Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोशी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

काठमाडौँ : भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादमा सरकारले पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार वक्तव्य जारी गर्दै सेन्सर पास भइसकेको फिल्मलाई लिएर सञ्चारमाध्यम र सरोकारवाला निकायबाट जनाइएका आपत्तिको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सहायक प्रवक्ता विशाल सापकोटाद्वारा जारी विज्ञप्तिमा जेठ ३१ गते फिल्म जाँच गर्दा राष्ट्रिय विभूतिको रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवाद हटाउन लगाई सोपश्चात सेन्सर पासको प्रमाणपत्र दिएर सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको उल्लेख छ । ‘आदिपुरुष’ विवादमा काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने तयारी गरेको पृष्ठभूमिमा सरकारले विज्ञप्ति जारी गरेको हो ।…

Read More

धनगढी : कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपाल महामारीको जोखिम तर्फ लम्किरहेको एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिस कार्यक्रमको सहयोगमा धनगढीमा आइतबार भएको कार्यक्रममा सहभागीहरुले विश्वव्यापी रुपमा बढ्दै गएको एन्टिमाइक्रोबिएल रेसिस्टेन्सको असर नेपालमा पनि देखिएको बताए । सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा जगदीशचन्द्र जोशीले नेपाल एन्टिबायोटिक रेसिस्टेन्सको चपेटामा परेको बताए । उनले यसलाई न्यूनिकरण गर्न सबै क्षेत्र एक भएर लाग्नु पर्ने बताए । एक स्वास्थ्य नीति अवलम्बन गरेर अगाडी बढ्न जरुरी भएको उनको तर्क छ । जति मानिसमा समस्या छ उती…

Read More

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले निर्माण भइरहेका प्रसारणलाइन पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न दिने गरी सबै पक्षले नसघाए अर्को वर्ष बिजुली आपूर्तिमा ‘विपत्ति’ आउन सक्ने बताएको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जताततै प्रसारण पूर्वाधार बनाउने काममा सरकारी कार्यालयदेखि स्थानीयहरूसम्मले अवरोध गर्दा आपूर्ति व्यवस्थापन नै जटिल बन्दै गएको बताए । यसका कारण अर्को वर्ष विद्युत् आपूर्ति प्रणालीमा ‘डिजास्टर’ आउन सक्ने उनको चेतावनी छ । देशभित्रै विद्युत् खपत गराउन पूर्वाधार निर्माण गर्न प्राधिकरणले ५ वर्षमा आर्जन गरेको नाफाबाट झण्डै एक खर्ब लगानी गरिरहेको भन्दै उनले त्यो लगानी नगरेको भए अहिले १५-१६ घण्टा लोडसेडिङ…

Read More

धनगढी : कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको उपमहामनगरपालिका–३ भन्सार नजिकबाट पनि भन्सार छलीका ३५ हजार मुल्यका सुट, अन्डरवयर, लेगिज, प्लाष्टिक झिल्ली जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बस्ने ३५ वर्षीय संदिप गुप्तालाई आइतबार पक्राउ गरिएको हो। उनलाई बेलौरी नगरपालिका–९ कुण्डाबाट भन्सार छलीका ९४ हजार पाँच सय मुल्य बराबरका टीसर्ट, बच्चाको पेन्टी, ठुलो पेन्टी, मोटरसाईकलसहित पक्राउ गरेको हो। गुप्तालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई कार्वाहीको लागि सामानसहित भन्सार कार्यालय कैलाली पठाईएको छ।

Read More

धनगढी: कृषि पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका पत्रकार हिमेश विकले उधारो तिरेका छन्। उनीविरुद्ध नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा निवेदन परेको भन्दै महेन्द्रनगर पोस्टले समाचार प्रकाशित गरेपछि केहिबेर अघि उनले डडेल्धुराको अम्बिका होटलका सञ्चालकलाई रकम तिरेका हुन्।डडेल्धुराको अमरगढी नगरपालिका-५ किर्तिपुरस्थित अम्बिका होटेलमा विकसहितका ५ जनाले गत जेठ १२ गते खाना खाएर पैसा नतिरेका देखिएको थियो। धेरै मागेपनि नदिएपछि होटल सञ्चालक दिपेन्द्रबहादुर साउँदले महासंघमा निवेदन दिएका थिए। उनीहरुले ५ हजार ६६५ रुपैयाँको खाना खाएको उधारो रकम बिकले आज पठाएका छन्।

Read More

काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा ९एमाले०मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गरेका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज भएको भेटमा सांसद गौतमले आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको जानकारी पनि विष्टले दिए । एमालेले ७० वर्ष उमेर हद हटाएपछि राष्ट्रियसभाका सदस्य गौतम पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न पार्टी केन्द्रीय कार्यालयमा पुगेका थिए ।

Read More

डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)ले डडेल्धुरामा वृक्षारोपण गरेको छ। आइतबार जिल्लास्थित घटालथान परिसरमा पार्टीले वृक्षारोपण गरेको हो। पार्टीका जिल्ला संयोजक पारस बाहुनले विभिन्न जातका विरुवा उक्त स्थानमा रोपेको बताए। उनका अनुसार आगामी दिनमा पनि युवाहरुको सहभागितामा यस्तै सामाजिक कार्य गरिनेछ।

Read More

काठमाडौँ : लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको उनले बताए । अन्य तीन जनाको भने उद्धार गरिएको छ । उनका अनुसार पाँचथरमा मात्रै एक जनाको मृत्यु र पाँच बेपत्ता छन् । जिल्लामा १२ वटा…

Read More