धनगढी: नेकपा एमालेका पार्टी सचिव समेत रहेका लेखराज भट्टको निर्वाचन क्षेत्र समेत रहेको कैलालीको गोदावरी नगरपालिका–२ मा ४६ जना संगठित सदस्यले नेकपा (एमाले) परित्याग गरेका छन्। नगर कमिटी सदस्यसहितका कार्यकर्ताले पार्टीभित्र पटकपटक अपमानित हुनुपरेको, गुटबन्दीले पार्टी गतिविधिमा अवरोध पुर्याएको, र पूर्व माओवादी पृष्ठभूमिका कार्यकर्तालाई निरन्तर अपहेलना गरिएको भन्दै सामूहिक रूपमा राजीनामा दिएका हुन्। सामूहिक राजीनामा पत्रमा लेखिएको छ, “तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि पनि हामी एमालेमै बसेका थियौं। तर, एमालेभित्र माओवादी पृष्ठभूमिका कार्यकर्तालाई बारम्बार अपमानित गरिनुका साथै महासचिव शंकर पोखरेललगायत नेताहरूले जनयुद्धका उपलब्धिहरूमाथि निरन्तर प्रहार गरेपछि यहाँ बसिरहन असहज भयो।” उनीहरूले माओवादीले…
Author: महेन्द्रनगर पोष्ट
बैतडी: बैतडीका एक युवकको भारतमा बालुवाखानीमा च्यापिएर मृत्यु भएको छ। भारतको पिथौरागढमा काम गर्दै आएका सिगास गाउँपालिका–४ तल्लाऐनीका अन्दाजी २५ वर्षीय टेकसिंह साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको वडा अध्यक्ष हरिसिंह बोहराले बताए। वडाध्यक्ष बोहराका अनुसार घटनाका विषयमा विस्तृत जानकारी भने आएको छैन। मृतक साउँद दुई महिना पहिलामात्रै पिथौरागढ गएका थिए। उनका श्रीमती र दुई छोराछोरी छन्।
धनगढी: सुदूरपश्चिम प्रदेशमा वृत्ति विकासको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका लेखा समूहका कर्मचारीहरुले मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेश सभा सदस्यहरुको तलबभत्ता समेत रोक्ने भएका छन्। आइतबार सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत कार्यरत लेखा समूहका कर्मचारीको बैठकले वृत्ति विकासको मुुद्दामा सरकार गम्भीर नबनेको निष्कर्ष निकाल्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका छन्। जसअनुसार २५ पुसदेखि लेखाका सबै काम रोकेर पेन डाउन गरेर लेखाका कार्यालयमा धर्ना दिने र आवश्यकताअनुसार आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिनेछन्। उनीहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यहरुले आफूहरुमाथि अन्याय गरेका भन्दै तलबभत्ता रोक्ने निर्णय पनि गरेको बताएका छन्। आन्दोलनका कार्यक्रम अन्तरगत लेखा समूहका…
धनगढी: कैलालीको धनगढीमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले किशोरीको जाहेरीपछि बलात्कार आरोपमा गौरीगंगा नगरपालिका–६ बनबेहडाका २७ वर्षीय अशोक भनिने हरिराम चौधरीलाई पक्राउ गरिएको जानकारी दिए। ‘आइतबार बेलुका कार्यालयमा आएर धनगढी उपमहानगरपालिका–१२ की १८ वर्षीया किशोरीले जाहेरी दिएकी हुन्,’ डीएसपी बोहराले भने, ‘जाहेरीपछि चौधरीलाई धनगढीकै अदालत रोडबाट पक्राउ गरिएको छ।’ डीएसपी बोहराका अनुसार ती किशोरीले वैशाख १५ गतेदेखि भदौं महिनासम्म पटकपटक बलात्कारमा परेको बताएकी छिन्। ‘युवकले आफूलाई धनगढीको जखौर तालको जंगलमा लगेर वैशाख १५ गतेदेखि भदौंसम्म पटकपटक करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्,’ उनले भने।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, र भरतपुर तालिम शिक्षालयमा अब प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नै कमान्ड गर्ने भएका छन्। यसअघि डीआईजीले यी कार्यालयहरूको कमान्ड सम्हाल्दै आएका थिए। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार, अब जसको दरबन्दी जहाँ छ, त्यहीँ खटाउने निर्णय गृह मन्त्रालयले गरेको हो। पहिले यी कार्यालयहरूमा डीआईजीकै दरबन्दी भए पनि, दरबन्दी कटौतीपछि एसएसपीले कमान्ड सम्हाल्न थालेका थिए। केही वर्षयता अन्य कार्यालयका डीआईजीलाई काजमा खटाएर यी कार्यालयहरूमा जिम्मेवारी दिइँदै आएको थियो। तर, हाल गृह मन्त्रालयले यी कार्यालयमा स्थायी रूपमा एसएसपीलाई जिम्मेवारी दिने निर्णय गरेको छ। गृह मन्त्रालयले हालै तीन कार्यालयका…
बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिका-२ स्थित इलाका प्रहरी कार्यालय धामपुर (बैजापुर) चौकीमा रहेका प्रहरी नायब निरीक्षक (सई) कमल थापालाई तानेर इलाका प्रहरी कार्यालय कोहलपुरका सई बल बहादुर घर्तीलाई नयाँ इन्चार्जको रूपमा पठाइएको छ। सई थापा विभिन्न विवादमा मुछिएपछि राप्ती नदीमा अवैध उत्खनन गर्ने गिरोहसँग मिलेमतो गरी असुली धन्दा चलाएको आरोप लगाउँदै समाचार सार्वजनिक भएको थियो। यसपछि जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई तानेर नयाँ इन्चार्ज पठाउने निर्णय गरेको हो। स्थानीयबासी र जनप्रतिनिधिहरूले सई थापाले अवैध उत्खननमा संलग्न गिरोहसँग साँठगाँठ गरी अवैध असुली गरेको आरोप लगाएका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले छानबिन गरेर थापाको स्थानमा कोहलपुरका सई बल…
काठमाडौं: नेकपा एमालेले तीन नेतामाथि गरेको कारबाहीमा दुई जना केन्द्रीय सदस्यले औपचारिक बैठकमा विरोध जनाएका छन्। आइतबार पार्टी मुख्यालय, च्यासलमा सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वय प्रकाश शाह (बाजुराबाट) र झपटबहादुर रावलले (कैलाली) विरोध जनाएका छन्। एमालेको पुस १० गते बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निकाला गर्दै विन्दा पाण्डे र उषाकिरण तिम्सेनलाई ६ महिनाका लागि निलम्बनको निर्णय गरेको थियो। उक्त निर्णय आइतबार केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ। बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यसपछि महासचिव शंकर पोखरेलले केन्द्रीय समितिको सातौँ बैठकयता बसेको १४ वटा सचिवालय बैठक र एउटा पोलिट्ब्युरो…
काठमाडौं: नेपाली सेनाद्वारा निर्मित काठमाडौंको स्वयम्भूस्थित छाउनी अस्पतालमा सामान्य जवानदेखि पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल तथा छत्रमानसिंह गुरुङसम्मले उपचार गराइरहेका छन्। पछिल्लो समय सेवा सुधार थालेको अस्पतालले न्यूरोलोजिक समस्याले ग्रस्त छत्रमान गुरुङको ७ महिनादेखि अस्पतालको भिआइपी वार्डमा राखेर उपचार गर्दैछ। उनलाई पेटमा प्वाल पारेर खाना खुवाउने विधिबाट उपचार भइरहेको छ। यस्तै अस्पतालमा पूर्व तीनतारे जर्नेल बालानन्द शर्माकी पत्नी पनि डेढ वर्षदेखि पक्षाघातको उपचार गराइरहेकी छन्। त्यस्तै पूर्व सेनापति रुक्माङ्गत कटुवाल मिर्गौलाको समस्या भएकाले हप्तामा दुई पटक अस्पतालमा डायलायसिस गरिरहेका छन्। नेपाली सेनाका अग्रजहरूले आफ्नो व्यक्तिगत लाभभन्दा संस्थाको भविष्यलाई ध्यानमा राखेर स्थापना गरेको यो अस्पतालले सैनिकहरूको स्वास्थ्य सेवामा ठूलो योगदान दिएको छ।
धनगढी: कञ्चनपुर घर भएका सशस्त्रका वरिष्ठ हवल्दार बेपत्ता भएका छन्। जिल्लाको बेलौरी नगरपालिका-१० भुडा घर भएका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार अन्दाजी ४० वर्षीय लोकराज पन्त बेपत्ता भएका हुन्। यही पुष १५ गते ड्युटीमा जान्छु भनी सशस्त्र प्रहरी सिराहा गणका लागि घरबाट हिँडेका उनी अहिलेसम्म त्यहाँ नपुगेको खबर पाएको उनका भतिजा सन्तोष पन्तले बताए। उनका अनुसार मानसिक स्वास्थ्य ठिक नरहेका लोकराज लामो समयदेखि घरमै थिए।
धनगढी: दार्चुलामा भिरबाट लडेर ८६ वर्षीय वृद्धको मृत्यु भएको छ। लेकम गाउँपालिका-५ अम्कुरका गगनसिंह बोहराको भिरबाट लडेर मृत्यु भएको हो। शनिबार साँझ दाउरा ल्याउन गएका बोहराको बाँजाधार भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको उक्त वडाका अध्यक्ष बलदेवसिंह बोहराले जानकारी दिए। गाउँका जेष्ठ नागरिक बोहराको मृत्यु भएपछि गाउँमै रहेको भगवती आधारभूत विद्यालयमा आज शोक बिदा दिइएको उनले बताए। यस्तै कञ्चनपुरमा एकजना मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका- ६ स्थित जमुनाघाडी जङ्गलमा महिला मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३५/३६ वर्षकी महिलाको शव फेला परेको छ भने मृतकको सनाखत हुन सकेको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।