प्रश्न गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड समकक्षी प्रधानमन्त्रीसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसँग ?’

Read More

लमजुङ: लमजुङ जिल्ला कारागारबाट दुई कैदी फरार भएका छन्। बेसीशहर नगरपालिका- ८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर गत राति साढे एक बजेको समयमा दुई कैदी फरार भएका हुन्। फरार हुनेमा लम्जुङको मध्यनेपाल नगरपालिका ४ का २७ वर्षिय विनोद विक र गोरखा चुमनुब्री गाउँपालिका ३ का ३७ वर्षिय चन्द्र बहादुर गुरुङ रहेको प्रहरीले बताएको छ। विक जबर्जस्ती करणी र डाँका चोरी मुद्धामा र गुरुङ ठगी मुद्धामा कारागार चलान भएका थिए। प्रहरीले दुवैजनाको खोजीकार्य तिव्र पारेको जनाएको छ।

Read More

बैतडी: स्याउ उत्पादनका लागि प्रसिद्ध रहेको बैतडीको सतबाँझमा फेरी स्याउ फल्न थालेको छ। लामो समयपछि सुख्खा फलफूल विकास केन्द्र सतबाँझको क्षेत्रभित्र स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्मरसिंह भाटले बताए। विगत दुई दशक यता पहिलो पटक सतबाँझमा स्याउ फल्न थालेको हो। सतबाँझमा कम हिउँ पर्न थालेपछि स्याउ उत्पादन हुन छोडेको थियो। पछिल्लो समयमा नयाँ जातका स्याउका बिरुवा रोपेपछि स्याउ फल्न थालेको भाटले बताए। समुद्री सतहदेखि १८ सयदेखि २३ सय मिटर सम्मको उचाइमा रहेको सतबाँझमा बोरिङ सिँचाइ प्रणालीको समेत व्यवस्था गरिएको छ । सिँचाइ सुविधाका कारणले पनि स्याउले फल दिन थालेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका हुन् ।  त्यसअघि प्रधानमन्त्री दाहालले महात्मा गान्धीको समाधिस्थल राजघाट गएर पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । लगत्तै भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने र त्यसपछि प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ । यसक्रममा केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको बताइएको छ । आजै प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गर्नेछन् ।…

Read More

कैलाली: कैलालीको अत्तरियामा आज चक्काजाम गरिने भएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले चक्काजाम गर्ने भएको हो। बिहान ९ बजेदेखि १० बजेसम्म १ घण्टा चक्काजाम गरिने समितिले जनाएको छ। गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा प्रतिष्ठानको रुपमा अगाडी बढाउने घोषणा सरकारले गरेपछी समितिले संघर्षका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो।

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लामा आगामी आर्थिक वर्षका लागि संघीय सरकारले १४ अर्ब ४२ करोड १९ लाख बजेट विनियोजन गरेको छ। प्रदेशलाई चालूतर्फ १० अर्ब ४२ करोड ९४ लाख र पुँजीगततर्फ तीन अर्ब ९९ करोड २५ लाख बजेटको व्यवस्था गरिएको हो।  अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तर्गत एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका गरी १३ स्थानीय तह रहेको कैलालीले सबैभन्दा बढी बजेट पाएको छ। कैलालीले ६ अर्ब २ करोड ६४ लाख प्राप्त गरेको छ । यस्तै ७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरले ३ अर्ब ८२ करोड ८२ लाख बजेट प्राप्त गरेको छ ।  २ नगरपालिका र ५ गाउँपालिका…

Read More

डोटी: सुदूरपश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी विजय थापाले डोटी खप्तड क्षेत्र सुदूरपश्चिम प्रदेशको प्रचुर सम्भावना बोकेको पर्यटकीय, धार्मिक एवं सास्कृतीक क्षेत्र रहेको बताएका छन्।  सिलगढीमा गंगादशहरा मेलाको उपलक्ष्यमा आयोजित विविध प्रतियोगिता कार्यक्रमको समापन समारोहमा बोल्दै उपरथी थापाले उक्त कुरा बताएका हुन्।  खप्तड क्षेत्रको पर्यटकीय विकास गर्न नागरिक र सैनिक सम्बन्धलाई थप उजागर गर्ने उद्देश्यले खप्तड क्षेत्रमा आयोजना गरेको कार्यक्रमले खप्तडको पर्यटकीय विकास प्रवर्द्धन र समग्र सुदूरपश्चिमको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उनले बताए।  उपरथी थापाले सुदूरपश्चिमको धार्मिक महत्त्व, प्राकृतिक महत्त्व  र यहाँका जनताको मनमा सुन्दरताले भरिएको बताए।  प्रतियोगितामा युवा तथा महिला प्रतियोगिहरुको उल्लासपूर्ण सहभागिताले महिलाहरूले आजको युगमा पुरुष सरह साहसिक…

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रहेको छ।  आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ । आज राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ…

Read More

धनगढी: कैलालीमा एक विद्यालयका प्रधानाध्यापक (हेडसर) को निधन भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका- ५, चौरीस्थित जन जागृती माबिका ४० वर्षीय प्रअ जब्बर बडुवालको बुधबार निधन भएको हो। प्रहरी स्रोतका अनुसार उनको रानीजमरामा नुहाउने क्रममा डुबेर निधन भएको हो। उनी ३/४ साथी सहकर्मी सरहरुसहित नुहाउन गएका थिए। तर उनलाई पौडी खेल्न नआएका कारण डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

Read More

धनगढी- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले धनगढीमा सरकार र भारतविरुद्ध विरोध प्रदर्शन गरेको छ। आज (बुधबार) साझ धनगढीको पार्कमोडमा अनेरास्ववियुको जिल्ला कमिटीले सरकार र भारतविरुद्ध प्रदर्शन गरेको हो। अनेरास्ववियुका जिल्ला अध्यक्ष किशोर शाहले एमाले र अनेरास्ववियुले आज ईतिहासकै कालो दिन मनाएको जानकारी दिए। उनका अनुसार विद्यार्थीहरु राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरणको विरूद्धमा आन्दोलित बनेका हुन्। यस्तै भारतले आइतवार ‘अखण्ड भारत’ भनेर सार्वजनिक गरेको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको क्षेत्रलाई समेटिएको विषयका विरुद्ध पनि अनेरास्ववियुले प्रदर्शन गरेको हो। त्यस्तै अहिलेको सरकारले गेटामा चिकित्सा विश्वविद्यालय बनाउने भनेर निर्णय गरेकोमा बजेटमा प्रतिष्ठान बनाउने भनेर आएपछि सो विषयमा पनि अनेरास्ववियुले विरोध जनाएको हो।

Read More