Author: महेन्द्रनगर पोष्ट

सर्लाही – सर्लाहीको फुलजोर खोलाको पुलबाट यात्रुबस खसेको छ ।  वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो । बस खस्दा चारजनाको मृत्यु भएको छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चारजनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आशंका छ । अहिले पनि घाइतेको उद्धार जारी रहेको र घटनाको थप विवरण बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य गत शुक्रबारको तुलनामा स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

सिरहा – सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलीले लहान-१ मटियर्वाबाट भगवानपुर गापा-४ का ४४ वर्षीय दिलीपकुमार साहलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएकाे प्रहरीले लहानबाट आठ सय तीन थान हजारको नोट, चार सयवटा पाँच सयको नोट, नाै सय ९९ वटा सयको र एक थान ५० को नोटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रण लिएका साहलाई रकमसहित आवश्यक अनुसान्धान एवं कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरलाई बुझाएको छ । प्रायः…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ड एण्ड रोड इनिसिएटिभ (बीआरआई)सँग सम्बन्धित परियोजनाहरु चाँडो अघि बढाउन चिनियाँ विदेशमन्त्री वाङ यीलाई आग्रह गरेका छन्। ओली र वाङबीच आज आइतबार काठमाडौँको मेरियट होटलमा भएकाे भेटवार्तामा ओलीले वाङलाई सो आग्रह गरेका छन् । यस्तै ओलीले बन्द रहेका चीनसँगका नाका खुला गर्न पनि आग्रह गरेको उनले जानकारी दिए। कोरोना भाइरसको महामारीका बेला नेपाल आएर चीन जान नपाएका विद्यार्थीहरु जाने व्यवस्था मिलाउन र हुम्लाबाट गएर चीनमा रोकिएका नेपालीहरु फिर्ता आउने व्यवस्था गर्न पनि ओलीले आग्रह समेत गरेका बताइएको छ । ओली र वाङबीच दुई देशको सम्बन्ध विस्तार र दुई पार्टीबीचको सहकार्य–सम्बन्ध विस्तारका…

Read More

काठमाडौं – निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको छ । आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार यही चैत १४ गतेदेखि मतपत्र छपाई सुरु गर्ने आयोगको तयारी छ । आसन्न स्थानीय तहको चुनावका लागि २ करोड मतपत्र छापिनेछ । मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकिएको र कागज धमाधम आउने क्रम जारी रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए । ‘सात सय मेट्रिक टन कागजमध्ये साढे तीन सय मेट्रिक टन जफत आइसक्यो । अबको एक दुई दिनमा सबै…

Read More

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । उनीहरु दुईबीच काठमाडौंको होटल मेरियटमा आइतबार मध्यान्हमा भेटवार्ता भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपश्चात होटल मेरियट होटल पुगेका वाङले त्यसअघि नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेका थिए । प्रचण्डसँगको भेटघाटका क्रममा माओवादी केन्द्रका केही नेताहरुसमेत सहभागी भएका छन् । भेटका क्रममा दाहालका साथ नेता नारायणकाजी श्रेष्ठका साथै प्रचण्ड पुत्री गंगा दाहाल पनि रहेका थिए । विदेशमन्त्री वाङ आजै स्वदेश फर्किनेछन् ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि काम गरेको पार्टी कांग्रेससँग अन्य दलहरुको तुलना नहुने बताएका छन् । नेपाली कांग्रेसको एकमहिने अभियान अन्तर्गत आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रम बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले वर्तमान सत्ता गठबन्ध कांग्रेसको चाहाना नभै मुलुकको बाध्यातामक अवस्थाको कारण बनेको बताए । नेता सिंहले संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि परिस्थितिलाई सम्हालेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानुपर्ने बाध्यता कांग्रेसलाई आई परेको बताए । स्थानीय निर्वाचनका सम्बन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने र उक्त निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने बताए । यस्तै उनले कांग्रेसका…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका छन् । पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताए । समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार बिहान सम्बोधन गर्दै पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गरे । यसलाई सकारात्मक पक्ष भन्दै उनले समाजवादी प्रेस संगठनले तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न सुझाव दिएका छन् । पार्टीलाई निर्वाचनमा जिताउन सहयोग गर्न पनि आग्रह गरे ।

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो । सरकारले ३० बैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुभएको हो । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा कुराकानी भइरहेको छ । त्यस्तै अहिलेको शान्ति सुरक्षाको अवस्था र निर्वाचनमा शान्ति…

Read More

काठमाडौं – प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । ​विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले बताए । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ । तर, अझैसम्म प्रदेश १ नामबिहीन छ । पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रदेशमा बलियो छ । प्रदेशको नामको रूपमा भने किरात, लिम्बुवान, सगरमाथा, कोसी, किरात–सगरमाथा, किरात–कोसी आएका छन् । प्रदेश संसद्मा रहेकामध्ये अधिकांश…

Read More